समाचार

    Showing 16,321-16,330 of 26,710 items.
  • अनलाइनबाट नागरिकता सिफारिस

    म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ । प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको बताए ।‘गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण भरेर कोड (सङ्केत) नम्बरसहित प्रशासनमा पठाउँछन्’, उनले भने, ‘

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 257 पटक पढिएको
  • दुई सय बढी बालबालिका विद्यालय जान छाडे

    जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् ।मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका छन् । मुसहरी (मुसहर बस्ने) टोलभन्दा केवल तीन सय मिटर दूरीमा रहेको श्री माध्यमिक विद्यालय मझौरामा बाल कक्षादेखि विभिन्न कक्षामा पढ्दै आएका मुसहरका बालबालिकाले मङ्सिर र पुस महिना एक दिन पनि विद्यालय टेकेनन् । स्थानीय मुसहर अगुवा अघनु सदाका अनुसार गरिब र विपन्न यस बस्तीका बालबालिका जाडोकै कारण दुई महिनादेखि विद्यालय नगएका हुन् ।

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 312 पटक पढिएको
  • मधेश सरकारले आज बलिदानी दिवस मनाउँदै

    जनकपुर । मधेश प्रदेश सरकारले आज माघ ५ गते सातौँ बलिदानी दिवस मनाउँदैछ । अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गरेर सो दिवस मनाइने गरेको मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ । बलिदानी दिवस जनकपुरधामको महेन्द्र नारायण नीधि सांस्कृतिक प्रतिष्ठानमा मनाउनुका साथै जानकी मन्दिरमा सहिदहरुको सम्झनामा जानकी मन्दिरमा १ लाख दिप प्रज्वलन गर्ने गृह मन्त्रालयल मधेश प्रदेशले जनाएको छ ।बलिदानी दिवसलाई थप व्यवस्थित र भव्य बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश सांसदहरुले सहिद परिवारलाई थप

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 327 पटक पढिएको
  • घरजग्गा कारोबारः गत पुसमा चार अर्ब २५ करोड राजश्व सङ्कलन

    काठमाडौँ । घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको छ ।गत मङ्सिर महिनामा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएकामा पुस मसान्तसम्म रु चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजश्व प्राप्त भएको छ ।विभागका अनुसार सो महिनामा सेवा करबाट रु ३० करोड ४३ लाख ४४ हजार छ सय ६५ सङ्कलन भएको छ । यस्तै, रजिष्टे«शन दस्तुरबाट रु दुई अर्ब ६८ करोड ७८ लाख २६ हजार एक सय ४५, पूँजीगत लाभकरबाट रु एक अर्ब ६० करोड ८३ लाख २८ हजार एक स

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 292 पटक पढिएको
  • दुई कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति

    काठमाडौँ । लामो समयदेखि रोकिदै आएको साधारण शेयर निष्काशनका लागि अनुमति दिने प्रक्रिया शुरु भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण शेयर बिक्रीका लागि पछिल्लो पटक अनुमति दिएको छ । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फार्मासिटिकल्सलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई रु २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार  कित्ता साधारण शेयर बिक्री लागि यही माघ ३ गते अनुमति दिएको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । यस्तै, बोर्डले ओम मेगाश्रीलाई

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 362 पटक पढिएको
  • विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको मूल्यमा वृद्धि

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । लगातार वृद्धि भएर अमेरिकी डलरले मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ । युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर ,हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउमा वृद्धि भएको छ । यस्तै, अष्ट्रेलियन डलरको मूल्य भने ओरालो लाग्दा अन्य केही विदेशी मुद्राको भाउ भ

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 288 पटक पढिएको
  • पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रवद्र्धन

    गलकोट (बागलुङ) । अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो । पुरानो बजारमा अहिलेपनि एक सय वर्षभन्दा पहिले बनाइएका कलात्मक घर अहिले पनि उस्तै छन् । यहाँको नारायण चोक संस्कृतिक विविधताले धनी छ । अहिले त्यही नारायणचोक क्षेत्रलाई मौलिक शहरको रुपमा विकास गरी पर्यटक चिनाउने अभियान थालिएको छ ।बागलुङ नगरपालिका–३ स्थित नारायणचोक आसपासका घर परम्परागत शैलीमा निर्माण भएका छन् । पर्यटकीय शहरका हिसाबले अझै महत्वपूर्ण मानिएको पुरानो शहरलाई स्थानीय र वडा कार्यालय मिलेर पर्यटन भित्र्याउनेगरी मौलिक शहरको रुपमा विकास गर्न थालिएको छ । नारायणचोकसँगै देउराली चोक, किराना टोल, नौबीसे टोल र कम्पुटोल बागलु

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 228 पटक पढिएको
  • वि.सं. २०८१ माघ ५ गते शनिबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सकारात्मक सोचले अगाडि बढ्नुहोस् कार्यमा सफलता मिल्नेछ। आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर पाउनुहुनेछ। कसैसँग व्यर्थको वादविवाद हुन सक्ला सावधान रहनुहोला। आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)कार्यक्षेत्रमा कार्यभार बढ्नेछ। स्वास्थ्यलाई लिएर चिन्तित रहनुहुन्छ,औषधि आदिमा धन खर्च हुनेछ। प्रेम सम्बन्ध वा जीवनसाथीसँग कुनै कुरालाई लिएर मनमुटाव रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आत्मविश्वासमा वृद्धि हुनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आकस्मिक धनलाभका योग छन्। विशिष्

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 409 पटक पढिएको
  • समुदायको सक्रियतामा हाब्रे संरक्षणको पहल

    पाँचथर । लोपोन्मुख वन्यजन्तु रातो हाब्रे (रेड पान्डा) संरक्षणका लागि समुदायको सक्रियतामा बढाउन पहल भइरहेको छ ।दातृ संस्था रातोहाब्रे नेटवर्कको पाँचथर र इलाममा हाब्रे संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको दीपज्योति युवा क्लबले समुदायको सक्रियतामा हाब्रे संरक्षण अभियान चलाइरहेको छ । कार्यक्रममा सामुदायिक वन उपभोक्ता समिति, वन अभिभावक, चौँरीपालक तथा गोठाला, विद्यार्थीलगायतलाई हाब्रे संरक्षणमा सक्रिय बनाइएको छ । संरक्षणसँगै सचेतना, अनुसन्धान, जीविकोपार्जन, पर्यटन प्रवर्द्धन र क्षमता विकासका काम विगत १३ वर्षदेखि सञ्चालन भइरहेको छ । दीपज्योति युवा क्लबले रेड पान्डा नेटवर्कको सहयोगमा पाँचथरका फिदिम

    • प्रकाशित मितिः माघ ४, २०८१
    • 357 पटक पढिएको
  • शीघ्र संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलको माग

    काठमाडौँ । संसद्मा प्रतिपक्षमा रहेका दलहरूले सङ्घीय संसद्को नियमित हिउँदे अधिवेशन तत्काल आह्वानको  माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजावादी), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी (आजपा) र नेपाल समाजवादी पार्टी (नेसपा)को आज यहाँ भएको संयुक्त बैठकले  शीघ्र अधिवेशन आह्वान गर्न माग गरेको हो । सङ्घीय संसद्को नियमित अधिवेशन बोलाएर कानुन निर्माण नगरी, संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयक फिर्तासमेत नलिई अध्यादेश जारी गरेकामा बैठकले विमति जनाएको छ । बैठकले

    • प्रकाशित मितिः माघ ४, २०८१
    • 317 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.