काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति प्रश्न उठाएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बानुले गृहमन्त्रालयसँग आफ्ना समस्या राख्न खोज्दा नागरिकले सहज पहुँच नपाएको गुनासो आइरहेको बताएकी हुन् । उनले भनिन्, ‘म सरकारको एउटा गम्भीर कमजोरीतर्फ ध्यानाकर्षण गराउन चाहन्छु । जनता वा मुलुकको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी लिएको गृहमन्त्रालयसँग आफ्नो समस्या पोख्न सम्पर्क गर्दा गृहमन्त्रीज्यूको स्वकीय सचिवले कुनै प्रतिक्रिया नदिने तथा फोन नउठाउने जस्ता गुनासा तारन्तार आइरह
काठमाडौं / राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १६ लाख ७८ हजार घरधुरी लाभान्वित भएका छन् ।बिहीबार बसेको समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् नार्क र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गतका अनुसन्धान केन्द्र तथा कार्यक्रमहरूको स्थलगत अनुगमन र अन्तरक्रिया कार्यक्रमको समीक्षा गरिएको थियो । बैठकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका निर्देशक हिक्मत कुमार श्रेष्ठले कार्यक्रमका लागि हालसम्म ५६ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ बजेट प्राप्त भएको जानकारी दिए ।उनले परियोजना निर्माणका क्रममा अनुमानित लागत १ खर्ब ३० अर्ब रुपैयाँ रहे पनि विभिन्न कारणले अपेक्षित बजेट प्राप्त
काठमाडौं / सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान प्रश्न उठाएको भएकाले संसदमै स्पष्ट जवाफ दिन माग गरेकी छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण आफूहरू बोल्न बाध्य भएको बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिकै विषयमा बोल्न बाध्य भएको छौँ । यो हाम्रो रहर भन्दा पनि बाध्यता हो ।’संसद्को नियमित कार्यसूची प्रभावित नहोस् र जनताका मुद्दा ओझेलमा नपरून् भन्ने जिम्मेवारीबोधका साथ संयमता अपनाएको भए पनि सरकारले त्यसलाई कमजोरीका रूपमा बुझेको जस्तो देखिएको उनले बता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद नितिमा भण्डारीले सर्लाही जिल्लामा शान्ति सुरक्षा र कानुन व्यवस्था कमजोर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीमा पछिल्लो समय आपराधिक घटना बढ्दै गएको दाबी गर्दै नागरिकले असुरक्षित महसुस गर्ने अवस्था आएको बताइन् । उनले लालबन्दी नगरपालिका–७ बाट ९ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटामाथि तीन जनाको समूहले आक्रमण गरी लुटपाटको प्रयास गरेको र चार राउण्ड गोली चलाएको घटना उल्लेख गरिन् । प्रहरी चौकी नजिकै यस्तो घटना हुनु गम्भीर विषय भएको उनको भनाइ थियो ।सांसद भण्डारील
काठमाडौं / श्रम संस्कृति पार्टीका सांसद पूर्ण प्रसाद लिम्बुले प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने बताएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिम्बुले प्रधानमन्त्रीले जेठ १७ गते दिएको सीमा सम्बन्धी अभिव्यक्ति छिटोभन्दा छिटो सच्याउनुपर्ने विषयमा आफ्नो पार्टीको अडान यथावत रहेको स्पष्ट पारे ।उनले भने, ‘सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूले जेठ १७ गते सीमासम्बन्धी दिनुभएको अभिव्यक्ति छिटोभन्दा छिटो सच्याइयोस् भन्ने हाम्रो पार्टीको अडान यथावत रहेको जानकारी गराउँदछौँ। धन्यवाद ।’श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति
काठमाडौं / नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले संसदको नियमावली सत्तापक्ष र प्रतिपक्ष दुवैका लागि समान रूपमा लागू हुनुपर्ने बताएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा बोल्ने क्रममा विषयवस्तुमा केन्द्रित हुन सभामुखले पटक–पटक आग्रह गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताइन् । उनले विरोध गर्ने क्रममा पनि निश्चित विषयभित्र रहेर आफ्ना धारणा राख्दा त्यसको औचित्य पुष्टि हुने बताइन् । विपक्षी बेन्चबाट एक जना सदस्यले प्रतिनिधित्व गर्दै बोलिसकेपछि दैनिक कार्यसूचीमा प्रवेश गर्न सबै सांसदलाई सहयोग गर्न उनले आग्रह गरिन् ।सांसद बरालले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिसम्बन्ध
काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय, निर्माण व्यवसायका व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्दै छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बिहान साढे ११ बजे हुने उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । छलफलमा महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने कार्यक्रम रहेको छ ।नि
इलाम / मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला राजदुवाल खण्डमा सडकको ठुलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।निरन्तरको वर्षा, कमजोर भूबनोट तथा जमिनभित्रको आन्तरिक समस्याका कारण सडक भासिएर बगेपछि पूर्वी पहाडी जिल्लाहरूको लाइफलाइन मानिने यो राजमार्ग अवरुद्ध भएको हो । सडक भासिएर सवारी साधन वारपार गर्नै नमिल्ने भएपछि इलाम, पाँचथर र ताप्लेजुङलाई झापा तराई सँग जोड्ने मुख्य मार्ग बिहीबार बिहानबाट विच्छेद भएको छ । राजमार्ग ठप्प हुँदा दैनिक उपभोग्य सामग्री बोकेका मालवाहक सवारी साधन, बिरामी बोकेका एम्बुलेन्स र गन्तव्यतर्फ हिँडेका सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परे
काठमाडौं / नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा बारोबार भइरहेको छ । बुधबार २ लाख ८७ हजार १ सय रुपैयाँमा कारेबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ३४० रुपैयाँमा बारोबार भएको छ । बुधबार चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
चितवन। चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर हालै भरतपुर–२३ मा आमा–छोराको ज्यान लिएको जंगली हात्ती ‘ध्रुवे’ दुई दिनदेखि सम्पर्कविहीन बनेको छ। घाँटीमा जडान गरिएको जीपीएस रेडियो कलरले समेत सिग्नल नदिएपछि निकुञ्जको टोली र नेपाली सेनाले खोजी तीव्र बनाए पनि ध्रुवेको अवस्थाबारे कुनै जानकारी मिल्न सकेको छैन।निकुञ्जले ध्रुवेलाई बेहोस बनाएर नयाँ स्याटलाइट रेडियो कलर जडान गर्ने र दाह्रा काट्ने तयारी गरिसकेको भए पनि हात्ती फेला नपर्दा योजना रोकिएको छ। अधिकारीहरूका अनुसार ध्रुवे निकै चनाखो भएकाले खतरा महसुस हुनासाथ जंगलको गहिराइमा लुक्ने गर्छ।मानिसमाथि आक्रमणका कारण कुख्यात ध्रुवेको आक्रमणबाट हालसम्म २५ जनाल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.