काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ६० हजार ३० राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११४ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४२, निषेधित क्षेत्रमा हर्न बजाउने ७४, सडकपेटीमा ‘पार्किङ’ गर्ने १०३, एकतर्फी सडकमा सवारी चलाउने ८९ र अन्य सवारी नियम पालना नगरेका एक हजार २३७ जनालाई कारबाही गरिएको हो ।
म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका कर्णबहादुर खत्रीको तीन दशकपछि पारिवारिक पुनर्मिलन भएको छ । सामाजिक सञ्जाल र मोबाइल फोनको माध्यमबाट ६० वर्षीय कर्णबहादुरले आफ्नो पुर्ख्यौली थातथलो, दाजुभाइ र आफन्त खोज्दै ताकम आउनुभएको हो । “कामको खोजीमा भारतको सिलोङमा जानुभएका बुबा मतीलाल खत्रीले त्यही बिहेवारी गरेर मलाई जन्माएको ११ आँै दिनमा आमाको निधन भएको रहेछ”, कर्णबहादुरले भन्नुभयो, “बुबा घर फर्किएपछि मलाई रुपन्देहीको सियारी गाउँपालिका–६ स्थित मामाघरका हजुरबुबा र आमाले हुर्काउनुभएको थियो ।”तीस वर्षअघि जिल्ला सदरमुकाम बेनीमा ल्याएर दाजुभाइ र आफन्तले बुबाको नामबाट नागरिकता दिलाएपछि मामा
इनरुवा। कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी साधनका चालक मोरङ रङ्गेली नगरपालिका–३ दर्वेशाका ४२ वर्षीय पदम राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । भण्टाबारीबाट लौकहीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ४८३१ नम्बरको खाली पिकअप अनियन्त्रित भई गए राति सडकमा दुर्घटनमा भएको थियो । दुर्घटनामा चालक राई गम्भीर घाइते भएकामा उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकामा उपचारको क्रममा मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिनुभयो । सोही दुर्घटनामा पिकअपमा सवार सिरा
काठमाडौं— विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहले कार्यकाल नतोकी सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्नुभएको छ । शुक्रवार गरिएको नियुक्तिमा उपकुलपतिहरूको कार्यकाल उल्लेख नगरिएकाले कुलपतिले आवश्यक ठाने जुनसुकै बेला पदमुक्त हुनुपर्ने कानुनी अवस्थाको श्रृजना भएको छ ।वैशाख १९ गते अध्यादेशमार्फत सबै विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि सरकारले करिब एक महिनापछि आठ विश्वविद्यालयका उपकुलपति पदका लागि आवेदन आह्वान गरेको थियो । प्राप्त आवेदनमध्ये प्रत्येक विश्वविद्यालयका लागि १०–१० जना सर्टलिस्ट गरी कार्ययोजना, सोधपत्र र अन्तर्वार्ताका आधारमा तीन–तीन जनाको नाम सिफारिस गरिएको
मान्म। देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका बेला कालीकोटमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पशु सेवा कार्यालय कालीकोटले बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको हो । जिल्लाभित्र कुखुरामा बर्डफ्लु फैलिन सक्ने भएकाले सतर्कताका साथ पूर्वतयारीमा रहन कुखुरापालक किसानलाई अनुरोध गरिएको छ । कुखुरा फार्म, मासु पसल तथा कुखुरापालक किसानलाई रोग नियन्त्रणका लागि पूर्वतयारीमा रहन अनुरोध गरिएको जिल्ला पशु कार्यालयका प्रमुख धनबहादुर महतले जानकारी दिनुभयो । “हालसम्म जिल्लामा बर्डफ्लुको कुनै शङ्कास्पद घटना वा सङ्क्रमण पुष्टि भएको छैन्,” उहाँले भन्नुभयो
कास्की। कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना विसं २०७८ मङ्सिरमा सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको प्रवद्र्धक कम्पनी निर्देशक दीपक बरालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक रुपमा १५ दिन आयोजना परीक्षण अवधिमा रहनेछ । त्यसपछि नियमित व्यावसायिक उत्पादन सुरु हुनेछ । सो अवधिमा उत्पादित वि
जुम्ला। भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा ९० योजना सम्पन्न गरेको छ । कार्यालयले पहिरो रोकथाम, तटबन्ध तथा बाँध निर्माण र खोला किनारा संरक्षणका योजना पूरा गरेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख लोकेन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।कार्यालयले हुम्लामा ३२, मुगुमा २८, डोल्पामा आठ, जुम्लामा २० र कालीकोटमा दुई योजना निर्माण भएको कार्यालय प्रमुख भण्डारीको भनाइ छ । ती योजना उपभोक्ता समितिबाट सम्पन्न भएका हुन् । पाँचवटै जिल्लाका ९० योजनामध्ये जुम्लामा तीन र डोल्पामा एक योजना निर्माण पूरा भएको प्रमुख भण्डारीले उल्लेख र्नुभयो । कार्यालयमा दरबन्दीअनुसार कर्म
काभ्रेपलाञ्चोक। बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै एक वर्ष लाग्ने भएको छ । नेपालको तेस्रो जलविद्युत् आयोजना विसं २०८१ असोजको बाढीपहिरोले क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको छ । कुल दुई दशमलव चार मेगावाट क्षमताको सो आयोजनाको विद्युत्गृहमा बाढी पस्दा टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिआर प्रणालीलगायत महत्वपूर्ण उपकरण डुबानमा परेका थिए । यस्तै, रोशी खोलाले धार परिवर्तन गरेर बाँधमा क्षति पु¥याएको छ । विपद्का कारण रु सात करोड बराबरको क्षति भएको जनाइएको छ । बाढीले विद्युतीय उपकरण प्रयोग गर्न नमिल्ने अवस्थामा पु¥याएको केन्द्रका प्रमुख शिवराज त
दमौली। तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु छ अर्ब बढी बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको हो । ऋषिङ गाउँपालिका–१ झापुटारमा जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । आयोजनामा हालसम्म ७५ दशमलव पाँच प्रतिशत प्रगति भएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण तथा प्याकेज ३ अन्तर्गत दम
काँक्रेविहार। राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ । सो आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोडिनेछ । त्यसका लागि एक दशमलव सात किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ । भेरी नदीको पानी ‘डाइभर्सन’ गरी बबईमा झारेर सिँचाइ सुविधा उपलब्ध गराउने र त्यसबाट करिब ४६ दशमलव आठ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।प्रस्तावित प्रसारण लाइनमा नौवटा टाव
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.