काठमाण्डौ । डडेल्धुराको सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको नयाँ सालिक अनावरण गरिएको छ।सोमवार अमरगढी नगरपालिकाको आयोजनामा भएको एक औपचारिक कार्यक्रममा नगरपालिकाका मेयर डिल्लीराज जोशीले थापाको पूर्णकदको नयाँ सालिक अनावरण गरेका हुन्। थापाको पुरानो सालिक हटाएर सोही ठाउँमा नयाँ सालिक राखिएको हो।सालिक अनावरण गर्दै मेयर जोशीले किल्लामा यसअघि राखिएको सालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने गुनासो आएपछि नयाँ सालिक राखिएको बताए। ‘धेरैले बडाकाजी थापाको अनुहारसंग किल्लामा रहेको सालिकको अनुहार नमिल्ने गुनासो गरेका थिए,’ मेयर जोशीले भने, ‘झण्डै एक वर्षको
काठमाण्डौ । नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। बिहान कोशी, मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, मधेस, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।दिउँसो कोशी, मधेस, बागमती, र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहर
काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरका आज बिहान ११ बजे बैठक बस्नेछ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।आजको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि पनि छलफल हुनेछ। सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको छ।
काठमाण्डौ । आज पहिलो खेलमा नामिबिया र ओमानले खेल्ने छन् ।आइसीसी टी-२० विश्वकपमा आज दुई खेल हुँदैछ । बार्बाडोसस्थित केनसिंगटोन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ ।दुवै बीच अहिलेसम्म ६ टी-२० खेल भएका छन् । जसमा नाम्बियाले ६ खेल जितेको छ भने ओमानले २ खेलमा जित हासिल गरेको छ ।त्यस्तै, आज दोस्रो खेल श्रीलंका र दक्षिण अफ्रिकाबीच खेल हुँदै छ । न्युयोर्कस्थित नास्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।श्रीलंका र दक्षिण अफ्रीकाबीच अहिलेसम्म १७ टी-२० खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले अहिलेसम्म १२ खेल जितेको छ भने
काठमाण्डौ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई गम्भीर रूपमा लिँदै अग्राधिकार दिएको छ । सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको मिति तोकेको छ। आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अर्को सुनुवाइको पेशी पनि तोकेको हो । सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबिच छलफल हुनुपर्ने र यो विवाद तत्काल निष्कर्षमा पुग्नुपर्ने भन्दै जेठ २८ गतेका लागि पेशी तोकेको छ। सहकारी ठगीमा क्लिनचिट दिने गरी महान्यायाधिवक्ता कार
भद्रपुर । नेपाल सरकारद्वारा सञ्चालित विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडाइलासिस सेवा प्रदान गरिदै आइएको छ । सोही कोष अन्तर्गत झापाका छ वटा अस्पतालबाट मिर्गौला रोगीका बिरामीले निःशुल्क हेमोडाइलासिस सेवा पाउन थालेका छन् । झापाका बीएन्डसी टिचिङ अस्पताल, ओमसाई पाथिभरा हस्प्टिल, प्रादेशिक अस्पताल, लाइफलाइन अस्पताल, मनमोहन सामुदायिक अस्पताल र पूर्णटुंग बिर्तासिटी अस्पतालमा यो सेवा सुरु गरिएको हो ।बीएन्डसी टिचिङ अस्पतालले आइतबारदेखि पाँच वटा मेसिनमार्फत हेमोडाइलासिस सेवा सुरु गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताएका छन । उनका अनुसार अस्पतालमा ‘पेइङ डाइलासिस’ सेवा पह
काठमाण्डौ । चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन । चितवनको कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना–४ च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।उक्त जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका सबै भारतको महाराष्ट्र प्रान्तको मुम्बईको बेण्डाली थानाका रहेका प्रहरीले जानकारी दिएको छ ।घाइते हुनेमा ५२ वर्षीया सुस्मिता सुदेश खाडिया, ७४ वर्षीया रेखारामचन्द्र जादव, ६० वर्षीय सुदेशशङ्कर खाडिया, ६४ वर्षीय विजय मो
काठमाण्डौ। यस वर्षको मनसुनी प्रणाली भारतको सिक्किम आइपुगेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी-उत्तर भूभाग, बंगलादेश, भुटान हुँदै मनसुनी प्रणाली सिक्किम पुगेका हुन् ।औसत नेपालमा १३ जुनमा मनसुन भित्रिने गर्छन् । यसपटक निर्धारित समयमै मनसुन भित्रिने अनुमान गरिएको मौसमविद् गोविन्द झाले बताए । उनले भने, ‘अहिलेसम्मको स्थिति हेर्दा औसत समयमै मनसुन भित्रिने देखिन्छ । तर, यसबीचमा अन्य प्रणालीको असर कस्तो हुन्छ, त्यसमा भर पर्ने भएकाले अहिले नै भन्न सकिँदैन।’नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेर पश्चिमसम्म पुग्न कम्तीमा एक साता लाग्छ, गत वर्ष भने २३ दिन लागेको थियो । मनसुन देशभर फैल
काठमाण्डौ । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई
काठमाण्डौ । इलाममा झुण्डिएको अवस्थामा आमा-छोरा मृत फेला परेका छन ।इलाम नगरपालिका-२ सुम्बेक पराजुली गाँउमा ४३ वर्षीया फूलमाया तामाङ्ग र २० वर्षीय छोरा जीवन झुण्डिएको अवस्थामा घरमै मृत फेला परेका हुन।फूलमायाका श्रीमान फुर्देन तामाङ घरमा नभएको बेला उनिहरूले आत्महत्या गरेको बुझिएको हो ।शनिबार पनि आमा छोराबिच विवाद सामान्य भएको थियो । विवाद पछि आमा फूलमायाले गाउँलेलाई लिएर आउँछु भनेर बोलाउन निस्किएकी थिइन् । आमा निस्केको मौका पारेर छोरा झुन्डिएका थिए ।बुवा फुर्देन तामाङ घरमा नभएको बेला उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरिल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.