काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हालेको १ सय दिनमा भए गरेका कामको सूची सार्वजनिक गरेका छन् ।मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा उनले नीतिगत तथा कानूनी प्रबन्ध, शान्ति सुरक्षा र अपराध नियन्त्रण, सीमा तथा अध्यागमन प्रशासन, विभागीय तथा मातहतका निकायमा निर्देशन र कार्य सम्पादन सहजीकरण, राजस्व चुहावट नियन्त्रण, सूचना प्रविधिको प्रयोग र विविध अन्तर्गत गरिएका कामको फेहरिस्त प्रस्तुत गरेका छन् ।
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान सुदूरपश्चिम, कर्णाली, कोशीलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ।दिउँसो कोशीलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।राति
काठमाण्डौ । नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस, लुम्बिनी र कर्णाली प
काठमाण्डौ । दैलेखमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर बिहान १० बजेर ३४ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।यो परकम्प नभएर भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले बाह्रखरीलाई जानकारी दिए।
काठमाण्डौ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ७४ औँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिको स्वागतार्थ पोखरामा आइतबार आयोजित रात्रि भोजमा उनले सो कुरा बताएका हुन् ।आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको जनाउँदै उनले सरकार नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धनमा लागेको बताए । ‘नयाँ गन्तव्यस्थल र पदमार्गको पहिचानसँगै पर्यटकीय सर्किट विकास गर्न सरकारले योजना बना
काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । राजधानीको न्युरोड क्षेत्रमा फुटपाथ बनाउन महानगरले भत्काएको सडक विभागले टाल्न थालेपछि बालेन ओलीविरुद्ध खनिएका हुन् ।मेयर बालेनले फेसबुकमा लेखेका छन्- ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू ।’शाहले झापाको गिरीबन्धु टी स्टेटको विषय उठाउँदै अगाडि लेख्छन्, ‘झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा
काठमाण्डौ । गृह मन्त्रालयले ८ जना उपसचिवको सरुवा गरेको छ। जेठ १६ गतेको निर्णयअनुसार गृह मन्त्रालयले उनीहरूको सरुवा तथा पदस्थापन गरेको हो।गृहमन्त्रालयमा रहेका सूर्यप्रसाद उपाध्यायलाई अध्यागमन विभागको निर्देशकको जिम्मेवारी दिइएको छ भने युवराज अर्याललाई धादिङको सहायक सिडिओ बनाईएको छ।त्यस्तै, कृष्णप्रसाद हुमागाईलाई नुवाकोटको सहायक सिडिओ, ललितकुमार बस्नेतलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, धर्मराज जोशीलँई कञ्चनपुरको सहायक सिडिओको जिम्मेवारी तोकिएको छ।त्यस्तै,भीमराज कोइरालालाई सुनसरीको सहायक सिडिओ, ओमप्रसाद भट्टराईलाई गृह मन्त्रालय र अशोक कुमार भण्डारीलाई डडेलधुराको सहायक स
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’ बाट हटाएको छ ।उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्द्र प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको हो ।लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन्। यता पन्तले भने न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् ।
काठमाण्डौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका छन् ।सिंहदरवारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले विद्यमान ऐन कानूनका कारण विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका हुन् । उनले मनसुन अगावै विपद् व्यवस्थापनसम्बन्धी जटिल नीति नियम सच्चाउन समेत निर्देशन दिए ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि कुनै कानून, कार्यविधिले व्यवधान भएको भए आफूलाई जानकारी दिन आग्रह गर्दै गृहमन्त्री लामिछाने कानूनी एवं प्रक्रियागत जटिलता सरकारले अन्त्य गर्ने प्रतिबद्धता
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.