समाचार

    Showing 16,641-16,650 of 26,710 items.
  • ट्रकमा च्यापिएर चालकको मृत्यु

    इलाम  ।  इलाममा ट्रकमा च्यापिएर चालकको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका ३ सल्लेरीमा भएको घटनामा ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापा बस्ने ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको हो ।काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रक रवि–दमक सडकखण्डमा बिग्रिएपछि चालक तामाङले मर्मत गर्दै थिए।

    • प्रकाशित मितिः पुस २, २०८१
    • 282 पटक पढिएको
  • झापामा मोटरसाइकल दुर्घटनामा दुइजनाको मृत्यु

    झापा । दमक नगरपालिका–१०  मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चालकसहित तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ।मृत्यु हुनेमा मोटरसाइकलमा सवार जिल्ला झापा गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई रहेका छन् ।यसैगरी मोटरसाइकल चालक जिल्ला मोरङ रतुमाई नगरपालिका–८ का २७ वर्षीय विराज थापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रनाउ चन्दले बताए । मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस १, २०८१
    • 270 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।आज राती देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केहि

    • प्रकाशित मितिः पुस १, २०८१
    • 455 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ

    काठमाण्डौ  ।   पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य समायोजन गरेको हो ।  खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको छ । समायोजित मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटेको छ । 

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • 385 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।आज राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • 543 पटक पढिएको
  • बुटवलमा जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु

    काठमाण्डौ । बुटवलको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिँदा दम्पतीसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको हो ।उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोस्टमार्टम लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • 279 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।आज राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • 527 पटक पढिएको
  • अझै मानवता हराएको छैन

    फिदिम  ।  पाँचथरको फिदिम बजारस्थित मेची राजमार्ग सडकको बिच माथी डोरीमा झुण्डिएर तड्पिरहेको परेवालाई गर्न एक बटुवाले उद्दार गरेका छन । उनलाई  ट्राफिक प्रहरी जवानले आफनो कुममा बुई बोकेर परेवाको उद्धार गर्न सहयोग गरेका थिए ।

    • प्रकाशित मितिः मंसिर २८, २०८१
    • 474 पटक पढिएको
  • माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

    काठमाण्डौ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पार्टी मुख्यालय पेरिसडाँडामा बस्दैछ । बिहीबार  बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहालको कार्यब्यस्तताका कारण बस्न नसके पछि आज बिहान ११ बजे  पेरिसडाँडामा बैठक बस्दै छ ।गत मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, बीआरआइ सम्झौंता, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बैठक बोलाइएको हो ।

    • प्रकाशित मितिः मंसिर २८, २०८१
    • 464 पटक पढिएको
  • आज पत्रकार महासंघको निर्वाचन

    काठमाण्डौ  ।  आज नेपाल पत्रकार महासङ्घको निर्वाचन हुँदैछ। सदस्यता विवादका कारण पटक-पटक स्थगित हुँदै आएको निर्वाचन अन्ततः आज सम्पन्न हुने तयारीमा छ।निर्वाचनबाट आगामी तीन वर्षका लागि महासंघको केन्द्रीय समिति, प्रदेश समिति र शाखाहरूको नेतृत्व चयन हुनेछ।महासंघको अध्यक्षका लागि दुईजना उम्मेदवार प्यानलगत रूपमा र अन्य दुईजना स्वतन्त्र रूपमा प्रतिस्पर्धामा छन्। प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा हुने निर्वाचनका लागि ७७ वटै जिल्लामा मतदान केन्द्र तोकिएको छ। प्रतिष्ठान शाखा र एसोसिएट संस्थाहरूको मतदानका लागि पनि काठमाडौंका विभिन्न स्थानमा मतदान केन्द्र तोकिएको छ।आगामी तीन वर्षका लागि नेत

    • प्रकाशित मितिः मंसिर २८, २०८१
    • 459 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.