समाचार

    Showing 16,291-16,300 of 26,710 items.
  • सिरक डसना बनाएर दैनिक एक हजार छ सयसम्म आम्दानी

    बेलबारी (मोरङ) । जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहेका छन् । वर्षौँदेखि जाडो याममा यसरी घरघरमा सिरक डसना बनाउने पेसा गर्दै आएका उनले सिजनमा दैनिक रु एक हजार छ सयसम्म आम्दानी हुने गरेको बताए ।भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्षदेखि नेपालका विभिन्न भेगमा गएर सिरक डसना बनाउने गरेको बताए । असी वर्षीय उनले भने, ‘नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यहाँको कमाइले भारतमा परिवार चलिरहेको छ ।’सुरुआती समयमा एउटा सिरक बनाएको रु पाँच थियो । अहिले बढेर रु आठ सय पुगेको लतिफले जानकारी दिए । उनले भने, ‘दैनिक

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 239 पटक पढिएको
  • सरकारले तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब

    काठमाडौँ ।चालु आर्थिक वर्ष २०८१र८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब नाँघेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र रू एक खर्ब दुई अर्ब सरकारी ऋण थपिएको छ ।‘चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा पुस मसान्तसम्ममा रू एक खर्ब दुई अर्ब तीन करोड थप वृद्धि भई कूल सार्वजनिक ऋणको दायित्व रू २५ खर्ब ३६ अर्ब १३ करोड पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ४६ प्रतिशत हुन आउँछ’, कार्यालयको प्रतिवेदनमा भनिएको छ ।कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको ह

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 265 पटक पढिएको
  • चेपाङ दम्पतीले पहिलो पटक पाए आफ्नै पक्की घर

    मकवानपुर ।  मकवानपुरको राक्सिराङमा एक वृद्ध चेपाङ दम्पतीले पहिलो पटक आफ्नै पक्की घर पाएका छन् । ९२ वर्षीय जयराम र ८० वर्षीया लक्ष्मी चेपाङले नयाँ घर पाएका हुन् ।नयाँ घर पाउँदा उनीहरुले खुसी व्यक्त गरेका छन् । ‘किम दोती आसतेआया ९घर पाउँदा खुसी लाग्यो०,’ जयरामले चेपाङ भाषामा भने । उनकी श्रीमती लक्ष्मीले पनि मर्ने बेलामा नयाँ घर पाएको भन्दै खुसी व्यक्त गरिन् ।मकवानपुरको राक्सिराङ गाउँपालिका–५ साचक टोलमा अभियन्ता रेखा लोप्चन तामाङको अगुवाइमा निर्माण गरिएको उक्त नवनिर्मित घर पूर्वसहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शनिबार चेपाङ दम्पतीलाई डो¥याउँदै घरभित्र प्रवेश गराइएकी छिन् ।३ लाख ७ हजार र

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 200 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रू आठ सय र चाँदी प्रतितोला रू ३० घटेको हो ।गत शुक्रबार प्रतितोला रू एक लाख ५७ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यस्तै, आज चाँदी प्रतितोला रू एक हजार आठ सय ६० मा कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला रू एक हजार आठ सय ९० मा खरिद बिक्री भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ ।

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 312 पटक पढिएको
  • सन्दीप लामिछानेले लेखे भावुक स्टाटस

    काठमाडौं ।  नेपाली किक्रेटर सन्दीप लामिछानेको फेसबुक पोष्टले यतिवेला आम खेलप्रेमीबीचमा कौतुहलता ल्याएको छ । मध्यराति आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट लेख्दै उनले सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।लामिछानेले गएराति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर लामिछानेले गएराति ११ बजे सामाजिक सञ्जालमा गरेको पोस्टले यतिबेला धेरैको ध्यान तानेको छ ।  लामिछानेले लेखेका छन्, ‘यी सबै कुराको लागि सबैजनालाई धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैँ मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । तपाईँहरुको यो म

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 314 पटक पढिएको
  • झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती

    बनियानी (झापा) । नवीनतम् प्रविधिबाट मकैखेती हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् ।खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि किसान उत्पासाहित भएका हुन् । झापा बाह्रदशी गाउँपालिका–६ किसान माता सोरेनले भनिन्, ‘मकै रोप्ने बेलामा उम्रिन्छ जस्तो लाग्दैन थियो, अहिले उम्रिएको बिरुवा हेर्दा खेती राम्रै हुन्छ जस्तो छ ।’मकैखेतीका लागि एक बिघामा खनजोतमा मात्र रु १० हजारदेखि १२ हजार खर्च हुने उनले बताइन्ए । ‘पहिलोपटक यसरी खेती गरिरहेको छु’, मकै उम्रिएपछि उत्साहित हुँदै उनले भनिन्, ‘पहिलोपटक भएकाले के कसरी गर्ने भन्ने अनुभव छैन, उत्पादन राम्रो भयो भने अर्को वर्षदेखि यसरी नै खेती गर

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 206 पटक पढिएको
  • चराको बासस्थान लोप हुँदै

    जानकी (बाँके) । राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुआत गरिएको छ । मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना सुरु गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।‘प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीबाटै जलचराको गणना सुरु गरेका छौँ’, उनले भने, ‘यो नदीमा प्रायः यहाँका रैथानेसँगै आगन्तुक चरा आश्रित हुन्छन् ।’ निकुञ्ज प्रमुख कँडेलका अुनसार यस वर्ष चरा गणनाका क्रममा पहिलो दिनमै विभिन्न प्रजातिका चरा क्यामेरामा कैद भएका छन् ।चरा गणनाका लागि राप्तीमा पुगेका चराविद् राम शाहीले पछिल्लो समयमा चराको बासस्थान लोप

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 339 पटक पढिएको
  • पर्वतका दुईवटा सामुदायिक क्याम्पसबीच मर्ज

    पर्वत । सदरमुकाम कुश्माबजारमा सञ्चालित दुईवटा क्याम्पस एकआपसमा गाभिएका छन्  । आर्थिक मन्दी, सरकारको असहयोग र  विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको  छ । गुप्तेश्वर क्याम्पस २०४८ सालदेखि र शिवालय बहुमुखी क्याम्पस २०६७ सालदेखि सञ्चालित हुँदै आएका थिए ।   क्याम्पस एकीकरणका लागि शिवालय बहुमुखी क्याम्पसका पूर्व व्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा बनेको समितिले शनिबार अन्तिम टुङ्गो लगाएको हो । नयाँ नामकरण भएको कुश्मा बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालय

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 409 पटक पढिएको
  • सात वर्षमा चौथोपटक म्याद थप गर्दा पनि चार किमी सडक कालोपत्र भएन

    गलकोट (बागलुङ) । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो । गाउँपालिकामा पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि अझै अधुरै छ । सम्झौताको छ वर्ष बित्दा पनि सडक कालोपत्र नभएपछि स्थानीयलाई यात्रा गर्न सास्ती छ । उक्त सडक बरेङं–शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् ।विसं २०७६ मा तीन वर्षमा सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता भएको सडक चौथो पटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो । अहिले  सडकमा बनाइएको पूर्वाधार बिग्रन थालेको छभने सडकमा बिछ्याइएको ग्राभेल बर्खाको

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 242 पटक पढिएको
  • यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।आइतबार गोलभेडा ठूलो भारतीय न्यूनतम मूल्य प्रतिकेजी ६०,गोलभेडा सानो लोकल २०,तरुलको न्यूनतम मूल्य प्रतिकेजी ९०, रातो आलुको प्रतिकेजी ४० रुपैयाँ रहेको छ ।प्याज सुकेको भारतीय ३८ रुपैयाँ, मटरकोशा ५० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, सेतो मूला हाइब्रिड २० रुपैयाँ,सेतो मूला लोकल १५ प्रति केजी रहेको छ ।स्थानीय काउली १५ रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, भन्टा लाम्चो ३५,लौका ६० रुपैयाँ, तितो करेला १२०,परवल तराई ९०,भिण्डी १४०,बरेला ४०,पिंडालू ८०, च्याउ कन्य ६० च्याउ डल्ले २५०,ब्रोकाउली २५,रातो बन्दा ५० रुपैयाँ

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 291 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.