समाचार

    Showing 16,511-16,520 of 26,710 items.
  • छाला उद्योगले गरेको सार्वजनिक सुनुवाइ स्थानीयले बिथोलिदिए

    अकबर अलि, सुनसरी । सुनसरीको दुहबी वडा नम्बर ६ मा रहेको युनाइटेड टैनरिज छाला उद्योगले प्रारम्भिक वातावरणिय परिक्षण मुल्यांकन (आइइइ) पास गर्न आयोजित सार्वजनिक सुनुवाइ विरुद्ध स्थानीयहरुले बिरोध प्रदर्शन गर्दै कार्यक्रमनै बिथोलिदिएका छन् ।सार्वजनिक सुनुवाइमा उद्योग प्रशासनले एकतर्फी सुनुवाइ गरेको भन्दै स्थानीयहरुले नाराबाजी सहितको बिरोध प्रदर्शन गरेका थिए । आक्रोशित स्थानीयहरूले सार्वजनिक सुनुवाइ गर्न बनेको माइन्युट समेत च्यातेका थिए । उक्त उद्योगले अत्याधिक दुर्गन्ध र प्रदुषण गरेको भन्दै स्थानीयहरु उद्योग संचालन भएदेखि निरन्तर आन्दोलनमा छन् । सुनसरीको दुहबीमा सञ्चालित युनाइडेट टेनरिज छ

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 232 पटक पढिएको
  • भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

    सोलुखुम्बु । आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ । भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसके

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 327 पटक पढिएको
  • अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेका छन् ।युवा तथा खेलकुद मन्त्रालयले आज प्रधानमन्त्री निवासमा आयोजना गरेको कार्यक्रममा सरकारको गत मङ्सिर २८ गतेको निर्णयबमोजिम उनीहरूलाई पुरस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको नेतृत्व सरकार गठन भएपछि खेलाडी एवं प्रशिक्षकलाई प्रदान गरिने  पुरस्कारमा करकट्टीको व्यवस्था खारेज भएको छ ।गत कात्तिक १ देखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिपमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थाप

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 341 पटक पढिएको
  • जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी

    नवलपुर (नवलपरासी) । यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी आएको छ । सोमबारदेखि सुरु भएको जलपन्छी गणना अन्तर्गत चरा गणनामा संलग्न निकुञ्जका मध्यक्षेत्र संयोजक एवं चराविज्ञ मनेष लिम्बूले विगतमाझैं चराको प्रजाति र सङ्ख्या नभेटिएको बताए । ‘अघिल्लो वर्ष जलपन्छी गणनामा ४७ प्रजातिका चरा भेटिएका थिए’, उनले भने, ‘यस वर्ष २८ प्रजातिको मात्र चरा भेटिए ।’ साना चराको सङ्ख्यासमेत थोरै भेटिएको उनको भनाइ छ ।विगतमा गणना गरिएको जुरे हुटिट्याउँ, चित्र दङ्गालगायत जलपन्छी यसपटक नभेटिएको उनले जानकारी दिए । ‘चखेवा र खोया हाँसको

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 168 पटक पढिएको
  • अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

    बागमती । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो ।अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट फिल्ड अध्ययनको काम सकिएर डिपिआर निर्माण भइरहेको नेपाल आयल निगमका प्रवक्ता इञ्जिनियर मनोज ठाकुरले जानकारी दिए ।‘नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययनको काम भइसकेको छ’, प्रवक्ता ठाकुरले भने, ‘टोलीले अध्ययन गरेर अह

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 333 पटक पढिएको
  • हराउँदै गयो गुन्द्री बुन्ने चलन

    वालिङ (स्याङ्जा) । पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ ।  खेतबारीमा भएका बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघका दिनमा फुर्सदिलो समयमा हाते तानको माध्यमबाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो । धार्मिक पूजाआजा तथा पितृकार्यमा पनि धानको परालबाट बुनिएका नयाँ गुन्द्री प्रयोग गर्ने चलन थियो ।  बजारमा आउने प्लास्टिकका गुन्द्री तथा म्याटका प्रयोग बढ्दै जाँदा गुन्द्री बुन्नै छाडिएको वालिङ–८ की सीता सुवेदीले बताइन् ।‘बजारमा प्लास्टिकका गुन्द्री र म

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 183 पटक पढिएको
  • काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

    काठमाण्डौ । चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। चिनमा तिब्बतको दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।भूकम्पको धक्का काठमाडौँ लगायत अन्य जिल्लामा पनि महसुस भएको छ ।यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ।आज बिहान काठमाण्डौमा ६:५१ बजे भूकम्पको डरलाग्दो धक्का महशुस गरिएको छ। कम्पनसँगै काठमाडौंका सर्वसाधारण सडकमा निस्किएका थिए । भूकम्पको धक्का झापा, काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतक

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 322 पटक पढिएको
  • जनावरको आक्रमणबाट ५ महिनामा ८३ जनाको मृत्यु

     झापा :सर्प, बाघ, गैँडा, हात्ती र भालुको आक्रमणबाट पछिल्ला पाँच महिनाको अवधिमा ८३ जना नेपालीको मृत्यु भएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार  चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावणदेखि मंसिर महिनासम्म जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने ५ सय ९९ जना घाइते भएका  छन ।यो अवधिमा नेपाल प्रहरीले २५६ जनाको उद्धार र उपचारमा सहयोग पुर्‍याएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो।सबैभन्दा धेरै सर्पको टोकाइबाट ७० जनाको मृत्यु भएको छ भने ५३२ जना घाइते भएका छन्। २३६ जनाको प्रहरीले उद्धार गरेको छ। त्यस्तै हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ भ

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 181 पटक पढिएको
  • सरकारले कुलमानलाई भन्यो- तपाईँलाई किन नहटाउने ?

    काठमाण्डू :सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको छ ।घिसिङसँग ९ बुँदे स्पष्टीकरण माग्दै अन्तिम बुँदामा 'तपाईंको नियुक्तिको अन्त्य किन नगर्ने' भनेर सोधेको हो।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय घिसिङका नाममा सोमबार ९ बुँदे स्पष्टीकरण पत्र पठाएको हो। पत्र प्राप्त गरेको सात दिनभित्र चित्तबुझ्दो जवाफ प्राप्त हुन नआए कानुनबमोजिम थप प्रक्रिया अघि बढाउने पत्रमा उल्लेख छ।

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 243 पटक पढिएको
  • मोरङमा नयाँ सिडिओ इन्द्रदेव यादव

    बिराटनगर :गृह मन्त्रालयले मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेमप्रसाद भट्टराईलाई सरुवा गर्दै सहसचिव इन्द्रदेव यादवलाई मोरङको सिडिओ बनाएको छ। यादव यसअघि चितवन, इलाम, र सुनसरीका सिडिओ रहिसकेका छन्।साथै, गृहले काठमाण्डूका सिडिओ जयनारायण आचार्यलाई मन्त्रालयमा तानेर सहसचिव ऋषिराम तिवारीलाई काठमाण्डू पठाएको छ। सुनसरीका सिडिओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा तानेर धर्मेन्द्र मिश्रलाई सुनसरी सरुवा गरिएको छ।त्यस्तै, झापाका सिडिओ बन्धु प्रसाद बास्तोलालाई गृह मन्त्रालयमा तानेर सर्लाहीका सिडिओ गोपाल कुमार अधिकारीलाई झापा पठाइएको छ। कैलालीका सिडिओका रूपमा गोगन बहादुर हमाल र तुलसी बहादुर श्रेष्ठलाई

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 397 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.