समाचार

    Showing 16,591-16,600 of 24,982 items.
  • मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार, तीन जना पक्राउ

    रौतहट  । रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ । राैतहटकाे परोहा नगरपालिका–९ रामपुरखाप स्थित मनि ट्रान्सफरमा शुक्रबार दिउँसाे १ बजे लुटेराहरुले गोली हानेका हुन् ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठका अनुसार गाेली लागि घाइते भएका साहलाई उपचारका लागि वीरगञ्ज  पठाइएकाे छ ।  उनकाे अवस्था  कन्चटमा गाेली लागेकाेले चिन्ताजनक रहेको छ।प्रहरीका अनुसार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएकाे छ । उनीहरुकाे साथबाट एक थान कटुवा पेस्ताेल पनि बरामद गरेकाे छ ।श्रेष्ठका अनुसार मनिष कुमार, राजकुमार कुसु

    • प्रकाशित मितिः चैत २, २०८०
    • 415 पटक पढिएको
  • सुरक्षा समितिका अधिकारीहरूलाई गृहमन्त्रीको कडा निर्देशन

    काठमाडौँ  । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जाने गरी काम गर्न ७७ वटै जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई निर्देशन दिएका छन्  ।बिहीबार साँझ सिंहदरवारस्थित मन्त्रालयबाट जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई ‘भर्चुअल’ निर्देशन दिँदै गृहमन्त्री लामिछानेले मुलुकमा दण्डहीनताको अन्त्य हुने, फरार अपराधी नियन्त्रणलगायत तत्काल देखिने काम गर्न निर्देशन दिएका हुन्  ।गृह मन्त्रीले १० बुँदे निर्देशन दिँदै अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ  । गएन भने गम्भीर समीक्षा गर्ने  । र, काममा आलटाल गर्ने, निर्देशन पालना र

    • प्रकाशित मितिः चैत २, २०८०
    • 525 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति लुम्बिनी र बाग्मती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः चैत २, २०८०
    • 254 पटक पढिएको
  • सेयर बजारमा भारी अंकको गिरावट

    काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचक झण्डै २८ अंकले घटेको छ । बिहीबार २७.८४ अंकले घट्दै नेप्से सूचक २ हजार ८०.८७ अंकमा झरेको हो ।केही दिनयता लगातार बढ्दै गएको नेप्से सूचकमा बुधबार २ अंकले गिरावट आएको थियो ।आज बिहीबार १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूहको उपसूचक २.६५ प्रतिशतले घटेको छ भने अरु बाँकी १२ वटा उपसूचक २ प्रतिशत कमले घटेका छन् । आज १९६ कम्पनीको सेयर मूल्य घट्दा ४४ कम्पनीको मूल्य बढेको छ भने ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।२७ अंकमाथिले नेप्से सूचक घटेको यसदिन ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख

    • प्रकाशित मितिः चैत १, २०८०
    • 355 पटक पढिएको
  • उदयपुर जीप दुर्घटना :८ जनाको मृत्यु, ९ घाईते

    सुनसरी  । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परी एक बच्चा, ४ पुरुष र तीन महिलाको मृत्यु भएको हो ।को १ज २५९३ नम्बरको जिप आज १ः३० बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । जिपमा १७ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटनामा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुासर जीप दु

    • प्रकाशित मितिः चैत १, २०८०
    • 382 पटक पढिएको
  • प्रशासकीय अधिकृतमाथि कुटपिट

    धनगढी ।  डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ। कार्यपालिका बैठकमा प्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको हो।अधिकृत जोशीमाथि कार्यपालिकाका बहुमत सदस्यहरूले कुटपिट गरेको बताइएको छ। कार्यपालिकामा नेकपा माओवादीका बहुमत सदस्य रहेका छन्। अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा तीनवटा टाँका लगाइएको छन।बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाँकिएको थियो। तर, कार्यपालिका सदस्यहरूले बैठकमा विरोध गर्दै कुर्सी हानाहान गरेको हुन्। जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा घटनाको विषयमा जानकारी भएको छ। तर, प्रह

    • प्रकाशित मितिः चैत १, २०८०
    • 444 पटक पढिएको
  • सुन तस्करी जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाउँदै

    काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने भएको छ ।गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो । जसअनुसार आज आयोगका पदाधिकारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दैछन् ।गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । सुरुमा ३ महिना समय दिइएको आयोगको समय सीमा थप २ महिना थपिएको थियो ।

    • प्रकाशित मितिः चैत १, २०८०
    • 327 पटक पढिएको
  • नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत

    काठमाण्डौ  ।  नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार पहिलोपटक भाइबर नेपालमा सूचीकरण भएको हो । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै गत २३ कात्तिकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यसलाई नियमन गर्न सूचीकरणको नियम ल्याएको थियो। सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा भएको व्यवस्थाबमोजिम फागुन २४ गते भाइबर सूचीकृत भएको सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गतको सामाजिक सञ्जाल व्यवस्थापन एकाइ संयोजक रमेश

    • प्रकाशित मितिः चैत १, २०८०
    • 406 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली  रहेको छ ।दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  पहाडी भूभागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ।राति देशका प

    • प्रकाशित मितिः चैत १, २०८०
    • 434 पटक पढिएको
  • लघुवित्त संघर्ष समितिलाई सरकारले वार्तामा बोलायो

    काठमाण्डौ   ।   अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ । अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको हो । मन्त्रालयद्वारा सह–सहसचिव एवम् वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएको हो । उक्त समितिमा गृहमन्त्रालयका सह–सचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराई, कानून मन्त्रालयका उप–सचिव झइन्द्र गुरागाईं, नेपाल राष्ट्र बैंकका प्रतिनि

    • प्रकाशित मितिः फागुन ३०, २०८०
    • 185 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.