भक्तपुर । तीन सय ५० वर्षअघि अर्थात् नेपाल संवत् ७८७ भन्दा अघिदेखि प्रत्येक वर्ष माघ १ गते मनाउँदै आएको महादान ‘सम्यक दान पर्व’ मा यस वर्ष दुई हजार भिक्षुलाई महादन गरिने भएको छ ।शनिबार सम्यक महादान व्यवस्थापन सहयोग समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गणेश बज्राचार्यले भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार (ययुबही) परिसर भुइख्यमा गरिने बौद्ध परम्पराअनुसारको सम्यक महादान पर्वमा भिक्षुलाई महादन गर्ने तयारी रहेको जानकारी दिए । पाँच दीपकङ्र बुद्धका मूर्तिहरूलाई स्थानीय थथुवहिमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्यका सम्पूर्ण भिक्षुहरूलाई प्रसाद, चामललगायत विभ
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङमा लडेर घाइते भएका इटालियन नागरिक ५६ वर्षीय सर्जियो फेटोजाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लडेर गम्भीर घाइते भएका उनलाई आज प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित युनाइटेड मेवाहाइड्रोपावरमा कार्यरत फेटोजा बिहीबार लडेर घाइते भएका थिए । उनलाई सोही दिन उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । फेटोजाको बायाँ हात भाँचिएको छ भने पेटमा समेत चोट लागेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं । आज पुस २७ पृथ्वीजयन्ती । वास्तवमा पृथ्वीनारायण शाहको तस्विर कस्तो थियो भन्नेमा धेरैलाई अन्योलता छ । तर सामान्यत उनको चित्रका सन्दर्भमा एउटै तस्विर दिमागमा फनफनी घुम्छ–श्रीपेच पहिरिएको र ‘चोर औंला’उठाएको । उनका सालिक हुन् वा तस्विरमा औंला ठड्याइरहेको चित्र कसरी बन्यो ? ठडिएको औंलाको अर्थ के हो ? चित्र केबल चित्रमात्र होइन इतिहास पनि हो । कपाल, आँखा, अनुहार, आभूषण, बसेको वा उभिएको तस्विरले इतिहास झल्काउँछ । हुलाक टिकटका लागि पृथ्वीनारायणको चित्र कोर्ने केके कर्माचार्यलेसिंहदरबार अगाडिको शालिक बनाउनु भन्दा पहिला हुलाक टिकटका लागि चित्र उतारेको दावी गरेका छन् । शाल
झापा : झापामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा शुक्रबार राति भारतीय नागरिकको मृत्यु भएको छ ।दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको डब्लूबी ७४ एजी १२२५ नम्बरको कारले शुक्रबार राति ९ः३० बजेतिर मेचीनगर नगरपालिका–१५ मा ठक्कर दिँदा भारतको पश्चिम बंगालका २५ वर्षीय अप्पु राय र २० वर्षीय केशव मादक घाइते भएका थिए । घाइतेलाई उपचारका लागि धुलाबारीको आम्दा अस्पताल लगिएको थियो ।अस्पताल पुर्याउनसाथ अप्पुलाई चिकित्सकले मृत घोषित गरेका हुन् । केशवलाई थप उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएको छ ।प्रहरीका अनुसार मृतक र घाइते दुवै जना भगवती प्लाई फ्याक्ट्रीमा कार्यरत मजदुर हुन् । प्रहरीले कार र चालक भ
बलेवा (बागलुङ) । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र सहकारीपीडितहरुबीच मेलमिलाप भएको छ । पीडितमध्ये पाँच सय ४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गरेका हुन् । उनीहरुले नेपालीको घरायसी जायजेथाबाट पाउनुपर्ने रकम पाएको भन्दै मेलमिलाप गरेका हुन् । उनीहरुको मेलमिलापका लागि जिल्ला अदालत बागलुङले आदेश दिएको थियो ।ठगी मुद्दामा नेपालीलाई विपक्षी बनाएका जाहेरवालामध्ये पाँच सय ४७ जना बचतकर्ताले यो मेलमिलापपछि मुद्दा फिर्ता लिनेछन् । उनीहरुको ठगिएको रकम रु २३ करोड ७५ लाख ४२ हजार तीन सय ४० बराबरको रकम घरसारमा मिलेर पाएको भन्दै मेलमिलाप गरे
मनाङ । मनाङको पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प) र थोराङ्ला भञ्ज्याङसम्म राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएसँगै सौर्य ऊर्जाको बाध्यता हटेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारमा चार हजार दुई सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखेर विद्युत् आपूर्ति दिन थालेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि धेरै सहज भएको बताए । उनले भने, ‘राष्ट्रिय लाइन पुगेपछि बेस क्याम्पबाट तिलिचो ताल ज
हेटौंडा । मकवानपुर गढीको अलग्गै इतिहास छ । यहाँको दरबारलाई राजा पृथ्वीनारायण शाहको ‘ससुराली घर’का रुपमा इतिहासकारहरुले व्याख्या गरेका छन् ।हेमकर्ण सेनको समयमा गोरखाका राजा पृथ्वीनारायण शाहसँग मकवानपुरको सम्बन्ध गासिएको र हेमकर्णले आफ्नी छोरी पृथ्वीनारायण शाहलाई दिएको इतिहासमा उल्लेख छ । नेपाल एकीकरणका बेला मकवानपुर गढीमा युद्ध जित्न गाह्रो हुने भएपछि नै पृथ्वीनारायण शाहले चलाखीपूर्वक ज्वाइँको सम्बन्ध गाँसेका थिए । उनले बिवाहमार्फत नै मकवानपुरको सुरक्षा व्यवस्थाका रहस्यहरु बुझेको बताइन्छ । ऐतिहासिक, पुरातात्वक र सामरिक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी यतिबेला पर्यटकहरुको रोजाइमा छ
तिलाठी (सप्तरी) । चालु आर्थिक वर्षको पाँचौँ महिना बित्न लाग्दा पनि विश्वविद्यालय सभाबाट बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित भएको छ । आर्थिक अभावमा पठनपाठनदेखि निर्माणाधीन भवनको कामसम्म प्रभावित भएको हो । मधेस कृषि विश्वविद्यालय राजविराजका रजिष्ट्रार डा भगवान ठाकुरका अनुसार आर्थिक कारोबार सुरू नभएकाले भाडाको कोठामा सञ्चालन रहेको विश्वविद्यालयको कक्षासमेत प्रभावित भएको छ । आर्थिक अभावमा नयाँ शैक्षिकसत्रको लागि भर्नाको प्रवेश परीक्षासमेत सञ्चालन गर्न नसकिरहेको उनले बताए । ‘शिक्षा मन्त्रालयको पत्र नआएर भर्ना खोल्न ढिलो भएको हो तर भदौ १९ गते भर्ना खोलेको थियौँ, देशैभरबा
त्रिवेणी (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको थियो । पुल पूर्णरूपमा भाँचिएर क्षति पुगेपछि यातायात अवरूद्ध हुँदा रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा ल्याइएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलले बताए । रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी गन्तव्यतर्फ पठाउने काम सुरू गरिएको उनले बताए । पुल तत्काल मर्मत असम्भ
इनरुवा :सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा- ४ घर भएका ६ वर्षिय बालिका सिरिजा उराँव पानीमा डुबेर निधन भएकि छिन। ६ वर्षकी बालिका मनिषा उराँव हिजो दिउँसो पानीमा डुबेर मृतक अवस्थामा उनको आमा फेला परेकी छिन। करिब १ बजे दिउँसो तिर आमा बाबा पानी पटाउन खेतमा गएका छोरी पनि आमा बाबा सँगै गएका थिए। बाबाको अनुसार छोरी २ बजे नै पानी डुबेको ३ बजे खोज तलास गर्दा नहरको कुलोमा मृत अवस्था फेला परेको जानकारी दिए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.