समाचार

    Showing 16,621-16,630 of 26,710 items.
  • बाजुरा केन्द्रबिन्दु बनाएर बिहान भूकम्प

    काठमाण्डौ  । बाजुरा केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ। जगन्नाथ गाउँपालिकाको गोत्री आसपास  केन्द्रबिन्दु भएर शनिबार बिहान ४ बजेर १४ मिनेटमा ५.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। भूकम्पको​ महशुस सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा पनि गरिएको छ। भूकम्पको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। 

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 518 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।आज राती देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानमा हल्का हि

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 397 पटक पढिएको
  • मेयर बालेन शाहद्वारा प्रशासकीय अधिकृत माथि कारवाही

    काठमाण्डौ  ।    काठमाण्डौ टावरमा गैरकानुनी काम गरेको भन्दै मेयर बालेन शाहले काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिस गरेका छन्। काठमाण्डौ टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएको बताएको छ।

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 539 पटक पढिएको
  • ग्यास ट्याङ्कर विस्फाेट हुँदा कम्तीमा ११ जनाकाे मृत्यु

    एजेन्शी  ।  भारतको राजस्थानमा ग्यास बोकेको ट्याङ्करमा आगलागी हुदा सो ट्यान्कर विस्फोट भएको छ। ट्याङ्करमा परेर कम्तीमा ११ जनाको ज्यान गएको छ ।राजस्थान राज्यको जयपुर–अजमेर राजमागमा ग्यास ट्याङ्कर विस्फोट हुँदा अन्य ३० जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । घाइतेमध्ये धेरै जनाको अवस्था गम्भीर छ । पेट्रोल पम्प नजिकै रोकिराखेको ग्यास ट्याङ्करलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा विस्फोट भएको थियो ।आगलागीबाट ट्रक र निजी कारसहित झन्डै ४० वटा गाडी जलेर नष्ट भएका छन् । दमकललाई आगो निभाउन निकै कठिनाइ भएको खबरमा उल्लेख छ । भारत पेट्रोलियमले घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई ज

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 373 पटक पढिएको
  • सर्वोच्च अदालतले दियो मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

    काठमाण्डौ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।शुक्रबार सर्वोच्चले उक्त आदेश दिएको हो । दुर्गा प्रसाईंका छोरा निराजनको तर्फबाट नारायण खवासले यही पुस २ गते थुनामुक्तको माग दाबी गर्दै रिट दायर गरेका थिए ।उक्त रिटमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाई गर्दै थुनुवा झिकाउने आदेशसहित कारण देखाउ आदेश जारी गरेको थियो । सोही रिटमा शुक्रबार सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो ।दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्च हाजिर गराइएको थियो । उनले आफू साइबर अपराधमा

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 198 पटक पढिएको
  • आज मन्त्रिपरिषद्को बैठक बस्दै

    काठमाण्डौ । बैठक आज दिउँसो १ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि बिहीबार अपराह्न ४ बजेका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 307 पटक पढिएको
  • नेपाल भारत सीमा फुङलिङ- टिप्ताला सड़क कालोपत्र गरिदिन चीन उत्साहित

    ताप्लेजुङ  ।   दुई सरकारबीच (जीटुजी) सहमति भए चीनले ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि टिप्ताला भञ्ज्याङसम्मको सडक कालोपत्र गरिदिने प्रस्ताव अगाडि सारेको छ। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र चीनको तिङ्च्ये काउन्टी पार्टी कमिटीका सचिव थाओ मिङचुन नेतृत्वको टोलीबीच भएको सीमा बैठकमा थाओले यस्तो प्रस्ताव गरेका हुन। जीटुजीमार्फत आए आफूहरूले तत्काल काम थाल्नेगरी सडक कालोपत्र गरिदिने प्रस्ताव चीनले पटक/पटक गरेको प्रमुख जिल्ला अधिकारी शर्माले पनि बताए । शर्माको नेतृत्वमा प्रहरी नायब उपरीक्षक रवि रावल, सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जन, कञ्चनजंघा संरक्षण क्षेत्र

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 322 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।आज राती देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानमा हल्का हि

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 524 पटक पढिएको
  • अबैध हुण्डी कारोवारमा चार जना पक्राउ

    काठमाण्डौ  ।  अवैध रुपमा हुण्डी कारोबार भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशाला, काठमाडौंद्वारा स्रोत नखुलेको ६८ लाख नेपाली नगद र ५ थान चेक सहित ४ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 344 पटक पढिएको
  • कोशी टप्पुमा अर्नाको आक्रमणबाट मण्डलको मृत्यु

    सप्तरी  ।  कोशी टप्पुमा अर्नाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ का शुभेलाल मण्डलको अर्नाले आक्रमण गर्दा मृत्यु भएको हो । खेतमा काम गरिरहेका बेला उनलाई अर्नाले आक्रमण गरेको हो । अर्नाको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएपनि उनको उपचारको क्रममा मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 277 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.