समाचार

    Showing 1,601-1,610 of 26,478 items.
  • सर्लाहीमा ६० केजी गाँजासहित दुई जना पक्राउ

    सर्लाही / सर्लाही प्रहरीले ६० किलोग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार अपराह्न जिल्लाको ब्रह्मपुरी गाउँपालिका–२ धर्मपुरटोलस्थित कठिपुल नजिक प्रहरी चौकी ब्रह्मपुरीबाट खटिएको प्रहरी टोलीले हरिवनबाट नारायणतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ह ४५१७ नम्बरको अटो शंकाको आधारमा रोकी जाँच गरेको थियो । जाँचका क्रममा अटोको डिक्की र सिटमुनि रातो प्लास्टिकले बेरिएका १२ वटा पोकामा लुकाइराखिएको ६० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा अटो चालक सर्लाहीको बागमती नगरपालिका–११ सखुवनी निवासी ३५ वर्षीय थिरव

    • प्रकाशित मितिः असार २३, २०८३
    • 166 पटक पढिएको
  • राष्ट्रिय टोलिमा आफ्नो भविष्यबारे हतारमा निर्णय गर्दिन: रोनाल्डो

    काठमाडौं / पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तिम फिफा विश्वकप ट्रफीबिनै समाप्त भएकोमा दुःख व्यक्त गरेका छन् । यद्यपि उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो भविष्यबारे भने हतारमा कुनै निर्णय नगर्ने बताएका छन् ।राउण्ड अफ–१६ मा स्पेनसँग १–० ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोले आफूले देशका लागि सक्दो योगदान दिएको र कुनै पछुतो नरहेको बताए । ‘यसरी विश्वकपबाट बाहिरिनुपर्दा दुःख लागेको छ । मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरेँ । अन्तस्करण सफा छ, यो मेरो अन्तिम विश्वकप थियो । अब केही समय परिवारसँग बिताएर शान्त रूपमा भविष्यबारे स

    • प्रकाशित मितिः असार २३, २०८३
    • 548 पटक पढिएको
  • सरकारको सय दिनबारे कोशीबासीको प्रतिक्रिया: ‘विश्वास छ, बाचा पूरा होस्’

    विराटनगर / प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले एकसय दिन पूरा गरिसकेको छ । जेनजी आन्दोलनको जगमा परिवर्तनको नारासहित करिब दुईतिहाइ जनमत प्राप्त गरेको सरकारले जनतासामु गरेका बाचाहरू कति पूरा भए भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ । सरकारको ‘हनिमुन पिरियड’ मानिने पहिलो सय दिन पूरा भएसँगै कोशी प्रदेशका स्थानीयवासीले सरकारप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । अधिकांशले सरकारप्रति विश्वास रहेको जनाउँदै अब घोषणाभन्दा कार्यान्वयनमा प्रभावकारिता देखिनुपर्ने बताएका छन् । विराटनगरकी स्थानीय बुद्धिमाया धिमालले सरकारले गरेका प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताइन् ।‘सरकारले स

    • प्रकाशित मितिः असार २३, २०८३
    • 173 पटक पढिएको
  • सबै आयोजनालाई एउटै मापदण्डमा राखेर दण्डित गर्नु उचित हुँदैन्: मोहनकुमार डाँगी

    काठमाडौं / वर्तमान सरकार गठन भएको एक सय दिन पूरा भएको सन्दर्भमा विभिन्न क्षेत्रबाट यसको कार्यसम्पादनको मूल्यांकन सुरु भएको छ । विशेषगरी अर्थतन्त्र र ऊर्जा क्षेत्रजस्ता रणनीतिक क्षेत्रमा सरकारबाट देखिएका नीति र कार्यान्वयन क्षमताबारे बहस तीव्र बनेको छ ।सरकार गठनको प्रारम्भिक चरणमै बजेट सार्वजनिक भए पनि त्यसको कार्यान्वयन, नीतिगत स्पष्टता र गति अपेक्षाअनुसार हुन नसकेको टिप्पणी निजी क्षेत्रबाट आउन थालेका छन् । यसै सन्दर्भमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले सरकारले ऊर्जा क्षेत्रमा केही सकारात्मक नीति ल्याए पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताएका छन्

    • प्रकाशित मितिः असार २३, २०८३
    • 138 पटक पढिएको
  • इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

    इलाम / इलामका स्थानीय तहहरूले बहुसंख्यक नागरिकले बोल्ने मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउँदै भाषिक समावेशीकरणको अभ्यासलाई तीव्रता दिएका छन् । यसै क्रममा जिल्लाको चुलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषा लागू गर्ने भएको छ भने माङसेबुङ गाउँपालिकाले लिम्बू भाषापछि अब वान्तवा भाषालाई पनि सरकारी मान्यता दिने निर्णय गरेको छ ।स्थानीय बासिन्दाको पहिचान र मातृभाषाको सम्मान गर्दै यी पालिकाहरूले आफ्ना नीति तथा कार्यक्रममार्फत ऐतिहासिक कदम चालेका हुन् । चुलाचुली गाँउपालिकाले गाउँसभाको १८औं अधिवेशनमा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले प्रस्तु

    • प्रकाशित मितिः असार २३, २०८३
    • 156 पटक पढिएको
  • सम्पत्ति शुद्धीकरण अनुसन्धानको घेरामा देउवा परिवार, जयवीरलाई विभागको सात दिने हाजिरी पुर्जी

    काठमाडौं— सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धान अघि बढाएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै उनलाई सूचना प्रकाशित भएको मितिले  सात दिनभित्र ललितपुरको पुल्चोकस्थित विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।विभागका अनुसार डडेलधुराको साविक आसिग्राम गाविस–५ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–२, बुढानीलकण्ठ बस्ने ३१ वर्षीय जयवीरलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम बयानका लागि बोलाइएको हो। विभागले लामो समयदेखि

    • प्रकाशित मितिः असार २३, २०८३
    • 617 पटक पढिएको
  • राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं /  राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । मंगलबार बैठक अपराह्न १२ः१५ वजे बस्ने भएको हो । बैठममा ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय जवाफ दिने कार्यसूची रहेको छ । राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय य

    • प्रकाशित मितिः असार २३, २०८३
    • 169 पटक पढिएको
  • सिद्धार्थ बैंकमा किर्ते कागजात र कर्जा अनियमितताको आरोप, छानबिनको माग

    काठमाडौं / सिद्धार्थ बैंकको मनिग्राम रुपन्देही शाखाले किर्ते कागजातको प्रयोग गरी सेवाग्राहीलाई झुटो कर्जामा फसाएको भन्दै पिडित सेवाग्राहीले छानबिनको माग गरेका छन् ।बैंकले कालोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको तथा राष्ट्र बैंकको कारबाहीबाट बच्न आफूहरुलाई प्रयोग गरिएको भन्दै पीडितहरुले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै छानबिन गर्न माग गरेका हुन् । पीडितमध्येका एक दिलिप ओलीले मनिग्राम रुपन्देही शाखाले आफूले माग नगरेको कर्जा स्वीकृत गराएको, किर्ते कागजात तयार गरी कालोसूचीमा रहेको कम्पनीका नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह गरेको तथा त्यसलाई ढाकछोप गर्न आफूलाई प्रयोग ग

    • प्रकाशित मितिः असार २३, २०८३
    • 240 पटक पढिएको
  • आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: मन्त्री यादव

    काठमाडौं / युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारी सिर्जना तथा श्रम क्षेत्रको सुधारका लागि सरकार युद्धस्तरमा काम गरिरहेको बताएका छन्।राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले सरकारले आगामी वि.सं. २०८३ देखि २०९२ सम्मको दशकलाई ‘रोजगार प्रवद्र्धन दशक’ का रूपमा घोषणा गरिसकेको र सोहीअनुसार राष्ट्रिय रोजगार नीति–२०८३ को मस्यौदा तयार भइरहेको जानकारी दिए। उनले मुलुकमा पहिलोपटक ‘हेरचाह अर्थतन्त्र’ सम्बन्धी नीति निर्माणको प्रक्रिया पनि सुरु गरिएको बताए।उनले भने, ‘आन्तरिक रोजगारीलाई प्रातमिकतामा राखेर सरकारले २०८३ देखिको दशकलाई ‘रोजगार प्रवद्र्धन दशक’

    • प्रकाशित मितिः असार २२, २०८३
    • 218 पटक पढिएको
  • अब रगत होइन, पसिना बगाउने समय आएको छ: अध्यक्ष राई

    काठमाडौं / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानका आधारभूत व्यवस्थामाथि हस्तक्षेप नगर्न आग्रह गर्दै अब मुलुकमा रगत होइन, पसिनाको क्रान्ति आवश्यक रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको १०० दिनको समीक्षा गर्दै साम्पाङले व्यवस्था परिवर्तनका लागि हजारौँ नेपालीले बलिदान दिएको स्मरण गराउँदै प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिए। उनले भने,‘देशमा रगत होइन, पसिना बगाउनुपर्छ । व्यवस्था परिवर्तनले मात्रै जीवनस्तर बदलिँदैन, काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ ।’ साम्पाङले रोजगारीको अभावका कारण ठूलो संख्यामा नेपाली युवा विदेशिन बाध्य भइरहेको उल्लेख

    • प्रकाशित मितिः असार २२, २०८३
    • 216 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.