समाचार

    Showing 16,521-16,530 of 26,710 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा बाक्लो हुस्सु\कुहिरो लागेको छ। दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । उच्च

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 326 पटक पढिएको
  • ग्रेटर नेपालका अभियन्ता पक्राउ

    काठमाण्डू :ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन्।सिंहदरबारमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी नवराज अधिकारीले जानकारी दिए।नेपालले सोमबार आफ्नो सामाजिक सञ्जालमार्फत मध्यान्ह १२ बजेदेखि अपराह्न ४ बजेसम्म धर्ना दिने जानकारी दिएका थिए।

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 255 पटक पढिएको
  • इपीएस शाखा घेराव

    काठमाण्डू :रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरूले सोमबार ललितपुरको ग्वार्कोस्थित ईपीएस शाखा घेराउ गरेका छन् ।भाषा परीक्षा पास गरेको एक वर्ष बितिसक्दा पनि रोजगारीका लागि कोरिया जान नपाएको भन्दै उनीहरूले ईपीएस शाखा घेराउ गरेका हुन् ।

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 201 पटक पढिएको
  • सार्वजनिक भाडा बढ्यो

    झापा :सरकारले सोमबारदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाइएको छ । यात्रुबाहक सवारी साधनको भाडा ३.३० प्रतिशत, मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढेको छ ।

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 160 पटक पढिएको
  • पूर्वनगरप्रमुख शिवाकोटीलाई पुर्पक्षका लागि कारागार चलान

    झापा । झापा जिल्ला अदालतले आज विर्तामोड नगरपालिकाका निवर्तमान नगरप्रमुख ध्रुव शिवाकोटीलाई जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।जिल्ला न्यायाधीश नविनकुमार जोशीको एकल इजलाशले शिवाकोटीलाई उक्त आदेश जारी गरेको अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए । आदेश बमोजिम उनी आजै पुर्पक्षका लागि झापा कारागार चलान भएका छन् । घरेलु कामदारको रुपमा बस्दै आएकी १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गत मङ्सिर २४ गते शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेपछि उनी थुनाकै क्रममा उपचारका लागि विर्तामोडको बीएन्डसी अस्पताल भर्ना भएका थिए । ‘प्रहर

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 185 पटक पढिएको
  • मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा नम्रता सिंहसहित आठ जना र एउटा कृषि फार्मविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।आव २०७९र०८० मा मन्त्रालयका खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखा प्रमुख एवं कृषि ज्ञान केन्द्र, धनुषाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञले सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमको रकममा भ्रष्टाचार गरेको, नक्कली बिल भरपाइका आधारमा भुक्तानी दिएको र ‘स्पेशिफिकेशन’ अनुसारको सामान खरिद नगरेका भन्दै

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 227 पटक पढिएको
  • व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनूः सर्वोच्च अदालत

    काठमाडौँ । सर्वोच्च अदालतले व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन नेपाल टेलिकमको नाममा आदेश गरेको छ ।न्यायाधीश डा नहकुल सुवेदी र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८१ भदौ २५ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आज सर्वोच्चले व्यक्तिलाई गोपनीयता, वैयक्तिक स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हक भएकाले त्यस्ता सूचनामा पहुँच नदिन भनेको हो ।  ‘कुनै पनि व्यक्तिको व्यक्तिगत लिखत, तथ्याङ्क र पत्राचार आदि कानुनबमोजिम बाहेक अनतिक्रम्य हुने संवैधानिक व्यवस्था छ, यस्तो हकको संरक्षण गर्नु राज्यको दायित्व हुने विषयमा विवाद भएन । व्यक्तिगत सूचनामा अनधिकृत रूपमा हुने कुनै पनि प्रकारको पहु

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 265 पटक पढिएको
  • कुलमानलाई मन्त्रालयको ९ बुँदे स्पष्टीकरण

    काठमाण्डौ  ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नौ बुँदे स्पष्टीकरण सोधेका छन्।सोमबार ऊर्जा सचिव सुरेश आचार्यले पत्र काटेर सात दिनभित्र जवाफ पेस गर्नेगरी घिसिङलाई स्पष्टीकरण सोधेका हुन्।स्पष्टीकरण पत्रको ९औं बुँदामा भनिएको छ, 'आफूले पेस गर्नुपर्ने कार्यसम्पादन सम्झौताअनुरूपको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी विवरण समेत पेस नगरेको कारण तपाईंको यथोचित कार्यसम्पादन मूल्याङ्कन हुने अवस्था नभएको र तपाईं स्वयंले मिति २०८१/०८/०४ प.सं. ०८१/०८२ च.नं. ५२४ को पत्रमार्फत उक्त विवरण पेस नगरेको विषय स्वीकार्दै 'तहाँ मन्त्रालय

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 295 पटक पढिएको
  • पश्चिम नवलपरासी कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

    नवलपरासी । पश्चिम नवलपरासी कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारमा एक सय ७५ कैदिबन्दी राख्ने क्षमता भए पनि हाल पाँच सय ६५ जना रहेको कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिए ।उनका अनुसार  २५ जना महिला र एक सय ५० पुरुष राख्ने क्षमता भएको कारागारमा हाल तीन जना पाँच वर्षभन्दा मुनीका बालबालिका, ९२ जना महिला र चार सय ७० जना पुरुष छन् । कैदीबन्दीहरूको सङ्ख्या बढी भएपछि उनीहरूको व्यस्थापनमा समेत समस्या भएको कारागार प्रशासनले जनाएको छ । यद्यपि आवश्यक सङ्ख्यामा स्थानान्तरणका लागि विभागलाई जानकारी गराए पनि अन्य जिल्लामा पनि त्यस्तै अवस्

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 330 पटक पढिएको
  • सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका

    गलकोट (बागलुङ) । सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ । उचित मूल्य र पहिचानका लागि सुन्तला ‘ब्राण्डिङ’ गर्न थालिएको हो । यहाँको बागलुङ नगरपालिकाले सिगानाको सुन्तलालाई ब्राण्डिङ गरेर बजारीकरणका लागि सहकारीमार्फत प्याकेजिङको काम थालेको छ । बागलुङ नगरपालिकाले वडा नम्बर ८ सिगानाको गणेश कृषि सहकारीको नाममा ‘सिगानाको रसिलो सुन्तला’ लेखेको कार्टुन उत्पादन गरेर बजारीकरणमा सघाएको हो । नगरपालिकाले पहिलो चरणमा दुई हजार दुई सय कार्टुन निर्माण गर्न ५० प्रतिशत अनुदान सुन्तला किसानलाई दिएको छ । गणेश कृषि सहकारीका अध्यक्ष रामबहादुर खड्काका अनु

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 405 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.