काठमाडौँ । माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ भएको छ ।माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलनअनुसार यतिबेला काठमाडौँको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो । विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन छ । टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार हो ।टोखामा काठमाडौँका अन्यत्र स्थानको तुलनामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्दछ । माघे सङ्क्रान्ति पर्व आउन एक हप्तामात्र बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्
अमरगढी (डडेल्धुरा) । डडेल्धुरा सदरमुकामस्थित भीमदत्त बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत बैतडीको पाटन नगरपालिका–१० कि लक्ष्मी भट्टलाई सदरमुकाम डडेल्धुरामा कोठा पाउन निकै कठिनाइ भएको छ । उनले केही दिन साथी र आफन्तको घरमा बसेर क्याम्पस आउजाउ गरिन् । कोठा खोज्दा अचेलका केटीहरूले महिनावारी भएको बेला बार्दैनन् भन्दै कोठा भाडामा दिन कोही तयार भएनन् । लक्ष्मी भन्छिन्, ‘महिनावारीको बेला बार्ने र पानी माग्ने मान्छे भए मात्रै कोठा पाइन्छ भन्ने कुरा फैलिएको रहेछ । डडेल्धुरामा कोठा पाउन यति कठिनाइ भयो कि कतिपय दिन क्याम्पस जानै सकिन ।’ महिनावारीको कारणले गर्दा उहाँलाई पटकपटक कोठा सर्नुपर
कोशी । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले संचालन गर्दै आईरहेको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम पुनः संचालन गरेको छ। विविध कारणवस संचालन हुन नसकेको प्रदेश प्रहरीसंग प्रमुख कार्यक्रम थप परिमार्जन सहित पुनः संचालन गरिएको हो । पुस २२ गते संचालन भएको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रत्यक्ष टेलिफोन संवाद गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीसंग आ-आफ्नो पिरमार्का, समस्या तथा गुनासो राखेका थिए ।भौगोलिक रुपमा सुगम देखि अत्यन्त दुर्गम पहाडी र हिमाली जिल्ला
काठमाण्डौ । भारतको मध्य प्रदेशको रतलाम लक्ष्मणपुरमा बिद्युतीय स्कुटी चार्जिङ्ग गर्ने क्रममा बिष्फोट भएको छ ।बिष्फोटमा परी स्थानीय ११ बर्षीया बालिका अन्तरा चौधरीको मृत्यु भएको छ भने भारतीय सञ्चारमाध्यमका अनुसार गए राति स्थानीय भगवती मौर्यले आफ्नो बिद्युतीय स्कुटी चार्जमा लगाएका थिए ।चार्ज हुने क्रममा उक्त स्कुटीबाट एक्कासी आगोको लप्का निस्किएको थियो । आगोको लप्का निस्कँदै गर्दा सोही स्कुटी नजिकै अर्को एक्टिभा स्कुटी पनि पार्किङ्ग गरेर राखिएको थियो । विद्युतीय स्कुटीमा आगो लागेसँगै सँगै रहेको एक्टिभा स्कुटीमा पनि आगलागी भएको थियो ।ति दुवै स्कुटी एकै पटक बिष्फोट भएको थियो । बिष्फोटनमा परी नजिकै र
मोरंग :माेरङकाे लेटाङ नगरपालिका -२, फडानीका कृष्णप्रसाद खतिवडाको गोठमा पालिएको पहिलो बेते बाच्छीले आइतबार बिहान एकैपटकमा दुईवटा जुम्ल्याहा बाच्छा जन्माएको छ । प्राय : गाईहरुले बिरलै रुपमा जुम्ल्याहा बच्चा जन्माउने गर्दछन्।
काठमाण्डू :रास्वपाका सभापति रवि लामिछानेले बयानका क्रममा जिबी राई र उनकी विश्वास पात्र रविना रिमालको अनुमतिबिना चेक काट्न सम्भव नभएको बताएका छन्। ‘भुक्तानी दिने रकमको विवरण यसका लगानीकर्ता जिबी राई संसारको जुन कुनामा भए पनि जिबी ग्रुप अफ कम्पनिजका कर्मचारी एवं राईको विश्वास पात्र रविना रिमालको समन्वय र अनुमति विना सम्भव थिएन,’ लामिछानेले बयानमा भनेका छन्, ‘सम्पूर्ण वित्तीय कारोबार लगानीकर्ता राई स्वयमले आफ्नो पूर्ण नियन्त्रण र निगरानीमा राखी आफ्नो विश्वास पात्रबाट यकिन गरे पश्चातमात्र चेकहरू जारी हुने हुनाले मेरो भूमिका केवल सहजताका लागि हस्ताक्षरकर्ताको रूपमा मात्रै थियो।’
काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा बाक्लो हुस्सु\कुहिरो लागेको छ। दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । उच्च
काठमाण्डू :आइतबार बिहान काठमाडौं महानगरपालिका-२१ स्थित मदन भण्डारी कलेजनजिक बिएए ८७१४ नम्बरको कार पुलबाट खोलामा खसेको हो।कार ललितपुर महानगरपालिका-१ का ४६ वर्षीय विनोदविक्रम सिजापतिले चलाएका थिए। उनको सकुशल उद्धार गरिएको छ।
दमक । दमक २ नम्बर वडामा हात्तीले ७ वटा घर भत्काएका छन्। पाङ्रीचोकमा गीता धिमालको घर पूर्ण रूपले क्षति भएको र एभरेस्ट टोलमा राम श्रेष्ठको घर पनि क्षति पुर्याएको छ। अरु पाँचवटामा भने सामान्य क्षति पुर्याएको छ।
कैलाली । कैलालीमा जंगली जनावर मार्न थापेको धरापमा युवक परेको घटनामा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-३ बस्ने ३५ वर्षीय धनीराम चौधरी, ४० वर्षीय शनिराम चौधरी, ३२ वर्षीय बाबुराम चौधरी र २६ वर्षीय बिनु चौधरी रहेका छन् ।गौरीगंगा नगरपालिका-१ को मौवारि सामुदायिक वनमा विद्युतीय तार विछायाएर थापिएको धरापमा परेर गत भदौमा सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरी घाइते भएका थिए ।उनी उपचारपछि घर फर्किसकेका छन् । पक्राउ परेकाविरूद्व ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.