काठमाडौं / नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले नेपालको इतिहासमा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा ठूलो संख्यामा नागरिकले ज्यान गुमाएको उल्लेख गर्दै अहिले सडक दुर्घटनाका कारण त्यसभन्दा बढी नागरिकको मृत्यु भएको बताए । उनले भने, ‘नेपालको इतिहासमा सबै भन्दा धेरै नागरिकको ज्यान गएको समय १० वषिय सशस्त्र आदोन्दको समय थियो । त्यो भन्दा धेरै नागरीको ज्यान सडक दुर्घटनामा गएको छ । धेरै सडक दुर्घटना हुने सडक मध्य कर्णाली राज मार्ग एक हो ।’ उनले दे
काठमाडौं / नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले उखु किसानलाई सरकारले उपलब्ध गराउनुपर्ने अनुदान रकम तत्काल भुक्तानी गर्न माग गरेका छन् ।बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहले बर्दियाको राजापुर नगरपालिका–५ बदालपुरस्थित राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्रि प्रालिले किसानबाट खरिद गरेको उखुको रकम भुक्तानी गरिसकेको भए पनि सरकारले दिने अनुदान रकम अझै उपलब्ध नगराएको बताए ।उनले भने, ‘बर्दियाको राजापुर नगरपालिका वडा–५ बदालपुरमा २०८० साल भदौ २५ गते उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौंमा दर्ता भएको राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्रि प्राइभेट लिमिटेडले २०८२ साल पुस २२ गतेदेखि चैत १
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दलित समुदायको हकअधिकार संरक्षण, बालअधिकार, सुकुमबासी समस्या, संक्रमणकालीन न्याय तथा मानव अधिकार प्रवद्र्धनका विषयमा आयोगले सम्बन्धित निकायसँग सहकार्य गर्दै काम गरिरहेको बताएका छन् ।प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव अधिकारको वर्तमान अवस्था, समस्या तथा प्रवद्र्धनमा आयोगको भूमिकाबारे छलफलका क्रममा अध्यक्ष मगरले आयोग दलित समुदायका अधिकारप्रति संवेदनशील रहेको बताए ।उनले भने, ‘ दलित समुदायका हकअधिकार संरक्षणमा राष्ट्रिय मानव अधिकार आयोग सधैं संवेदनशील छ । दलितसँग सम्बन्धित उजुरी आएमा आवश्यक अनुसन्धान र
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले लोकतन्त्रमा नियम सबैले समान रूपमा पालना गर्नुपर्ने बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियम पालना गर्ने विषयमा विभेद भए लोकतन्त्र अराजकतामा जाने चेतावनी दिए। उनले सदन पनि बिस्तारै अराजकतातर्फ उन्मुख हुन थालेको महसुस भएको बताए। सभामुखले संविधान र नियमावलीअनुसार प्रधानमन्त्री, मन्त्री तथा सरकारी पदाधिकारीहरूलाई नियमित रूपमा संसद्मा उपस्थित गराउन भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।उनले भने,‘लोकतन्त्रमा नियम मान्नुपर्छ। एक थरीले मात्रै नियम मान्ने र अर्को थरीले नमान्ने अवस्था आयो भने त्यसले अराजकता निम्त्
काठमाडौं / नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा आएर जवाफ दिनुपर्ने माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले संसद्मा उठेका विषयमा जवाफ दिनुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा व्यक्त गरेको धारणा प्रति प्रतिपक्षी दलहरूले असहमति जनाउँदै आएको उल्लेख गर्दै सभामुखमार्फत प्रधानमन्त्रीलाई संसद्मा बोलाएर जवाफ दिन माग गरे।‘यो सदन जनताले पठाएका प्रतिनिधिहरूको हो। नियमावलीमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री आएर जवाफ दिनुपर्ने हुन्छ,’ उनले भने। सांसद राईले गाउँघरमा देखिएका समस्या
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ च’ निष्कासन गर्ने भएको छ ।बैंकको मौद्रिक व्यवस्थापन विभागले १ वर्ष अवधिको लागि उक्त ऋणपत्र बोलकबोल मार्फत जारी गर्न लागेको हो ।बैंकद्वारा प्रकाशित सूचना अनुसार, यस ऋणपत्रको बोलकबोल असार २४ गते मध्याह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ । यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन् ।सहभागी हुन चाहने संस्थाहरुले न्यूनतम ५ करोड र अधिकतम ५ करोडले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब
काठमाडौं । पूर्वाधार विकास समितिका सचिव उदयकुमार भण्डारीले देशमा पानीको अभावभन्दा व्यवस्थापनको कमजोरीका कारण नागरिकले खानेपानीको समस्या भोग्नुपरेको बताएका छन् ।आज बसेको समितिको बैठकमा बोल्दै सचिव भण्डारीले खानेपानी आयोजनाहरू वर्षौंसम्म अधुरै रहने गरेका कारण जनताले समयमै सेवा नपाएको बताए । उनले आफ्नै गाउँको उदाहरण प्रस्तुत गर्दै पाँचवटै वडामा खानेपानी आयोजना सञ्चालनमा रहेपनि अधिकांश योजना अधुरै रहेको बताए । उनले १० वर्षअघि खानेपानी योजना आउने आशामा स्थानीय जनता उत्साहित भए पनि दशक बितिसक्दा पनि खानेपानी नपाएको बताए । उनले भने, ‘हाम्रो देशमा पानीको कमी छैन व्यवस्थाको कमी छ । आफ्ना गाउँमा पा
काठमाडौं / कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् नार्कका नवनियुक्त वैज्ञानिकहरूलाई कार्यसम्पादन, सुशासन र नेतृत्व क्षमताका आधारमा अवसर प्रदान गरिने बताएकी छन् ।नेपाल कृषि अनुसन्धान परिषद्का नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँगको सहकार्यलाई अघि बढाउने तयारी भइरहेको जानकारी दिइन् । उनले आधुनिक प्रविधिको प्रयोग र अनुसन्धानमा परिषद्ले अग्रणी भूमिका खेल्ने अपेक्षा व्यक्त गर्दै वैज्ञानिकहरूको सक्रियताले देशको कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिन् । उनले नेतृत्व चयनमा अब क
काठमाडौं / अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताएका छन् ।बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले अध्यादेशमार्फत ल्याइएको व्यवस्थामा केही हदसम्म ओभर रिच भएको महसुस भएपछि संशोधन गरिएको बताए ।उनले भने, ‘अध्यादेश ल्याउँदा हामीले अलिकति ओभर रिच गरेको जस्तो महसुस भयो। उद्देश्य कडा रूपमा प्रस्तुत हुने, उजुरी लिने र यसलाई सशक्त बनाउने थियो। तर विगतमा जस्तो उजुरीलाई हतियार बनाएर कसैलाई दुःख दिने अवस्था फेरि नआओस् भनेर सच्याएका हौँ।’उनले विगतमा उजुरीको दुरुपय
काठमाडौं / प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बुधबार बसेको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईको अभिव्यक्तिपछि विवाद उत्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै, ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्नरु’ भन्दै प्रश्न गरेका थिए।सांसद राईको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले संसद्को मर्यादा कायम राख्न आग्रह गरे। उनले सभा र सभाध्यक्षको अपहेलना हुने गरी अभिव्यक्ति नदिन निर्देशन दिँदै आफ्ना भनाइ मर्यादाभित्र रहेर राख्न भने।सभामुखले सांसद राईलाई भ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.