समाचार

    Showing 16,791-16,800 of 26,710 items.
  • स्वास्थ्य जाँच गर्न दुर्गा प्रसाईंलाई वीर अस्पताल लगियो

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई वीर अस्पताल लगिएको छ ।आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीले स्वास्थ्य जाँचका लागि अस्पताल पुर्‍याएको हो ।उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । प्रसाईंले कीर्ते कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका थिए ।

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 300 पटक पढिएको
  • उपनिर्वाचनमा पर्यवेक्षण गर्न नौ संस्थालाई अनुमति

    काठमाडौं— निर्वाचन आयोगले मङ्सिर १६ गते हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न नौ वटा संस्थालाई अनुमति दिएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले आयोगको सोमबार बसेको बैठकले नौ वटा संस्थानलाई उपनिर्वाचनको पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको जानकारी दिइन । उनका अनुसार नेपाल जन प्रशासन संघ, रेडियम लामिछाने स्मृति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, नेपाल मानव अधिकार संगठन, सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल, केन्द्रीय बहिरा क्याम्पस, सुशासन महासंघ नेपाल, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्रलाई अनुमति दिइ

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 182 पटक पढिएको
  • फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?

    काठमाडौं— दुर्गा प्रसाईंलाई फेरि प्रहरीले पक्राउ गरेको छ । कीर्ते कागजात बनाएर प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पटक पटक अभिव्यक्तिका कारण विवादमा आउने प्रसाईंले कीर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिँजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए । ती विवरण सामाजिक सञ्जालमा भाइरल भएका छन् । प्रारम्भिक जाँचका क्रममा प्रसाईंले सार्वजनिक गरेका स

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 611 पटक पढिएको
  • दुर्गा प्रसाईं निवासबाटै पक्राउ

    काठमाण्डौ  ।   दुर्गा प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशमा लगानी रहेको भन्दै फेक डकुमेन्ट सार्वजनिक गरेको अभियोगमा उनलाई पक्राउ गरिएको सिआइबी स्रोतले बतायो ।प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए।गत असोज १५ गते काठमाडौं जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनलाई रिहा गर्न आदेश दिएको थियो। ​ दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटीमा रिहा गर्न आदेश द

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 572 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराई भू-भागका थोरै स्थानहरुमा हुस्सु\कुहिरो लागेको छ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।आज राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 325 पटक पढिएको
  • प्रदेशको नाम 'कोशी' खारेजको मागसहित फेरि आन्दोलनको घोषणा

    विराटनगर—कोशी नाम खारेजीलाई मुख्य मुद्दा बनाउँदै पहिचान पक्षधरले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन्। प्रदेशको नाम ‘कोशी’ राखिएपछि खारेजीको माग गर्दै नामकरणविरुद्ध पहिचान पक्षधर आन्दोलित छन्। पहिचानको मुद्दालाई स्थापित गर्ने दाबी गर्दै प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर औपचारिक हिसाबले आन्दोलन घोषणा गरेको हो। यद्यपि, आइतबार नै विराटनगरमा शक्ति प्रदर्शन गर्दै आन्दोलनको घोषणा गरिसकिएको थियो।  समितिले आगामी फागुन १७ गतेलाई कालो दिवसका रूपमा मनाउन लागेको जानकारी पत्रकार सम्मेलनमा दिइयो। समितिले चैत १० गतेसम्म कोशी प्रदेशको नाम खारेजी र पु

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • 214 पटक पढिएको
  • पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    काठमाडौं— पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय  सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवङ्गत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उनका छोराहरूले दागबत्ती दिए।पूर्व सभामुख ढुङ्गानाको सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्र

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • 239 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराई भू-भागका थोरै स्थानहरुमा हुस्सु\कुहिरो लागेको छ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भा

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • 288 पटक पढिएको
  • बसको ठक्करबाट एक छात्राको घटनास्थलमै मृत्यु

    सुनसरी । सुनसरीमा बसको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।सुनसरीको शान्ति चोकमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले जनता माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया सम्झना यादवलाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको हो ।बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले नियन्त्रणमा लिएर आगजनी गरेका छन्।आगजनीपछि सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । 

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 370 पटक पढिएको
  • गृहमन्त्री लेखकलाई भेटेर एसएसबी महानिर्देशकले के भने ?

    काठमाडौं— गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीका महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ।सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल एसएसबीका बीच दुई देशको सीमा सुरक्षाका क्षेत्रमा सौहार्दपूर्ण वातावरणमा भइरहेको कामका विषयमा छलफल भएको थियो।भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागुऔषधको अवैध कारोबार र ओसारपसार तथा मानव बेचबिखन नियन्त्रणका साथै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग र सहकार्य गर्न जोड दिए।गृहमन्त्री लेखकले जनताले कष्ट नपाउनेगरी सौहार्दपूर्ण वातावरणमा शान्तिस

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 348 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.