काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १९१ रुपैयाँ २० पैसा, स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बि
काठमाण्डौ । सोमबार थापाथली स्थित माइतीघर मण्डलामा जेन जेड पुस्ताले सामाजिक सञ्जाल सक्रिय पार्न, पुराना नेताहरूले पुनः प्रधानमन्त्री नहुने प्रतिबद्धता जनाउन र अख्तियारमा राजनीतिक नियुक्ति रोक्न तीन बुँदे मागसहित शान्तिपूर्ण आन्दोलन गर्न लागेको छ। आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आफ्नो समर्थन रहेको जेन जेड सदस्यहरूलाइ तर उपस्थित नहुने जानकारी दिएका छन्। सोमबार बिहान नौ बजेदेखि सुरु हुने यस आन्दोलनमा जेन जेड सदस्यहरू आफ्नै नेतृत्वमा आन्दोलन सञ्चालन गर्ने तयारीमा छन्।
ललितपुर— पूर्वपत्नीको उजुरीमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ कारागार चलान भएका छन् ।ललितपुर जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले गुरुङलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । त्यसपछि इन्स्पेक्टर गुरुङ नख्खु कारागार चलान भएका हुन् ।उनीविरुद्ध बलात्कार, ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाइएको थियो ।इन्स्पेक्टर गुरुङ प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत थिए । पूर्वपत्नीले ललितपुर प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको थियो ।इन्स्पेक्टर गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नी
काठमाडौं— यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से परिसुचक आजपनि घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको नेप्से परिसुचक आईतबार ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा रोकिएको छ । साथै, कारोबार रकममा पनि कमी आएको देखिएको छ ।साताको अन्तिम कारोबार दिन बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएकोमा आज ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँ बराबरको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर कारोबार भएको छ ।आज सेन्सेटिभ इन्डेक्स २.३२ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.७७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इ
ललितपुर— ललितपुरको गोदावरीमा पछिल्लो तीन दिनदेखी जारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनले गोदावरी क्षेत्रका फुटपात क्षेत्रलगायतका पसलहरूको कारोबार प्रभावित भएको छ । महाधिवेशनका कारण सडकमा जाम हुने र आवतजावतमा असजिलो भएपछि गोदावरी घुम्न जाने पर्यटकहरु पसलसम्म नआएकाले बिक्री घटेको पसलका सञ्चालकहरु बताउँछन् । महाधिवेशनका लागि आएका प्रतिनिधिहरुको लागि खाना र खाजाको व्यवस्था भएका कारण प्रतिनिधिहरु बाहिरतिरका पसलहरुमा चिया मात्र पिउनका लागि आउने स्थानीय व्यापारी दुर्गा मगर बताउँछिन् । २५ वर्षदेखि गोदावरीमा व्यापार गर्दै आएकी दुर्गाले महाधिवेशनका कारण कारोबार बढ्
काठमाडौं— अहिलेसम्मकै बृहत अष्ट्रेलियन शैक्षिक मेला २०२५ काठमाडौंमा आयोजना हुने भएको छ । ’स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ राजधानीमा आगामी भदौ अन्तिम साता नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५ आयोजना हुन लागेको हो ।नेपाल एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेसेन्टेटिभ्स (नायर) को आयोजनामा हुने उक्त शैक्षिक मेला आगामी भदौ २९ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।आयोजकका अनुसार मेलामा अष्ट्रेलियाका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूसहित उल्लेख्य संख्यामा शैक्षिक संस्थाहरूको सहभागिता रहनेछ । विद्यार्थीहरूले अष्ट्रेलियामा अध्ययन
काठमाडौं— महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘महिला सरकारी वकीलको सशक्तीकरण ः फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने मूल नाराका साथ महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन आगामी भदौ २३ गते काठमाडौंको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा हुने भएको छ ।सम्मेलनमा देशभरका महिला सरकारी वकीलहरू सहभागी हुँदैछन् । हाल सरकारी वकील समूहमा कार्यरत ५२१ जना वकीलहरूमध्ये १४८ जना महिला वकील रहेका छन् । तीमध्ये ४ जना सह–न्यायाधिवक्ता, ३२ जना उप–न्यायाधिवक्ता र ११२ जना सहायक–न्यायाधिवक्ता छन् ।सम्मेलनमा महिला सरकारी वकिलहरूको पेशागत क्षमता अभिवृद्धि, नेतृत्व विकास, र लैङ्गिक समानता जस्ता विषयमा केन्द्र
काठमाडौं— नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्नो अधिवेशन तथा साधारणसभा मंसिर महिनाको अन्तिमसम्म गर्ने निर्णय गरेको छ । शनिबार बसेको महासंघको केन्द्रिय कार्यसमितिको बैठकले यसबारे औपचारिक निर्णय गरेको हो ।बैठकले स्वदेशी तथा विदेशी ट्रकहरूले कानूनी सीमा नाघेर अत्यधिक भारवहन गरिरहेको र यसले सडक तथा पुल संरचनामा क्षति पु¥याउनुका साथै दुर्घटनाको जोखिम बढाइरहेको निष्कर्षसमेत निकालेको छ ।महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले तौलपुलमार्फत नियमित जाँच भइरहे पनि अधिकतम १५०० रुपैयाँ जरिवाना तिरेर नियोजित रूपमा ट्रकहरू बारम्बार ओभरलोड गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्न विभिन्न निकायमा आउँदो
काठमाडौं— जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिने भएका छन् ।सत्तारुढ पार्टीका सदस्यहरूले माथिल्लो सदनको चुनावमा हार व्यहोरेपछि इशिबाले राजीनामा दिने निर्णय गरेका हुन् ।लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेतृत्व सम्हालेको एक वर्ष पनि नपुग्दै ६८ वर्षीय इशिबाले यस्तो कदम चालेका हुन् । उनले संसद्का दुवै सदनमा बहुमत गुमाइसकेका छन् ।सार्वजनिक प्रसारणकर्ता एनएचकेले इशिबाले पार्टीलाई विभाजनबाट जोगाउन राजीनामा गर्न निर्णय गरेका जनाएको छ भने दैनिक आसाही सिम्बुनले उनलाई राजीनामा गर्न दबाब बढिरहेको उल्लेख गरेको छ ।शनिबार राति कृषिमन्त्री र एक जना पूर्वप्रधानमन्त्रीले इ
पोखरा— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बिचौलियाको धम्कीबाट बनेको आरोप लगाएका छन् । शनिबार नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकमा बोल्दै उनले वर्तमान सरकार बुद्धिले बनेको नभई दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको आरोप लगाए । उनले भने,‘ कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको हो । आज पनि डरले बचेको सरकार हो । कांग्रेस–
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.