काठमाण्डौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ । गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ ।रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्ष
काठमाण्डौ । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुन: पार्किङमा फर्काइएको छ ।त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको ९एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो ।जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको स्रोतले जनाएको छ ।विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८:२५ मा उडिसक्नु पर्ने थियो ।
काठमाण्डौ । सशस्त्र प्रहरीले आइतबार बिहान करिव ७ बजे उदयपुरको बेलका नगरपालिका–८ सिसौलीघाटबाट सशस्त्रकरिव २ सय ८० किलो गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रामपुरले एरिया गस्ती गर्दै जाने क्रममा सिसौली घाटको जंगलमा ६ वटा बोरामा लुकाइ छिपाइ राखेको अवस्थामा सो परिमाणको गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरीले २ थान ट्युब र सानो ठेला गाडा १ थानसमेत बरामद गरेको छ ।सो गाँजा ट्युबसहित भएकाले कोशी नदी हुँदै तस्करी गर्न लागिएको आशंका गरिएको छ । बरामद गाँजा र अन्य सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सप्तरी । सप्तरीको कञ्चनपुर राजविराज हुलाकी सडक खण्डको महुली र सुन्दरी पुलको विचमा पर्ने सुब्बाटोल नजिक सडकमा ट्रयाक्टर दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।शनिवार बेलुका करिब ७ बजेको समयमा हुलाकी सडक भएर राजविराज तर्फबाट आँप लिए कञ्चनपुर आउँदै गरेको अवस्थामा स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटना हुदाँ घटना स्थलमै २ जनाको मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता डुण्डिराज न्यौपानेले जानकारी दिए। मृत्यु हुनेमा सिरहा लाहान १९ बस्ने ३२ को मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का २१ सुशिल राम रहेको न्यौपानेको भनाइ छ।घाइते मध्ये १४ जनाको विराटनगरको गोल्डेन सिटी
काठमाण्डौ । सुनसरीबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको १ करोड १ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।शनिबार राति ०८:३० बजेको समयमा सुनसरीको हरिनगर गाउँपालिका-५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ । रकमसँगै कार र चालक हरिनगर गाउँपालिका-५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई नियन्त्रणमा लिइएको छ । प्र
काठमाण्डौ । स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्
काठमाण्डौ । नेपालमा स्थानीय र पश्चिमी बायुको आंशिक प्रभावसँगै बङ्गलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरू र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेश
काठमाण्डौ । गृह मन्त्रालयका २५ सहसचिवको सरुवा भएको छ । सरुवामा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । गृहमन्त्री रबि लामिछानेको निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ ।गृहले सुनसरीमा रामचन्द्र तिवारी, बर्दियामा अरुण पोखरेल, मकवानपुरमा तिर्थराज चिलुवाल, पाँचथरमा विष्णुप्रसाद कोइराला, पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठ, धादिङमा राजेन्द्रदेव पाण्डेलाई सिडिओको जिम्मेवारी पाएका छन् ।चितवनमा इन्द्रदेव यादब, काभ्रेमा सुर्य प्रसाद सेढाई, इलाममा कल्पना श्रेष्ठ, सिन्धुपाल्चोकमा भुपेन्द्र थापा, भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायण प्रसाद सापकोटा, सर्लाहीमा गोपाल प्रसाद अधि
काठमाण्डौ। नेपाल प्रहरीका २० जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुको बुधबार सरुवाको निर्णय भएको हो ।गृहमन्त्री रवि लामिछानेले गरेको निर्णयअनुसार एसएसपीहरु बिश्व अधिकारी, ओम प्रसाद अधिकारी, तारादेबी थापा, दीप शम्शेर ज.ब.रा.लगायतको सरुवा भएको छ ।साथै आवश्यक कारवाही गर्न गराउनु हुन सम्बन्धित सबै कार्यालयलाई प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।
काठमाडौँ । नेपाल प्रहरीका तीनजना डीआईजीहरुको सरुवा र चार जनाको पदस्थापन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआईजीहरुको सरुवा तथा पदस्थापनको निर्णय गरेका हुन् ।कर्णाली प्रदेश प्रहरी कार्यालयमा अर्जुन चन्द ठकुरीलाई पठाइएको छ भने कर्णालीमा कार्यरत डीआईजी लालमणी आचार्य भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको छ ।यस्तै विशेष ब्यूरोमामा कार्यरत रामदत्त जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ । साथै हालै एसएसपीबाट डीआईजीमा बढुवा भएका चार जनालाई पनि पदस्थापन गरिएको छ । डा. मनोज केसीलाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ ।डीआईजी दान बहादुर कार्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.