झापा । साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारबाट प्रहरीले ५९४ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ । ट्याङकरसहित पक्राउ पर्नेमा तीन भारतीय र एक जना नेपाली नागरिक रहेका छन् ।आज बिहान करिब २ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको दैनिक पिकेट डिउटीले गाँजा बोकेको को १ ७३२२ नम्बरको डिजेल-पेट्रोल बोक्ने ट्याङकर गाडीसहित चार जनालाई पक्राउ गरेको हो ।मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको ट्याङकरमा लागु औषध बोकेको शंका लागी चेकजाँच गर्दा ट्याङकरको तेल राख्ने पाँच वडा डिब्बा (केल) मध्ये बिचको (केल) भित्र ५ सय ९४ केजी गाँजा भेटिएको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवनकु
काठामाण्डौ । सरकारले आगामी वर्षभरि (१ वैशाख ०८१ देखि चैत मसान्तसम्म) का लागि सरकारी तथा सार्वजनिक बिदा निर्धारण गरेको छ।गृह मन्त्रालयले आज एक सूचना प्रकाशन गरी संवत् २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि देहायबमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको जनाएको छ।सार्वजनिक सूचीअनुसार २७ दिन पर्व बिदा, ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा रहेका छन् । २०८१ सालमा २७ पुसमा पृथ्वीजयन्ती (राष्ट्रिय एकता दिवस)को पनि सार्वजनिक बिदा दिइएको छ । यसअघि १० जेठमा बुद्धजयन्तीको बिदा दि
काठमाडौं । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा/काज भएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयले मङ्गलबार फागुनदेखि नै खटाएको ठाउँबाट तलव भत्ता पाउनेगरी उनीहरूको सरुवा/काज गरेको हो।हेर्नुहोस् एसपी सरुवा/काजको सूची:
काठमाडौं । पोखरामा ६ किलो ६९ ग्राम अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीले सुनसहित पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिकलाई मंगलबार पक्राउ गरेको हो । उनको साथबाट ६ किलो ६९ ग्राम अवैध सुन बरमद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।सुनसहित ६ किलो चादी र नगद ६२ लाख ८१ हजार बरामद गरिएको थापाले बताए ।भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ घर भई पोखरामा भाडामा बस्दै आएका ४० वर्षीय सुरजितले अवैध रूपमा सुन ल्याएको सूचना जिल्ला प्रहरी कार्यालय कास्कीले पाएको थियो।उक्त सूचनापछि प्रहरीको टोलीले सोमबार राति पौने ७ बजे स
काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहको छ।दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रहि सुदुरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।राती भने कोशी र मधेस प्रदेश लगायत बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक देखि
काठमाडौँ । भिडियो प्ल्याटफर्म सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई पत्र लेख्दै औपचारिक रूपमै प्रतिबन्ध खुला गर्न आग्रह गरेको छ । टिकटकले नेपाल सरकारलाई अर्को पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाउँदै टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइदिन आग्रह गरेको हो ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले लेखेको पत्रमा पाँचबुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ । टिकटकले नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्ध रहेको प्रस्ट पारेको छ । त्यसै गरी टिकटकमा प्रसारित सामग्रीलाई प्रत्य
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको
मोरङ । भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ । सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो ।सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो । नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको उनले बताए ।सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो
काठमाडौँ । नेपाल सरकारका २१ जना राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को सरुवा गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले मातहतका विभिन्न निकायमा कार्यरत लेखाका उपसचिवहरूको काज सरुवा गरेको हो । कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयदेखि ठुला र आकर्षक मानिएका आयोजनासम्मका लेखा प्रमुखहरूको अदली बदली गरेको हो । हेर्नुहोस् सूची :
सिराहा । सिराहा प्रहरीले कटुवा पेस्तोल सरोज कुमार यादवलाई नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिका वडा नं. ७ शलहेश मन्दिर स्थित वादविवाद भएको खबर प्राप्त हुना साथ वडा प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायब निरीक्षक अमित कुमार रायको कमाण्डमा प्रहरी टोली उक्त ठाउँमा पुगेका थिए ।औरही गाउँपालिका वडा नं. ३ का करिब २२ वर्षीय संजित कुमार यादव र उनको करिब १८ वर्षीया बहिनी संजिता यादव सिरहा नगरपालिका वडा नं. ७ मा रामपुकार शर्माको घरमा डेरा गरी बस्दै आएको अवस्थामा औरही गाउँपालिका वडा नं. ४ कमलपुरका करिब २० वर्षीय सरोज कुमार यादवले उनीहरु बस्दै आएको घरमा आई उनीहरूसँग वादविवाद गरी रहेको अबस्थामा सरोज कुमा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.