समाचार

    Showing 16,361-16,370 of 26,710 items.
  • कन्कार्ई पुलः पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम

    भद्रपुर (झापा) । हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेको छ ।  हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभि

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 352 पटक पढिएको
  • कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै

    काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दैछ ।बिहीबार बिहान ८ः०० बजे देउवा निवास बुढानिलकण्ठमा सभापति शेरबहादुर देउवाको आब्हानमा संसदीय दलको कार्यसमिति र पार्टीबाट केपी ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको संयुक्त बैठक बस्न लागेको हो ।ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ जना मन्त्री÷राज्य मन्त्रीको उपस्थिति रहनेछ भने दलका कार्यसमितिमा रहेका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ सहभागी हुने सो बैठकमा दलबाट सरकारमा प्रतिनिधित्व गरेका पार्टीका मन

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 291 पटक पढिएको
  • आज चारवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपनि बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।यस्तै, बिहान ११ बजे नै बस्न लागेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा विश्व जलवायु सम्मेलन

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 270 पटक पढिएको
  • पुसमै पाक्यो ‘चैते काफल’

    तुलसीपुर । चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ । हुन त धेरैतिरबाट यस्ता खबरहरू आउने भएकाले आजभोलि कतिपयका लागि यो आश्चर्यको विषय होइन तर दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा भने धेरै जना आश्चर्यचकित छन्, किनकि यहाँ पुषमै काफल पाक्न थालेको छ । विगत वर्षदेखि यस क्षेत्रमा कुनै वर्ष कि चैतभन्दा पछि, कि त त्यसअघि नै काफल पाक्न थालेपछि धेरैलाई अचम्म लाग्न थालेको हो । ‘गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ । यस्तो कहिल्यै ह

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 316 पटक पढिएको
  • अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित

    दमौली (तनहुँ) । तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ । स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ६८ एचआइभी सङ्क्रमित हुँदा कास्कीमा सात सय र स्याङ्जामा चार सय ८१ सङ्क्रमित छन् । तेस्रोमा तनहुँमा सङ्क्रमित सङ्ख्या छ । यहाँ भएका सङ्क्रमितमध्ये दुई सय ६२ जनाले दमौली अस्पतालबाट एआरटी औषधि सेवन गर्दै आएको स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । अन्य जिल्ला घर भएका ३२ जनाले पनि दमौली अस्पतालबाट एआरटी औषधि सेवन गरिरहेको उनले बताए ।सामाजिक लाञ्छना र

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 271 पटक पढिएको
  • आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 207 पटक पढिएको
  • ‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’

    ढोरपाटन (बागलुङ) । बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको सङ्ख्या ठूलो छ । सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् । वरपरका रूखबिरुवा बढेर गाउँ नै छेकिन थालेको छ । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक मात्रै बाँकी छन् । दशक अगाडिसम्म रमाइला गाउँबस्ती अचेल रित्तिएर उराठलाग्दा छन् । झाडी पलाएर बाटो ढाकिएका छन् । घरसम्म झाडी पलाएपछि अहिले गाउँमा वन्यजन्तुको आतङ्क बढ्दै गएको छ । घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थालेपछि स्थानीय त्रसित छन् । जिल्लाको गलकोट, जैमिनी, का

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 256 पटक पढिएको
  • कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन

    म्याग्दी (बेनी) । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालन गरिएको छ । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा आउने आन्तरिक पर्यटकहरूलाई लक्षित गरेर बुधबारदेखि बेनीको जलेश्वरदेखि खुलामञ्च नजिकको दोभानसम्म छोटो दूरीको ¥याफ्टिङ सञ्चालन गरिएको हो । नेपाल रिभर एक्सपोलर प्रालिसँगको सहकार्यमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालन गरिएको कालीपुलमा रहेको गण्डकी होटलका सञ्चालक गम पुनले बताए । पुनले हरेक हिउँदयाममा कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन गर्दै आएका छन् । ‘महोत्सवमा आउने दर्शक र पर्यटकहरूलाई थप मनोरञ्जनका लागि जलयात्रा सुरु गरिएको छ, छोटो दूरीमा

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 259 पटक पढिएको
  • निर्माण उद्योगका समस्या समाधानका लागि गम्भीर बन्न महासङ्घको आग्रह

    काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले सरकारलाई निर्माण उद्योगका विद्यमान समस्याका समाधानका लागि गम्भीर बन्न आग्रह गरेको छ । महासङ्घ सचिवालयमा बुधबार पत्रकार सम्मेलन गर्दै महासङ्घ अध्यक्ष रवि सिंहले गत पुस २७ गते राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट पारित १४ बुँदे माग सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन् ।आफ्ना माग पूरा गराउन महासङ्घले माघ ३ देखि सातसम्म प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका अध्यक्षहरू, सम्बन्धित सङ्घीय सरकारी निकायमा ज्ञापनपत्र बुझाउने समेत उनले जानकारी दिए । सोही अवधिमा प्रदेश महासङ्घले सम्बन्धित मुख्यमन्त्री र जिल्ला सङ्घले माघ १५ गतेसम्

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 422 पटक पढिएको
  • वि.सं. २०८१ माघ ३ गते बिहीबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ कार्यको अवसर मिल्दा पनि सोचे अनुरूप लाभ नमिल्ला। रोकिएको कार्य दोहोर्याउनु पर्ला। आफ्नो मेहनतको फल अरुले लिन सक्छन्। व्यापार व्यवसायमा विशिष्ट व्यक्तिहरूको सहयोग लिएर निर्णय लिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आध्यात्मिक चिन्तनतिर झुकाव रहनेछ। सामाजिक र सांस्कृतिक कार्यक्रममा भाग लिन सक्नुहुनेछ। अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ। कार्यक्षेत्रमा नयाँ सफलता हात लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)सरकारी क्षेत्रमा पदेन्नतिका योग छन्। व्यावहा

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 304 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.