काठमाडौं— प्रतिनिधिसभाको आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नाराबाजी गरेका छन् । बैठक सुरु हुनासाथ रास्वपाकी सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो ।
उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको आरोप लगाइन् । कार्कीले २०६४ सालदेखि चल्दै आएको यो विकृति तत्काल रोक्न उच्चस्तरीय छानबिन समिति गठनको माग गरिन् ।
उनको सम्बोधनपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । घिमिरेले भनाइ राखिसकेपछि सभामुख घिमिरेले बैठक आजै आधा घण्टापछि पुनः बस्नेगरी स्थगित गरेका छन् ।