गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् । आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ । प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहस सकिएपछि जवाफी बहस सुरु भएको अदालतले जनाएको छ । लामिछानेसहित उक्त सहकारीको रकम अ
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ । ‘जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ’, विज्ञप्
पोखरा । सशस्त्र प्रहरिद्वारा सेती नदीको ड्याममा खसेका संगम पौडेल उद्दार गरेको छ।बुधबार बेलुका १९:२० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका १६ दिपहाउजिङ्ग नजिकै जिल्ला कैलाली धनगढि स्थायी वतन भई पश्चिममाञ्चल ईन्जिनियरिङ्ग कलेज लामाचौरमा अध्ययनरत पो.म.न.पा १९ लामाचौरमा डेरा गरि बस्ने वर्ष २१ का संगम पौडेल सेती नदीको ड्याममा खसेको भन्ने खबर प्राप्त हुनासाथ यस गणबाट खो.त.लागी सप्रनि विनोद पौडेल कमाण्डमा १३ जना (४जना गोताखोर र ९ जना ) बिशेष विपद् व्यवस्थापन टोली १९:३०बजे खटि गएकोमा २०:२५ बजेको समयमा शव निकाली पो.मा को लागी मनिपाल शिक
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चारवटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित पेयपदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीवासीले बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया तथा विभिन्न चाडपर्व र मेलापातमा यसअघि सेवन गरिँदै आइएको आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाएका हुन् । बाहिरी जिल्लाबाट आयातित पेयपदार्थ सेवनले आर्थिक, सांस्कृति तथा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गरेकाले पूर्ण रूपमा प्रतिबन्ध लगाइएको सामाजिक अभियान्ता अरुण राईल
देउखुरी (दाङ) । लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा आजदेखि २९ गतेसम्म दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी–२० छनोट प्रतियोगिता हुन लागेको हो । दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताको उद्घाटन खेलमा आज दाङ र पाल्पाबीच प्रतिस्पर्धा हुने लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव एवं छनोट प्रतियोगिता संयोजक कैलाश रोका मगरले जानकारी दिऐ । उनका अनुसार आज दिउँसो नवलपरासी र बर्दियाबीच खेल हुनेछ । भोलि बाँके—पाल्पा
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ । रामायणकालीनस्थलका रूपमा परिचित आश्रम विकास र संरक्षणका लागि ठोस पहल नहुँला ओझेलमा परेको हो । यहाँस्थित मन्दिरका मूल पुजारी शिखर सुवेदीले धार्मिक पुरातात्विक महत्वको यस स्थलको विकास एवं प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताएका छन् । ‘आश्रम पत्ता लगाउने बेला गरिएको उत्खननमा भेटिएका भग्नावशेषहरू पनि संरक्षणको अभावमा हराउने गरेका छन् । मन्दिर वरिपरि पुरातात्विक अवशेषहरू जताततै छरिएका छन्, तिनको संरक्षण र थप विकास आवश्यक छ । यसमा स्थानीयदेखि सङ्घीय सरकारले विशेष पहल गर्न
काठमाडौँ । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले माध्यमिक तह (कक्षा ९–१०) को इतिहास र वातावरण विज्ञान विषयको पाठ्यक्रम थप समसामयिक र विद्यार्थीमुखी बनाउन पाठ्यक्रम विकास केन्द्रलाई १५ दिनभित्र स्वीकृतिका लागि सिफारिस गर्न निर्देशन दिएको छ । परिषद्का अध्यक्ष तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बुधबार बसेको बैठकले कक्षा ९ र १० को उक्त दुई विषयका पाठ्यक्रमका विषयवस्तुलाई दैनिक जीवनसँग जोडी स्थानीय विषयसँग तादाम्यता मिलाउन र विद्यार्थीको दृष्टिकोणबाट पाठ्यक्रम निर्माण गर्नेलगायत सुझाव समेट्नुपर्ने निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो । ब
मोरङ । सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।बुधबार मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी कोइरालालाई १० लाख धरौटीमा छाड्न जिल्ला अदालत मोरङले आदेश दिएको हो।जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा बयानपछि थुनछेक बहस भएको थियो । अदालतको आदेशपछि कोइरालाले नगदै १० लाख रुपैयाँ बुझाएर थुनामुक्त भएकी छन् ।गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेपछि फरार रहेकी अञ
काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा बाक्लो हुस्सु\कुहिरो लागेको छ। दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । उच्च
गण्डकी । पोखरा उपत्यकाका रामसार सूचीमा सूचीकृत नौवटा तालमा गरिएको जलपक्षी गणनामा ५३ प्रजातिका जलपक्षी फेला परेका छन् ।टाइगर माउण्टेन पोखरा लज र पोखरा पक्षी समाजको अगुवाइमा ४३ स्वयंसेवक गणकबाट यही पुस २२ र २३ गते जलपक्षी गणना गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।सिमसार क्षेत्रमा रैथाने र आगन्तुक चराको विवरण सङ्ख्याको अध्यावधिक, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाइ सचेतना अभिवृद्धि गर्न सन् २००४ बाट पोखरा उपत्यकामा जलपक्षी गणना गरिँदै आइएको छ ।उनका अनुुसार पोखरा उपत्यकाभित्रका फेवा, बेगनास, रूपा, मैदी, दिपाङ, गुंदे, खास्टे, न्यूरेनी ताल र कमल पोखरी तथा विजयपुर खोला
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.