काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा समस्या अहिलेको मात्र नभई २०६४ सालदेखि चल्दै आएको बताएका छन्। चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले छानबिनसहित नीतिगत सुधार गर्नुपर्ने बताए।

प्रचण्डले आवश्यक परे संविधान संशोधन र नयाँ ऐन बनाउने विकल्प खुला रहेको उल्लेख गर्दै,'मैले छाडेर यो मुद्दा जनताले छाड्दैनन्' उनले भने।

उनले आफूहरू प्रतिपक्षमा भए पनि सत्तापक्षको भूमिका खेल्न बाध्य भएको बताए। संसद् अवरोध खुलाउन ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा सहमति भएको पनि स्पष्ट पारे।