समाचार

    Showing 1,501-1,510 of 16,872 items.
  • जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १६ पुग्यो, कुन अस्पतालमा कति घाइते छन्?

    काठमाण्डौ  ।  काठमाण्डौमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १६ पुगेको छ।ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ।  यो सहित उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। ट्रमा सेन्टर: ६ जनासिभिल अस्पताल: ३ जनाकेएमसी अस्पताल: १ जनात्रिवि शिक्षण अस्पताल: १ जनाएभरेष्ट अस्पताल: ५ जनाकूल १६ जनाको मृत्युकुन अस्पतालमा कति घाइते छन्? दिउँसो ४ बजेसम्म प्राप्त विवरण अनुसार:एभरेष्ट अस्पताल: ३४ जनाट्रमा सेन्ट

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 248 पटक पढिएको
  • बालेनले खटाए जेन जेड प्रदर्शनमा घाइतेको उद्धारमा कामपाको टोली

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले जेन जेड प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारमा सहयोग गर्ने जनाएको छ। यसका लागि महानगरको उद्धार टोली घाइतेहरूको उद्धार तथा उपचारमा सक्रिय रूपमा खटिएको स्रोतले जानकारी दिएको छ। महानगरका अनुसार उद्धारपछि घाइतेलाई तत्काल अस्पताल पुर्‍याउने व्यवस्था मिलाइएको छ। त्यस्तै, आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि बताइएको छ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 154 पटक पढिएको
  • नेकपा (माओवादी केन्द्र) को आकस्मिक बैठक

    काठमाडौं— काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै नेकपा (माओवादी केन्द्र) का उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भिमसेन थापा गाउँपालिका–३, टारिफाटमा बसेको छ ।बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ ।  बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको उल्लेख गर्दै, प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।त्य

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 367 पटक पढिएको
  • नयाँ बानेश्वर घटनापछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आज देशभर व्यापक प्रदर्शन भइरहेको छ । राजधानी काठमाडौँसहित विभिन्न सहरमा गरिएको जेनजीको प्रदर्शनलाई प्रहरीले नियन्त्रण गर्ने क्रममा नयाँ बानेश्वरमा गोली चलाउँदा दुईजनाको मृत्यु भएको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 362 पटक पढिएको
  • जेनजीको प्रदर्शनमा गोली लागेर १४ जनाको मृत्यु

    काठमाण्डौ । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो ३:३० बजेसम्म १४ जनाको मृत्यु भइसकेको हो ।ट्रमा सेन्टरमा ७, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन । हालसम्म प्रदर्शनमा घाइते भएका ४९ जनाको ट्रमा सेन्टरमा  उपचार भइरहेको डा.विष्टले जानकारी दिए ।घाइतेहरूको संख्या १३० भन्दा बढी, सिभिल अस्पतालले थेग्न सकेन जेन–जी&n

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 244 पटक पढिएको
  • जेन–जी आन्दोलनका क्रममा घाइतेहरूलाई काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार

    काठमाडौं— काठमाडौं मेडिकल कलेज (केएमसी)ले जेन–जी आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीहरूको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ। सोमबार सार्वजनिक गरिएको एक विज्ञप्तिमा अस्पतालले मानवीय सहानुभूति र चिकित्सकीय जिम्मेवारीका आधारमा यस्तो निर्णय गरिएको जनाएको छ।विज्ञप्तिमा भनिएको छ, 'हाल देशमा उत्पन्न मानवीय संकटलाई दृष्टिगत गर्दै हाम्रो अस्पतालले आन्दोलनका क्रममा घाइते भएका सबै व्यक्तिहरूको निःशुल्क उपचार गर्ने निर्णय लिएको छ।'काठमाडौं उपत्यकामा जारी आन्दोलनमा गोली लागेर र लाठीचार्जबाट घाइते भएका धेरैजसो प्रदर्शनकारीहरूलाई अहिले सिभिल अस्पताल, ट्रमा सेन्टर लगायतका अस्पतालहरूमा राखिएको छ। तर ती अ

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 420 पटक पढिएको
  • जेनजीको प्रदर्शनमा गोली लागेर ८ जनाको मृत्यु, झापामा दर्जनौ प्रदर्शनकारी घईते, देशभर तनाब ग्रस्त

    काठमाण्डौ । जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र १ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको मुचुल्का उठाउन प्रहरी वृत जनसेवाबाट टोली पुगेको प्रहरी स्रोतले जनाएको छ ।झापामा भईरहेको जेनजीहरुको प्रदर्शनमा ११ जना भन्द बढी प्रदर्शनकारीलाई गोली लागेर घाईते भएका छन् । गोली लागेर घईते हुनेमा प्रकाश भट्टराई,अबिनास राई, साएम चामलिङ्ग, ३,अबुसेक लिम्बू,प्रयुस चौहान, युनिस दाहाल, सागर हेमरमसहितका दर्जन भन्दा बढी घईते भएका हुन् ।नेपालभरी जेनजीहरुले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 194 पटक पढिएको
  • रास्वपा अध्यक्ष लामिछानेमाथि निगरानी कडाइ, प्रशासनले भेटघाटमा लगायो प्रतिबन्ध

    काठमाडौं— जेन्जी आन्दोलन तिव्र बन्दै गइरहेका बेला काठमाडौं जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेसँग हुने भेटघाटमा प्रतिबन्ध लगाएको छ।प्रशासनले लामिछानेमाथि विशेष निगरानी राख्दै उनको राजनीतिक सक्रियता र आन्दोलनबीचको सम्वन्धलाई ध्यानमा राखेर भेटघाट नियन्त्रणमा लिएको बताइएको छ। प्रदर्शन झन् चर्किँदै जाँदा, नेताहरूको भौतिक उपस्थिति वा सक्रियता झनै उत्तेजनाको कारण बन्न सक्ने भन्दै प्रशासन सतर्क देखिएको हो।प्रशासनले औपचारिक रूपमा उक्त प्रतिबन्धको विस्तृत कारण भने खुलाएको छैन। लामिछाने र उनको पार्टीले यसबारे तत्काल प्रतिक्रिया जनाएका भने छैनन्।जेन्जी आन्द

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 379 पटक पढिएको
  • जेनजी आन्दोलनमा पाँच जनाको मृत्यु

    काठमाण्डौ । जेन जी आन्दोलनको क्रममा प्रहरीको दमनबाट मृत्यु हिनेको संख्या ५ पुगेको छ ।आन्दोलनमा घाइते भएर उपचारका क्रममा ट्रमा सेन्टरमा मात्रै ४ जनाको मृत्यु भएको हो ।बानेशवरको सिभिल अस्पतालमा १ जनाको मृत्यु भएको छ । सयौं घाइतेको उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 111 पटक पढिएको
  • जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर बालक घाइते

    काठमाडौं— काठमाडौंमा भइरहेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर एक जना बालक घाइते भएका छन् ।ग्लोबल कलेजका विद्यार्थी रहेका ती बालकको टाउकोमा गोली लागेको बताइएको छ ।घाइते बालकलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रदर्शनको क्रममा कसरी गोली चल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 330 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा