समाचार

    Showing 1,551-1,560 of 15,305 items.
  • लुकाईछिपाई राखिएको ३८८ किलो ७३० ग्राम गाँजासहित महिला पक्राउ

    सप्तरी— सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ। मण्डलको घरमा लुकाईछिपाई राखिएको ३८८ किलो ७३० ग्राम गाँजा बरामद गरेको हो।सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले लुकाईछिपाई राखिएको ३८८ किलो ७३० ग्राम गाँजा बरामद गरेको हो।सशस्त्र प्रहरी बल र जनपद प्रहरीको टोलीले मण्डलको घर खानतलासी गर्दा निर्माणाधीन शौचालयबाट दुई बोरा, गाईगोठबाट एक बोरा र घरनजिकको बाँसको झ्याङबाट नौ बोरा गाँजा बरामद गरेको हो।प्रहरीले घटनास्थलबाट ४१ वर्षीया रेखाकुमारी मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान अडागी बढाएको जिल्ला प्रहरी कार्यालयले जना

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 402 पटक पढिएको
  • अख्तियारले बोलायो घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई

    काठमाडौं— घुसकाण्डमा जोडिएर राजीनामा दिएका  निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झिकाएको छ । ७८ लाख रूपैयाँ घुसकाण्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गुप्ताले राजीनामा दिएका थिए । अख्तियारले गुप्तालाई ‘भ्वाइस टेस्ट’ का लागि मंगलबार हाजिर हुन भनेको हो ।घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। घुसको अडियो प्रकरण छानबिनका लागि अख्तियारले ‘भ्वाइस टेस्ट’ गर्न गुप्तालाई मंगलबार हाजिर हुन भनेको हो । अख्तियारका एक सदस्यले गुप्ता मंगलबार हाजिर भएर भ्वाइस टेस

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 373 पटक पढिएको
  • पोखरामा कोरोना संक्रमणबाट ७४ वर्षीया महिलाको मृत्यु

    काठमाडौँ — पोखरामा कोरोना भाइरस संक्रमणबाट ७४ वर्षीया एक महिलाको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खीमबहादुर खड्काले मृत्युको पुष्टि गरेका छन्।खड्काका अनुसार ती महिला आठ दिनअघि कोरोना पोजिटिभ देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन्। “उनी चरक अस्पतालमा उपचाररत थिइन्। उच्च रक्तचाप र मधुमेहसमेत भएको थाहा भएको छ,” खड्काले जानकारी दिए।उनका अनुसार कोरोना संक्रमणसँगै अन्य स्वास्थ्य समस्या पनि देखिएकाले मृत्युको कारणमा विविधता हुन सक्ने भए पनि कोरोना पुष्टि भएको हो। स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हाल कोरोना संक्रमण दर फेरि बढ्न थालेको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 261 पटक पढिएको
  • ग्रिस पठाउने भन्दै २४ लाख ठगी गर्ने सुदीप सापकोटा पक्राउ

    काठमाडौं — वैदेशिक रोजगारीको लागि ग्रिस पठाइदिने भन्दै २४ लाख रुपैयाँ ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति धादिङको नेत्रावती गाउँपालिका–५ स्थायी ठेगाना भइ हाल भक्तपुरको मध्यपुर ठिमीमा बसोबास गर्दै आएका २९ वर्षीय सुदीप सापकोटा हुन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन ३ गते उनलाई काठमाडौं महानगरपालिका–१५ बाट पक्राउ गरेको हो। पीडितको उजुरीका आधारमा सापकोटाले आकर्षक तलबको प्रलोभन देखाएर ग्रिस पठाउने बहानामा ठगी गरेको खुलेको छ। उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 211 पटक पढिएको
  • धादिङ र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

    काठमाडौं— १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने १९ वर्षीय अमृत जंग मल्ल समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।त्यस्तै १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको टीकापुर नगरपालिका४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी का

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 425 पटक पढिएको
  • गौशालामा राजस्व संकलनको विषयमा दोहोरो झडप, १५ जना घाइते, साढे ७ लाख लुटिएको आरोप

    धनुषा — महोत्तरीको गौशाला बजारमा गोरु तथा खसी बजारको राजस्व संकलनको विषयमा दुई पक्षबीच दोहोरो झडप हुँदा झन्डै १५ जना घाइते भएका छन्। झडप निगौल गाई गौशाला र गौशाला नगरपालिका बीच ठेक्का तथा राजस्व संकलनको अधिकारलाई लिएर भएको हो।इलाका प्रहरी कार्यालय गौशालाका अनुसार निगौल गाई गौशालातर्फबाट राजस्व संकलन गरिरहेका विपिन साहको टोली र गौशाला नगरपालिका–२ का वडाध्यक्ष श्याम मण्डलको टोलीबीच झडप भएको हो। भिडन्तमा वडाध्यक्ष मण्डलसहित सचिन महतो, सुरेन्द्र महतो र जसपा नेपाल पार्टीका नगर संयोजक कुमारकान्त झा घाइते भएका छन्। मण्डलको कानमा गहिरो चोट लागेको बताइएको छ।त्यस्तै विपिन साह र सुनिल साहको टाउकोमा गम्भी

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 309 पटक पढिएको
  • राष्ट्रिय परिचयपत्र सेवा आंशिक रूपमा अवरुद्ध

    काठमाडौं— राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हाल राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध रहेको जनाएको छ। विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा प्रणालीको क्षमता विस्तारका कारण सेवा अस्थायी रूपमा प्रभावित भएको हो।विभागका सूचना अधिकारी शिवराज सेढाईंले प्रणाली मर्मत कार्य सम्पन्न नभएसम्म विभागका तोकिएका सेवाहरू आंशिक रूपमा अवरुद्ध रहने जानकारी दिएका छन्।'प्रणालीको मर्मत कार्य पूरा नभएसम्म विभागसम्बद्ध तोकिएका सेवाहरू आंशिक रूपमा अवरुद्ध रहनेछन्,' सेढाईंले बताए।सेवाग्राहीहरूलाई असुविधा भए पनि मर्मतपश्चात सेवा नियमित रूपमा पुनः सुचारु गर

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 395 पटक पढिएको
  • चितवन कारागारबाट छुट्ने भन्दा थपिने कैदीबन्दीको संख्या बढ्दो

    चितवन— कारागार कार्यालय चितवनबाट एक वर्षमा छुटेर जानेभन्दा थपिनेको सङ्ख्या बढेको छ । विभिन्न मुद्दामा फैसला हुन बाँकी भएर वा फैसला भएर आएका कैदी एवं बन्दीको सङ्ख्या छुटेर जानेकोभन्दा धेरै रहेको पाइएको हो । गत आर्थिक वर्षमा कारागार कार्यालयमा ८०८ जना कैदीबन्दी नयाँ थपिएका कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिए । यस्तै, सोही समयमा ६७२ जना छुटेको उनले जानकारी दिए । उनका अनुसार थपिएका कैदीबन्दीमध्ये १५० जना नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) का हुन् भने अन्य चितवनका छन् । गत वर्षमा यस कारागारबाट स्थानान्तरण भएर विभिन्न कारागार गएका कैदीहरूको सङ्ख्या १४५ जना छ । यस्तै, उपचारक

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 410 पटक पढिएको
  • एमालेको केन्द्रीय समिति बैठकमा सञ्चारकर्मीलाई सडकमै रोक्यो

    काठमाडौं — नेकपा (एमाले) को केन्द्रीय समिति बैठक आजदेखि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। पार्टी विधानका विषयमा केन्द्रित बैठकमा सञ्चारकर्मीहरूको पहुँचमा कडाइ गरिएको छ।सुरक्षाका कारण देखाउँदै पार्टीले फोटो पत्रकारसहित सञ्चारकर्मीहरूलाई बैठकस्थल परिसरमा प्रवेश गर्नमा रोक लगाएको छ । अघिल्ला बैठकहरूमा पत्रकारहरूलाई कम्तीमा बैठक हल बाहिर फोटो तथा भिडियो लिन दिइने गरिएको थियो। तर, यसपटक उनीहरूलाई कार्यालय गेटबाहिरै, सडकमै रोकिएको हो ।केन्द्रीय सदस्यहरूलाई मात्र बैठकस्थलमा प्रवेश दिइएको छ। सञ्चारकर्मीहरूले भने प्रेस स्वतन्त्रतामाथि यस्तो अवरोध अस्वाभाविक भएको टिप्पणी गरेका छन्।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 398 पटक पढिएको
  • ओलीको उमेर घटाउने तर्कप्रति भीम रावलको कटाक्ष : "सुतेको समय पनि घटाउने?"

    काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ७० वर्षे उमेर सीमा हटाउने सन्दर्भमा आफूले जेलमा बिताएको १४ वर्षलाई उमेर सीमा गणनाबाट घटाउनुपर्ने तर्क राखेको विषयमा पूर्व नेता भीम रावलले कटाक्ष गरेका छन्।एमाले छाडेर हाल मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका रावलले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा लेख्दै ओलीको तर्कप्रति व्यङ्ग्य गरेका हुन्। उनले भनेका छन्, “एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ। केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न अब बाल्यकाल, सुतेको समय, र बिरामी भई काम नगरेको अवधि पनि घटाएर उमे

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 217 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा