समाचार

    Showing 1,561-1,570 of 26,475 items.
  • सांसद राईको अभिव्यक्तिप्रति सभामुखको आपत्ति, मर्यादामा रहेर बोल्न निर्देशन

    काठमाडौं / नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखप्रति आपत्तिजनक अभिव्यक्ति दिएका छन्।बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै, ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्नरु’ भन्दै प्रश्न गरेका थिए। उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले संसद्को मर्यादा कायम राख्न आग्रह गरे। सभामुखले सभा र सभाध्यक्षको अपहेलना हुने गरी अभिव्यक्ति नदिन निर्देशन दिँदै आफ्नो भनाइ मर्यादाभित्र रहेर राख्न भने। सभामुखले सांसद राईलाई मर्यादित भाषा प्रयोग गर्न आग्रह गर्दै त्यसपछि आफ्नो भनाइ अघि बढाउने अनुमति दिएका थि

    • प्रकाशित मितिः असार २४, २०८३
    • 154 पटक पढिएको
  • मिटर ब्याज पीडित: ९६ दिनदेखि माइतीघरमा न्याय खोज्दै सर्लाहीका महतो दम्पती

    काठमाडौं / सानो घरायसी आवश्यकता पूरा गर्न लिएको डेढ लाख रुपैयाँ ऋणले सर्लाही बरहथवा नगरपालिका–९ का भागनारायण महतो र उनकी पत्नी उमाकुमारी महतोको जीवन नै संकटमा पुर्याएको छ ।ऋण लिएको वर्षौं बितिसक्दा पनि आफूहरू ऋणबाट मुक्त हुन नसकेको र उल्टै घरजग्गासहित जीवनभरको कमाइ गुमाउनुपरेको भन्दै महतो दम्पती विगत ९६ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका छन् । मिटर ब्याजबाट पीडित भएको दाबी गर्दै आएका उनीहरू नयाँ सरकार गठनसँगै न्याय पाउने आशामा काठमाडौं आएको बताउँछन् । तर, लामो समय बित्दै जाँदा पनि आफ्नो माग सम्बोधन नभएपछि अझै संघर्षमै रहनुपरेको उनीहरूको भनाइ छ ।भागनारायण महतोका अनुसार २०७२ सालमा

    • प्रकाशित मितिः असार २४, २०८३
    • 161 पटक पढिएको
  • कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

    कास्की। जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न ‘मनसुन प्रतिकार्य योजना– २०८३’ कार्यान्वयनमा ल्याउने भएको छ ।जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबारको बैठकमा प्रतिकार्य योजना प्रस्तुत गरिएको हो । यो प्रतिकार्य आयोजना जिल्ला समन्वय समिति कास्की र रेडक्रस सोसाइटी जिल्लासँग छलफल गरी थप अध्ययनपछि तीन दिनभित्रमा स्वीकृत गरी कार्यान्वयनमा लैजाने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।प्रशासनले तयार गरेको विपद् न्यूनीकरण प्रतिकार्य योजनामा बाढी, पहिरो, डुबान, नदी कटान, सडक अवरोधलगायत मनसुनजन्य विपद्को पूर्वतयारी, खोज तथ

    • प्रकाशित मितिः असार २४, २०८३
    • 324 पटक पढिएको
  • आगलागीले जले भवन र मिसिल तर रोकिएन न्याय: १८ हजार मिसिल पुनःप्राप्त

    काठमाडौं / २०८२ भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गते भएको आगजनी, तोडफोड र ढुंगामुढाले नेपालको न्यायपालिकामा अभूतपूर्व क्षति पुर्यायो ।देशभरका विभिन्न अदालतसँगै सर्वोच्च अदालत पनि हिंसात्मक घटनाको प्रत्यक्ष मारमा परे । विशेषगरी सर्वोच्च अदालतको ऐतिहासिक मूल भवन पूर्ण रूपमा जलेर नष्ट भएपछि न्याय सम्पादनको नियमित प्रक्रिया नै अन्योलमा पर्यो । न्यायालयको भौतिक संरचना मात्र होइन, हजारौँ महत्त्वपूर्ण मुद्दाका मिसिलसमेत आगलागीमा नष्ट भए । यद्यपि, कठिन परिस्थितिबीच सर्वोच्च अदालतले सेवा अवरुद्ध हुन नदिई अस्थायी व्यवस्थाबाट न्याय सम्पादनलाई निरन्तरता दिएको दाबी गरिएको छ । सर्वोच्च अदालतका प्रव

    • प्रकाशित मितिः असार २४, २०८३
    • 165 पटक पढिएको
  • मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

    मुस्ताङ। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले फोहरमैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । जिल्लाको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा सङ्कलन भएको फोहरलाई एक्याप जोमसोमले गत वर्षदेखि व्यवस्थापन गर्न थालेको हो ।एक्याप प्रमुख राजेश गुप्तका अनुसार आव २०८२÷८३ को साउनदेखि असार अन्तिमसम्म जिल्लाका तीन पालिकामा सङ्कलन गरिएको २२ हजार १८९ केजी नकुहिने विभिन्न प्रकारका फोहरलाई ट्रकमा ढुवानी गरी जिल्ला बाहिर निकासी गरेको जानकारी दिनुभयो । एक्याप प्रमुख गुप्तका अनुसार चालु वर्षको बाह्र महिनामा मुस्ताङम

    • प्रकाशित मितिः असार २४, २०८३
    • 254 पटक पढिएको
  • सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

    काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरूमा मादकपदार्थ सेवन गरेका ६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२६ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १८९ जनालाई कारबाही गरिएको छ ।त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १३९, निषेधित क्षेत्रमा हर्न बजाउने १२४, सडक पुथपाथ पार्किङमा ८५, एकतर्फीमा ५९ र अन्य सवारी नियम पालना नगरेका एक हजार १५७ जना रहेका छन् ।उक्त जरिवानासहितको कारबाहीबाट रा

    • प्रकाशित मितिः असार २४, २०८३
    • 249 पटक पढिएको
  • अपाङ्गतामैत्री बैंकिङ सेवा विस्तारका लागि ‘टुलकिट’ तयार, राष्ट्र बैंकले पनि नीति सुधारलाई तीव्र बनाउँदै

    काठमाडौं / अपाङ्गता भएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको सेवा सहज, पहुँचयुक्त र विभेदरहित बनाउने उद्देश्यले तयार गरिएको ‘अपाङ्गतामैत्री वित्तीय समावेशीकरण टुलकिट’लाई अन्तिम रूप दिन सरोकारवालाबीच प्रमाणीकरण भ्यालिडेसन प्रक्रिया अघि बढाइएको छ ।नेपाल राष्ट्र बैंकको परिपत्रलाई कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले तयार गरिएको उक्त टुलकिटले बैंक तथा वित्तीय संस्थालाई अपाङ्गतामैत्री सेवा कसरी उपलब्ध गराउने भन्ने व्यावहारिक मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।विश्वभरका अपाङ्गता भएका व्यक्तिहरूसँग सहकार्य गर्दै गरिबी, विभेद र बहिष्करणविरुद्ध काम गर्दै आएको सीबीएम ग्लोबलका वित्तीय समावेश

    • प्रकाशित मितिः असार २४, २०८३
    • 154 पटक पढिएको
  • सिरहामा वन अधिकृत १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ, अख्तियारको कारबाहीले वन कार्यालयमा हलचल

    सिरहा / अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादवलाई १२ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।अख्तियारका अनुसार वन अधिकृत यादवले कर्जन्हा नगरपालिका–२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग विभिन्न स्थानबाट ल्याइएका तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने भन्दै प्रतिट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए। सेवाग्राहीले घुस मागिएको भन्दै अख्तियारमा उजुरी दिएपछि आयोगले आवश्यक प्रमाण संकलन गरी योजनाबद्ध रूपमा निगरानी थालेको थियो।सोही क्रममा कर्जन्हा नगरपालिका–४ बाट वन अधि

    • प्रकाशित मितिः असार २४, २०८३
    • 262 पटक पढिएको
  • पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    त्रिवेणी। निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि होटल तथा पर्यटन व्यवसाय पुनः चलायमान हुनेमा यहाँका व्यवसायी आशावादी बनेका छन् ।सडक निर्माणका क्रममा वर्षौँदेखि धुलो, हिलो, जाम र जोखिमपूर्ण यात्राका कारण यात्रु तथा पर्यटकले नवलपुर क्षेत्रमा रोकिएर खाना खाने, विश्राम गर्ने तथा घुमफिर गर्ने क्रम उल्लेख्य रूपमा घटेको थियो । यसले राजमार्ग लक्षित होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन् । अहिले सडक कालोपत्र भइसकेपछि यात्रुहरूको आवागमन सहज बन्दै गएको र होटलहरूमा पुनः चहलपहल बढ्न थालेको उनीहरूले जनाएका छन् ।नवलपुर होटल व्यवसायी स

    • प्रकाशित मितिः असार २४, २०८३
    • 200 पटक पढिएको
  • जहाँ जनघनत्व बढी, त्यहीँ देखिँदै वर्डफ्लु संक्रमण

    काठमाडौं / देशका अधिकांश जिल्लामा वर्डफ्लु संक्रमण नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ ।पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लामा देखिएको संक्रमणमध्ये आठ जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने तीन जिल्लामा नियन्त्रणका लागि निगरानी र व्यवस्थापनको काम जारी छ । जनघनत्व बढी भएका क्षेत्र तथा कुखुरा पालन व्यवसायको विस्तार भएका स्थानमा संक्रमण देखिन थालेपछि सतर्कता बढाइएको छ । विशेषगरी काठमाडौं उपत्यका आसपासका क्षेत्रमा कुखुरा फार्मको संख्या धेरै हुनु र बजारको चाप उच्च रहनुले संक्रमण नियन्त्रणमा चुनौती थपिएको विज्ञहरूको भनाइ छ । वर

    • प्रकाशित मितिः असार २४, २०८३
    • 172 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.