समाचार

    Showing 16,451-16,460 of 26,710 items.
  • पचास शय्याको अस्पताल भवनः थपिएको म्यादसमेत सकियो, निर्माण सकिएन

    खोटाङ । तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ । श्याम सुन्दर÷रामसागर÷नेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो । सम्झौता गरेको ३० महिनाभित्र जिल्ला अस्पताल भवन निर्माण गरिसक्नेगरी २०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि गत मङ्सिर २९ गते सकिएको छ । पन्ध्र शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने सरकारक

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 315 पटक पढिएको
  • विपिन आउने आशामा बिते पन्ध्र महिना

    दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ ।छोरासँग सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोराबारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा ओभाएका छैनन् । पढाइसँगै कमाइ गर्न इजरायल पुगेका विपिनसँग सम्पर्क टुटेदेखि बुबा महानन्द, आमा पद्मा र बहिनी पुष्पा विरक्त छन् ।मोबाइलमा समाचार हेर्दै विपिनको सुखद् खबरको आशामा दिन बित्न थालेका छन् । छोराको अवस्थाबारे बेखबर विपिनका बुबाआमाले भीमदत्त नगरपालिका–३ स्थित आफ्नै निवासमा विपिनको सकुशल रिहाइको कामना गरिरहेका छन् । जोशी परि

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 371 पटक पढिएको
  • लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।लघुवित्त वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०७३ बमोजिम ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्नु पर्नेछ ।ग्राहक पहिचान तथा सम्पुष्टिस

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 342 पटक पढिएको
  • सुन्दरहरैँचामा सडक छेउमा फेला पारिएको सिलिन्डर बम डिस्पोज

    सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिकास्थित मालती पुल नजिक राखिएको सिलिन्डर बम नेपाली सेनाद्वारा डिस्पोज (निष्क्रिय) गरिएको छ ।  पूर्वपश्चिम लोकमार्गको सडक किनारमा बम राखिएको सूचना पाएपछि नेपाली सेनाले आज बिहानदेखि बमको खोजी गरी साँझ डिस्पोज गरेको हो । पुल नजिकै माटोमुनि बम रहेको जानकारी प्राप्त भएलगत्तै खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले बताए । उनले खोजतलास गर्दा पुल नजिक सुरूङ खनेर राखिएको अवस्थामा सिलिन्डर बम फेलापरेको उल्लेख गरे ।प्रहरीका अनुसार चारवटामध्ये दुईवटा

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 224 पटक पढिएको
  • गाउँको विद्यालयः जहाँ शहरका विद्यार्थी पढ्छन्

    ढोरपाटन (बागलुङ) । बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ । स्थानीय सरकारले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा गाउँ रित्तिने अवस्थामा पुगेका हुन् । गाउँमा जनसङ्ख्या खट्दै गएपछि विद्यालयमा विद्यार्थीसमेत घट्दै गएका छन् तर जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यामिक विद्यालयमा भने त्यसको कुनै असर परेको छैन । बरु बजारबाट विद्यार्थी गाउँको विद्यालयमा पढ्न आउँछन् । पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार नजिक पर्ने गणेश माविमा विद्यार्थीको चाप बढ्दो छ । ब

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 403 पटक पढिएको
  • चिकित्सक अभावले उपचार प्रभावित

    गलकोट (बागलुङ) । जिल्लाको धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ । तीन वर्षदेखि सक्रिय मनोरोग विभाग चार महिनायता ठप्पजस्तै बनेको अस्पतालले जनाएको छ । पछिल्लो समय मनोरोगका बिरामी बढ्दो क्रममा रहेका भन्दै मनोरोगको समयमा उपचार नहुँदा आत्महत्याको दर बढ्दै जाने चिकित्सक बताउँछन् ।  केबी रानामगर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रहँदा मनोरोग विभाग स्थापना गरी उपचार तथा मनोपरामर्श सेवा सञ्चालन गरिएको थियो । मनोरोगको उपचार थालेपछि पोखरा र काडमाडौँ जानुपर्ने झन्झट अन्त्य भएको थियो ।पछिल्लो १२ महिनादेखि विभाग सञ्चालन गरिरहनुभएका मनोच

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 418 पटक पढिएको
  • चेक वितरण भएको कुरा प्रमाणित भए राजनीति छाड्छुः मन्त्री खड्का

    काठमाडौं । उर्जा तथा जलस्रोत मन्त्री दिपक खड्काले वर्तमान सरकारले राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि दिने उद्देश्यका साथ ठूला कार्ययोजनाहरु प्रस्तुत गरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘उर्जा विकास मार्गचित्र–२०८१’ विमोचन कार्यक्रममा उनले नीतिगत सुधार, अर्थतन्त्रलाई चलाएमान बनाउने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए । उनले भने, ‘यो बलियो सरकारले मुलुकमा प्रगतीशिल कामहरु गर्न सक्नुपर्छ । राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि पनि दिनुपर्छ भन्ने उद्देश्यका साथ ठूला ठूला कार्ययोजनाहरु हामीले प्रस्तुत गर्दैछौ । अरु मन्त्रालयहरुले पनि न

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 335 पटक पढिएको
  • माटोका भाँडा बनाउने व्यवसायी समस्यामा

    कैलाली । पछिल्लो समय जिल्लामा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव हुन थालेपछि व्यवसायी समस्यामा परेका छन् । युवा शिक्षा तथा वैदेशिक रोजगारीका लागि बाहिर जानु, पुस्तान्तरण नहुनु, भाँडा बनाउने माटो सहजै नपाउनुलगायत कारणले कालिगड पेसा सङ्कटमा परेसँगै व्यवसायी समस्यामा परेका हुन् ।दक्ष कालिगडको कमी, भाँडा बनाउन आवश्यक पर्ने माटो सहजै पाउन छोडेपछि पूर्वी नेपालको बिर्तामोड र भारतबाट माटोका विभिन्न तयारी भाँडा ल्याएर बिक्री गरिरहेको भाँडा व्यवसायी गणेश शाहले बताए । ‘पहिले धनगढीमा माटोका भाँडा बनाउने कालिगड जहातही हुन्थ्ये, माटो पनि आवश्यकताअनुसार सहजै उपलब्ध हुन्थ्यो । स्थानीयस्तरमा बनाइएको भाँड

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 367 पटक पढिएको
  • रास्वपा सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

    गण्डकी । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।  न्यायाधीश नितिज राईको इजलासले उहाँलाई रू ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । सोही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीलाई रू ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको उनले बताए ।

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 282 पटक पढिएको
  • नेप्से परिसूचक १८ अङ्कले घट्यो

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १८ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय ३५ दशमलव शून्य नौको विन्दुमा कायम भएको छ ।आज तीन सय आठ कम्पनीको एक करोड ५७ लाख २३ हजार तीन सय ७९ कित्ता शेयर ७३ हजार तीन सय नौ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ३० करोड ५३ लाख ४२ हजार पाँच सय ८१ दशमलव ७६ पैसाको कारोबार भएको छ । आज ५५ कम्पनीको शेयर मूल्य बढेको, एक सय ८० कम्पनीको शेयर मूल्य घटेको र सात स्थिर रहेका छन् ।

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 325 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.