विराटनगर :प्रदेश सरकार मातहत रहेका संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि कोशी प्रदेश सरकारले समिति गठन गर्ने भएको छ ।बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले समितिको काम कर्तव्य र अधिकार पनि टुंगो लगाएको छ ।प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले सहकारी व्यवस्थापन सहितसहित १० वटा निर्णय गरेको जानकारी दिए ।मन्त्रिपरिषदको बैठकले खानेपानी तथा सरसाफाइ सम्बन्धमा व्यवस्था बनेको विधेयक सभामा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको छ ।कोशी प्रदेश वन ऐन २०७७ लाई संसोधन गर्न बनेको विधेयक
भद्रपुर :कक्नकवल ०७ दिपज्योति वन क्षेत्र बाहिर दाउरा र घाँस संकलन गर्न जाने क्रममा स्थानीय महिलाहरूको समूहलाई जङ्गली हात्तीले झण्डै १५० मिटर बाहिर खेतको बाटोमा आक्रमण गरेको थियो। उक्त घटनामा अन्दाजी ३५ वर्षकी केलाबत्ती राजवंशी हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् । उनको बायाँ हातमा चोट र दाहिने खुट्टा भाँचिएको थियो ।घटनापछि उनलाई तत्काल उपचारका लागि साई पाथिभारा अस्पताल, भद्रपुर लगिएको थियो । तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । अन्य प्रदेशहरूमा भने छिटपुट वर्षा र बादल लाग्नेछन्।आज राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक
भद्रपुर :कचनकवलकी एकजना महिलाको स्थानीय वनमा दाउरा खोज्न जाँदा हात्ती आक्रमणमा मृत्यु भएको छ ।कचनकवल ७ तारावनास्थित दिपज्योति सामुदायिक वन गएकी स्थानीय ३५ वर्षीया केलावत्ती राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।आज मध्यान्ह दिपज्योति सामुदायिक वनमा उनीसहित स्थानीय १५–२० जना महिला दाउरा र घाँस काट्न गएका थिए । उनीहरुलाई एउटा जंगली हात्तीले लखेटेको प्रहरीले जनाएको छ ।राजवंशी हराएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय बनियानीमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर खोजतलास गर्ने क्रममा वनक्षेत्र नजिकै उनी घाइते अवस्थामा भेटिएकी थिइन् ।उनलाई साँझ ४ः४० बजे उपचारको लागि ओम साई पाथिभरा अस्पताल भद
मोरंग :नेपाली काङ्ग्रेस बेलबारी ३ का सभापति रिक्त गुरुङ्ले बेलबारी ३ स्थित श्री आधारभुत बिध्यालयमा ७५ पिस ट्रयाक सुट बितरण गरेका छ्न । कार्यक्रम मा काङ्ग्रेस मोरङ क्षेत्र नम्बर ३ का सचिब राजेन्द्र अधिकारी लगायत को उपस्थिति रहेको बिध्यालय का प्रधानध्यापक लिला प्रसाद आचार्य ले जानकारी दिए ।
बझाङ :बझाङको थलारा–१ की ४५ वर्षीया पञ्चमालादेवी जोशी, जो विगत २० वर्षदेखि स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्यरत थिइन। गएको शनिबार बजारबाट घर फर्किने क्रममा माथिबाट खसेको ढुंगा लागेर ज्यान लियो। उक्त खबर धनगढीमा काम विशेषले गएकी उनकी २५ वर्षीया छोरी रोहिणीले थाहा पाउदा विक्षिप्त भइन्। शोकले बारम्बार मुर्छा पर्दा होस् गुमाएर ढलिन्। स्नातक तेस्रो वर्षमा अध्ययनरत उनी आमा गुमाएको पीडा सहन नसक्दा उनी पनि अस्ताइन। पञ्चमालादेवीका श्रीमान् दुई हप्ता अगाडि मात्रै रोजगारीका लागि दुबई गएका थिए। तर, श्रीमती गुमाएको खबरले घर फर्किएका उनी अहिले छोरी पनि गुमाउनुको पीडामा छन्।
बिराटनगर :मोरंग जिल्लाको जिल्लाको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ । लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आएकी थिईन । वनबाट दाउरा काटेर घर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिए । वनमा दाउरा काट्न गएकी लिम्बू साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जङ्गलमा मृत फेला परेकी उनँले बताए । नमूना सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको जनाउँदै स्थानीय रातभर त्रासमा बस्ने बाध्यता रह
बिर्तामोड़ :झापा बुद्धशान्तिका युवाहरूले टोपी दिवसलाई थप विशेष बनाउँदै उदाहरणीय कार्य गरेका छन्। उनीहरूले सडकमा आश्रयविहीन जनावरहरूको हेरचाह गर्दै खाना खुवाउने अभियान चलाएका छन्।
बिर्तामोड़ :झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथि निर्माण भएको ४ सय ७६ मिटर लम्बाइको झोलुङ्गे पुल । याे पुल देशकै तेस्राे लामाे झाेलुङ्गे पुल भएकाे बताइएकाे छ । बुद्धशान्ति गाउँपालिकाका दुई वटा वडाहरुलाई मात्रै जोड्ने छ ।
काठमाण्डौ । आजदेखि ग्रेगोरियन पात्रोअनुसार इस्वी संवत् २०२५ सुरु भएको छ। विश्वभर नयाँ वर्षको उत्साहपूर्ण स्वागत गरिएजस्तै नेपालका केही प्रमुख पर्यटकीय क्षेत्रहरूमा पनि ‘न्यू इयर इभ’ विशेष कार्यक्रमसहित मनाइएको छ।जिजस क्राइस्टलाई फाँसी दिएपछि सुरु भएको मान्यता राखिएको इस्वी संवत् अहिले विश्वभर प्रचलित संवत् हो। यो पात्रो पोप ग्रेगोरियनले १६औं शताब्दीमा जुलियन पात्रोलाई प्रतिस्थापन गर्दै प्रचलनमा ल्याएका थिए। जुलियन पात्रो रोमन शासक जुलियस सिजरले सुरू गरेका थिए।पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटीका अनुसार जुलियन पात्रो केही विवादास्पद रहे पनि उपनिवेशकालमा यसको व्यापक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.