समाचार

    Showing 16,461-16,470 of 26,710 items.
  • सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सकियो

    गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीमा सरकारी वकिलको जवाफी बयान सकिएको छ । जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले थुनछेक बहस सकिएकाले आज साँझसम्ममा इजलासबाट थुनछेकको आदेश हुनसक्ने जानकारी दिए ।जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस सुरु भएको थियो । उक्त मुद्दाका आरोपी एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए ।आज सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधीवक्ता काफ्लेलगायतले जवाफी बहस गरेको जिल्ला अदाल

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 210 पटक पढिएको
  • सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ

    तनहुँ । जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् ।वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेलाई कुटपिट गरेपछि सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष प्रकाश श्रेष्ठ, इश्वरकुमार श्रेष्ठ, नितेश श्रेष्ठ, नेपोलने श्रेष्ठ र विकल श्रेष्ठ रहेका छन् । विसं २०७६ मा रु २८ लाख ऋण लिएपछि सावा,

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 293 पटक पढिएको
  • वैशाख १२ मा भूठान

    काठमाडौं । कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’ २०८२ सालको वैशाख १२ प्रदर्शन हुने भएको छ । अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो फिल्मको मुख्य भूमिकामा हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो, जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् । सन् २०१९ मा पहिलो फिल्म ‘बुलबुल’ निर्देशन गरेर ९२ औं अस्कर अवार्डमा नेपालको तर्फवाट

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 298 पटक पढिएको
  • निकुञ्जमा घाँसेमैदान व्यवस्थापन सुरु

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापन सुरु भएको छ । चलु आर्थिक वर्षमा दुई सय ५० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गर्ने योजना अनुसार अहिले काम सुरु भएको हो ।निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले रु ३७ लाख ५० हजार खर्चमा घाँसेमैदान व्यवस्थापन सुरु गरिएको बताउँदै कसरा, लामिताल, सुखिभार, भिम्ले, डुमरिया, बुढी राप्तीलगायत क्षेत्रमा विस्तारै काम गरिने जानकारी दिए । उनले भने ‘वन्यजन्तुलाई चरन क्षेत्र व्यवस्थापनका लागि हरेक वर्ष घाँसेमैदान व्यवस्थापन हुँदै आएको छ ।’घाँसेमैदान व्यवस्थापनका लागि घाँस काट्ने उपकरणसँगै मजदुर लगाएर मैदान व्यवस्थापन थालिएको निकुञ्जका सूचना अधिका

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 241 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।  बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्का अनुसार एक तोला सुन आज रु एक लाख ५३ हजार ३०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ४० कायम भएको छ । 

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 332 पटक पढिएको
  • मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने

    चितवन । मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवरी सञ्चालन नरोकिने भएको छ ।  गतहप्ता दिउँसोमा सवारी साधन रोकेर  स्तारोन्नतीका काम गरिएका थियो ।  नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का ई बिजय दराइकाअनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम गरिएको हो ।  सो समयमा दिउँसो ११ बजेदेखि २ बजेसम्म सवारी रोकेर सडकको बिशालटार, खटौटी लगायतका  क्षेत्रमा भित्तो काट्ने काम गरिएको थियो । उनले भने ‘अहिले सवारी नरोकेरै हामीले काम गरिरहेका छौँ ।’निर्माण कम्पनीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो । त

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 254 पटक पढिएको
  • आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश

    मोरङ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो ।प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधे

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 266 पटक पढिएको
  • कार्साङ प्रिमियरमा उत्साहजनक प्रतिक्रिया

    काठमाडौं । फिल्म ‘कार्साङ’ले उत्साहजनक प्रतिक्रिया पाएको छ । बुधबार साँझ गरिएको प्रिमियरमा उपस्थित कलाकार तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिले ‘कार्साङ’लाई हेर्नैपर्ने मौलिक फिल्म भनेका छन् ।शेर्पा समुदायको मौलिक कथा भन्ने फिल्मले उनीहरूको संस्कार र संस्कृति देखाउन नचुकेको कलाकारहरूले बताएका छन् । शेर्पा समुदायको संस्कृति अनुभूत गर्न पनि यो फिल्म हेर्नैपर्ने प्रिमियरपछि प्रतिक्रिया दिनेले बताएका छन् ।फिल्म हेर्न चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपेन्द्र के खनाल, वितरक, निर्माता तथा निर्देशक अशोक शर्मा, बसन्त निरौला, कलाकार केदार घिमिरे ‘म

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 401 पटक पढिएको
  • काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

    ढोरपाटन (बागलुङ) । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले रु तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ । यस वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको उनले जानकारी दिए । कँडेल यस वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताउँछन् । सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन बढेको र पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिम समेत दिँदै आएको उनको भनाइ छ

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 399 पटक पढिएको
  • मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किमि कालोपत्र

    गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ । कूल दुई सय ५० किमिको उक्त खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८ किमि र बागलुङको उपल्लाचौर–घोडाबाँधेअन्तर्गत १३ किमि सडक कालोपत्र हुन बाँकी छ । आयोजना कार्यालयका अनुसार स्तरोन्नति हुन बाँकी रहेको ५१ किमि सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । लमजुङसँगको सिमानामा पर्ने कास्कीको भैँसेदेखि रुदीखोलासम्म १६ किमि सडक भने पर्वतस्थित आयोजना कार्यालयका प्रमुख शम्भुप्रसाद आचार्यले जानकारी दिए । याम्दीदेखि पर्वत

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 384 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.