समाचार

    Showing 16,601-16,610 of 26,710 items.
  • आज डिसेम्बर २५, ‘क्रिसमस डे’ मनाइँदै

    काठमाण्डौ ।  कृश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यो सम्प्रदायले क्रिसमस डे मनाउँदैछन्।आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको भनिन्छ। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको छ।मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन्। मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको छ । दिवसका अवसरमा विसं

    • प्रकाशित मितिः पुस १०, २०८१
    • 483 पटक पढिएको
  • सहकारी समस्यामा सर्वोच्च अदालतको आदेश

    काठमाण्डौ  ।   सहकारी समस्यामा सर्वोच्च अदालतको ठोस आदेश दिएको छ।सहकारी समस्याको समाधानका लागि सर्वोच्च अदालतले ठोस कदम चालेको छ। अदालतले सहकारी क्षेत्रका समस्या समाधान गर्न हालसम्म भएका कामकारवाही, नीति र योजना प्रस्तुत गर्न सरकारका उच्च अधिकारीहरूलाई छलफलमा उपस्थित हुन आदेश दिएको छ। साथै, बचतकर्ताको रकम फिर्ता गर्न पिडित राहत कोष निर्माण गरी बचत नि:शर्त फिर्ता गर्नुपर्ने र सहकारी ठगी गर्नेको सम्पत्तिबाट असुली प्रक्रिया अघि बढाउनुपर्ने निर्देशन दिएको छ।

    • प्रकाशित मितिः पुस १०, २०८१
    • 304 पटक पढिएको
  • नेपाल जेसीजको अध्यक्षमा रजनी थापा विजयी

    इटहरी  ।    नेपाल जेसीजको अध्यक्षमा फराकिलो मतान्तरले रजनी थापा निर्वाचित भएकी छन् ।थापाले ७६२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ३०९ रहेको छ ।यसैगरी कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।यस्तै, उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, सुमित्रा भट्टराई, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।थापा सन् २०११ मा जेसीजको साधारण सदस

    • प्रकाशित मितिः पुस ९, २०८१
    • 178 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ भने सुदूरपश्चिमको तुलनामा कर्णाली प्रदेशमा बढी पानी पर्ने सम्भावना छ। अन्य प्रदेशहरूमा भने छिटपुट वर्षा र बादल लाग्नेछन्।आज राती देशको कोशी, गण्डकी

    • प्रकाशित मितिः पुस ९, २०८१
    • 260 पटक पढिएको
  • वैश्य आज सप्तरीको अधिबेशन सम्पन्न

    राजविराज  ।   वैश्य समाज सप्तरीको प्रथम जिल्ला स्तरिय भेला तथा अधिवेशन सोमवार नयाँ नेतृत्वको चयन गर्दै सम्पन्न भएको छ । वैश्य समाजको पहिचान उत्थान र सम्मानका लागि राष्ट्रिय वैश्य महासंघ नेपालको जिल्ला जिल्लामा संगठन विस्तार गर्ने कार्यक्रम अन्तर्गत गरिएको प्रथम जिल्ला स्तरिय भेला तथा अधिवेशनले श्याम कुमार साहको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको हो ।समितिको उपाध्यक्षमा मनोज कुमार माझी, दिगम्बर साह, महिला उपाध्यक्ष सुनिता दास, महासचिवमा बब्लुकुमार चौधरी कलबार, सचिवमा राजलाल पण्डित, रामानन्द साह, कोषाध्यक्ष बलराम शर्मा र सहकोषाध्यक्षमा नारायण साहु र

    • प्रकाशित मितिः पुस ८, २०८१
    • 265 पटक पढिएको
  • भरत जंगम पक्राउ

    काठमाण्डौ । भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगमलाई सहकारीको रकम अपचलनको आरोपमा प्रहरीको नियन्त्रणमा लिएको छ।सहकारीको रकम दुरुपयोगबारे अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरिले जनाएको छ।जंगम बानेश्वरस्थित साई स्वागत सहकारीका पूर्व अध्यक्ष हुन्। सहकारीको आर्थिक अपचलनका सम्बन्धमा लामो समयदेखि छानबिन चल्दै आएको थियो। यसै सन्दर्भमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    • प्रकाशित मितिः पुस ८, २०८१
    • 310 पटक पढिएको
  • डा. निकोलस भुसाल पक्राउ

    काठमाण्डौ  ।   रवि लामिछानेको हिरासत बसाइको तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले आइतबार राती १० बजे भुसाललाई थलीबाट पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निकोलस भुसाल भन्ने कमल भुसाललाई काठमाडौँको थलीबाट पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः पुस ८, २०८१
    • 226 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ भने सुदूरपश्चिमको तुलनामा कर्णाली प्रदेशमा बढी पानी पर्ने सम्भावना छ। अन्य प्रदेशहरूमा भने छिटपुट वर्षा र बादल लाग्नेछन्।आज राती देशको कोशी, गण्डकी

    • प्रकाशित मितिः पुस ८, २०८१
    • 238 पटक पढिएको
  • लामिछानेविरुद्धको अभियोगपत्रको पुर्णपाठ, रबिलाइ हिरासतमै फर्काइयो सोमबारबाट थुनछेक बहस

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोग पत्र दायर गरेको हो ।उनी विरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात पाँच सय र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ । अदालतमा दायर गरेको अभियोग पत्र ४२७ पृष्ठ लामो रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 282 पटक पढिएको
  • जहाजमा अचेत भएका ताप्लेजुङका लिम्बू मृत

    काठमाण्डौ   ।    हङकङबाट काठमाण्डू आएको नेपाल वायुसेवा निगमको जहाजमा अचेत भएका यात्रुलाई अस्पताल पुरयाएपछि मृत घोषणा गरिएको छ ।जहाजमा अचेत भएका ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बूलाई त्रिभुवन विमानस्थलबाट सिनामंगलस्थित काठमाण्डू मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेको निगमले जनाएको छ ।निगमका प्रवक्ता रमेश पौडेलले हङकङबाट काठमाण्डू आउने क्रममा उडिरहेको जहाजमै अचेत भएका लिम्बूलाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको बताए ।उनले भने, ‘विमानस्थलनमा लिम्बूका आफन्त लिन आएका  रहेछन । हामीले उनीहरुलाई नै जिम्मा ल

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 382 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.