समाचार

    Showing 16,741-16,750 of 26,710 items.
  • लेटाङ क्षेत्रमा चोरी आतंक

    लेटङ  ।   मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ मा दैनिक रुपमा चोरीका घटना बढेका छन । पछिल्लो ३ महिनादेखि लगातार चोरीका घट्ना हुने गरेको भएता पनि हाल सम्म चोरी गर्ने ब्यत्ति पत्ता लगाउन सकिएको छैन।लेटाङ ५ को ब्रदर्श सप्लायर्समा करिव ५५ हजार बरावरको सामान र पैसा चोरी भएको निवेदन प्रहरी संग छ । दुमि किराना पसलवाट ८० हजार वरावरको सामान र पैसा चोरी भयो । शिव राइको घरमा १८ तोला चाँदी र १ तोला सुन गरेर करिव २ लाख बरावरको चोरी भयो । सावित्रा भण्डारीको किराना पसल फुटाएर सम्पुर्ण सामाग्री चोरी भयो । यी प्रतिनीधी चोरीका घट्ना हुन् । मोवाईल चोरी गर्ने, पर्स चोरी गर्ने, लत्ता कपडा चो

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 389 पटक पढिएको
  • लामिछानेको राहदानी किर्ते सम्बन्धी मुद्दा सर्वोच्चमा पेसी चढ्यो

    काठमाडौं । राहदानी दुरुपयोगको अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुद्दा नचलाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदन सोमबार पेशीमा चढेको छ ।महान्यायाधिवक्ताको कार्यालय र लामिछाने विरुद्धको निवेदन न्यायाधीशहरु हरि फुयाल र नृपध्वज निरौलाको इजलासमा पेशीमा परेको हो ।अमेरिकी राहदानी प्रयोग गरिरहेको अवस्थामा लामिछानेले नेपालबाट राहदानी बनाएको र त्यसको प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 511 पटक पढिएको
  • तेह्रथुमको लालिगुँरास–८ मा कांग्रेसका लिम्बु विजयी

    तेह्रथुम  ।   तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएका छन ।आइतबार सम्पन्न उपनिर्वाचनमा उनले चार सय ४० मत प्राप्त गररेका मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी गराए ।लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बुद्धबहादुर लिम्बुले तीन सय ६० मत प्राप्त गरे । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जिव खड्काले ३८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुमार विश्वकर्माले २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्न बहादुर श्रीपालीले चार, स्वतन्त्र उम्मेदवार वसन्त लिम्बुले चार र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 327 पटक पढिएको
  • स्थानीय तह उपनिर्वाचन: कांग्रेसले गुमाउँदै, एमाले र माओवादी सिट बढाउँदै

    काठमाडौं— स्थानीय तहका रिक्त ४४ पदको उपचुनावमा अब नतिजा आउन ७ स्थान मात्र बाँकी छ ।अन्तिम नतिजा सार्वजनिक भएका मध्ये कांग्रेसले १७ स्थानमा जितेको छ । कांग्रेस उम्मेदवारले कोशी प्रदेशमा ३, मधेसमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदुरपश्चिमा ५ पदमा विजयी भएका छन् । अब नतिजा आउन बाँकी सबै क्षेत्र जित्यो भनेपनि कांग्रेसको सिट संख्या २४ मात्र हुन्छ ।यो भनेको कांग्रेसले ०७९ मा जितेको सिट संख्या गुमाइसकेको छ । उपचुनाव भएका ४४ मध्ये कांग्रेसले जितेको २७ स्थानमा रिक्त भएको थियो ।नेकपा एमाले र नेकपा माओवादीले केही सिट थपिसकेको छ । उपचुनाव भएका क्षेत्रहरुमा यसअघि माओवादीले जितेको ८ र एमालेले जितेको ७ स्था

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 386 पटक पढिएको
  • काठमाडौ १६ मा वडाध्यक्ष पदमा रास्वपाका श्रेष्ठ निर्वाचित

    काठमाण्डौ  ।  काठमाडौँ महानगरपालिका वडा नं १६ मा भएको स्थानीय तह उपनिर्वाचनमा वडा अध्यक्ष पदमा रोजिना श्रेष्ठ निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय पार्टी कार्यालय वनस्थलीमा आज बिहान विजयी उत्सव मनाए ।

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 463 पटक पढिएको
  • प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो ।प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र मुख्यसचिव लगायत उच्च पदस्थ कर्मचारीहरूले बिदाइ गरेका छन् ।

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 328 पटक पढिएको
  • प्रधानमन्त्री केपी ओली आज चीन भ्रमणमा जाँदै

    काठमाण्डौ  ।  प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज चीनको बेइजिङ प्रस्थान गर्दै छन्।चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनीले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन्। प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झा

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 327 पटक पढिएको
  • गढ़ी-६ वड़ाध्यक्षमा तेतर साहू बिजयी

    इनरुवा   ।   सुनसरीकाे गढी ६ काे वडा अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु २२ मतले बिजयी भए । अन्तिम परिणाम : रूख ८१६, हसिया हताैडा ७९४ र सूर्य ७७० मत । उक्त वडा यस अघि एमालेले ७१२ मतका साथ जितेकाे थियाे ।

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 252 पटक पढिएको
  • नेपालका संघीय मामिलामन्त्री गुप्ता र तिब्बतका कार्यकारी उपाध्यक्षबीच भेटवार्ता

    काठमाण्डौ  ।  नेपालको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र चीनको स्वायत्त प्रदेश सिचाङ अर्थात् तिब्बतका कार्यकारी उपाध्यक्ष छन योङचीबीच भेटवार्ता भएको छ। नेपाल–चीन सीमा व्यापार समन्वय तथा सहकार्य संयन्त्रको दोस्रो बैठकमा सहभागी हुन तिब्बती टोलीको नेतृत्व गर्दै नेपाल आएका योङचीले नोभेम्बर २९ तारिख  मन्त्री गुप्तासँग मन्त्रालयमा  भेट गरे का छन। उपाध्यक्ष योङ्चीको साथमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ समेत सहभागी थिए l भेटघाटको अवसरमा मन्त्री गुप्ताले नेपाल–चीन सीमा व्यापार समन्वय तथा सहकार्य संयन्त्रको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएकाकामा बधाई ज्ञा

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • 292 पटक पढिएको
  • हिमाल आरोहण गर्न ७२देशका आरोहीको आगमन

    काठमाण्डौ   ।    शरद यामीको हिमाल आरोहणका लागि ७२ वटा देशका १ हजार २ सय ५१ नागरिक नेपाल आइपुगेका छन् । पूर्वमा संखुवासभामा पर्ने मकालु हिमालदेखि पश्चिममा दार्चुलामा पर्ने अपीसम्मका ४६ हिमाल आरोहण गर्न यस पटक ७२ वटा देशबाट आरोही नेपाल आएको पर्यटन विभागले जनाएको छ। यस पटक सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकाबाट १ सय ३१, बेलायतबाट १ सय ५, फ्रान्सबाट ८३, चीनबाट ७९, जर्मनीबाट ७७ रसियाबाट ७५, जापानबाट ६४, चेक रिपब्लिकबाट ६२, स्पेनबाट ५१ र अस्ट्रेलियाबाट ५० आरोही नेपाल आएका छन् । शरद्कालीन यामको आरोहणका लागि २ सय ९२ महिला र ९ सय ५९ पुरुष आरोही रहेको विभागले जनाए । विदेशीबाहेक

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • 354 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.