समाचार

    Showing 16,841-16,850 of 26,710 items.
  • निर्मला पन्तक़ो हत्यारा चिनेको भनि प्रचार गर्ने ब्यक्ति पक्राउ

    काठमाण्डौ   ।   कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्ता मार्फत गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा प्रहरीले बुधबार गोरखाका नवराज अर्याललाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ति जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिर जवानीमा छाडेको थियो । सिआइबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको छ।

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 315 पटक पढिएको
  • बेलबारीमा चोरको बिगबिगी एकै रात ५ वटा घर चोरि

    बिराटचौक  ।   मोरंगक़ो बेलबारी नगरपालिका वडा नम्बर -२ मा एकैरात  ५ वटा घरमा चोरी भएको छ ।बेलबारी २ लोकतान्त्रिक मार्गका इन्द्र राई, सङ्गीता मगर, थापा, सुरज थापा, लक्ष्मी चौकका विश्वदीप राईको घरमा चोरी भएको छ । गए राती भएको सम्बन्धित पीडितहरू बताउँछन् । ति सबै घरहरुमा चोरी भएको हो । इन्द्र राईको पहिलो तालाको घरको झ्याल र  ढोकाका फोडी, दोस्रो ताला प्रवेश गर्ने फलामे गेटको ताला तोडी ५ तोला सुन र १५ हजार नगद चोरी गरेको छ । चितवन पोखरा घुम्न गएको बेला घरमा कोही नभएको दाउपारि चोरी भएको स्वयम राईले जनाए । राईका अनुसार बुधबार बिहान घुमेर फर्कँदा घरमा झ्याल, डोका फोडिएको, क

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 391 पटक पढिएको
  • मन्दिर कि पुजारी मृत भेटिन

    सुर्खेत ।  सुर्खेतको चर्चित धार्मिक पीठ देउती बज्यै मन्दिरकी पुजारी मृत भेटिएकी छिन् । मन्दिरकी पुजारी ५० वर्षीया सरस्वती राजीको बुधबार बिहान ४ बजे मन्दिरको ढोकामा शव भेटिएको थियो। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। थप विवरण आउन बाँकी छ ।  मन्दिरमा पूजा रोकिएको   छ ।

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 198 पटक पढिएको
  • भारतीय स्थल सेनाध्यक्ष पाच दिने नेपाल भ्रमणमा आउने

    काठमाण्डौ  ।   भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी पाँच दिने भ्रमणका निम्ति नवंबर २० मा नेपाल आउने भएका छन् । उनले नवंबर २० देखि २४ सम्म नेपाल भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् । उनलाई नवंबर २१ का  दिन राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । भारतीय सेनाध्यक्षलाई मंसिर ६ गते नेपाली सेनाको मानार्थ महारथीको सम्मान दिइनेनेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेनाप्रमुख नेप

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 336 पटक पढिएको
  • लाइन जोड़िएका उद्योगहरुले रकम नबुझाए सरकार जिम्मेवार हुने; कुलमान

    काठमाण्डौ  ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले दिएको १५ दिनको समयसीमाभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन फेरि काटिने बताए । बुधबार पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक घिसिङले १५ दिनभित्र बक्यौता नबुझाए उद्योगहरूको लाइन पुन :काटिदिने बताए । 'सरकारले नै १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिएको छ । यदि १५ दिनभित्र कुनै उद्योगले बक्यौता नतिरे फेरि लाइन काट्छौँ,' उनले दोह्राएर भने । कार्यकारी निर्देशक घिसिङले आफूहरूले सरकारले दिएको निर्देशन मानेर लाइन जोडेकाले बक्यौता नउठे त्यसको जिम्मा सरकार र ऊर्जा मन्त्रालयले लिनुपर्नेमा जोड़ दिए ।"हामील

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 336 पटक पढिएको
  • ‘दमक भ्यु–टावर’ संचालनमा देखिएक़ो अन्योलताले सर्वत्र आलोचित

    दमक   ।   सरकारको करिब डेढ अर्ब लगानीमा झापाको दमकमा निर्माण भएको व्यावसायिक भनिने ‘दमक भ्यु–टावर’ संचालनमा अझै अन्योलता रहेको छ । टावर सञ्चालनको मोडालिटी कस्तो बनाउने भन्ने विषय पेचिलो देखिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा उद्घाटन गरेको टावर यस समय स्थानीय नागरिकहरु टहल्ने स्थल मात्र बनिरहेको छ । टावर संचालनका सम्बन्धमा संघीय सरकार र स्थानीय सरकारबीच मत बाझिएको कारणले यसक़ो ब्यबस्थापन गर्न असहज भएक़ो स्थानीयको भनाइ छ । संचालनका सम्बन्धमा सहरी विकास मन्त्रालयमा छलफल चलिरहेको उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहका स्वकीय सचिव युपी लामिछा

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 344 पटक पढिएको
  • करिब ३ सय ७ किलो गाँजा सहित कृषि फर्मका संचालक पक्राउ

    सुनसरी  ।  धरान उपमहानगरपालिका-१७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषी फर्मबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ७ किलोग्राम सहित कृषि फर्म संचालक धरान उपमहानगरपालिका-१३ निबासी ४४ वर्षीय मनिराज राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।सो फर्ममा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले फर्ममा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको अबस्थामा सो परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 333 पटक पढिएको
  • रवि लामिछाने माथि सहकारी सम्पति अपचलन मुद्दामा बयान लिने काम जारी, बिरोधमा निरन्तर प्रदर्शन

    रुपन्देही  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा दोस्रो दिनको बयान सकिएको छ । बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको बयान साँझ ७ बजे सकिएको हो ।दोस्रो दिन लामिछानेलाई ६० वटा प्रश्न सोधिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भोलि बिहीबार पनि  बयान लिइने क्रम जारी रहने प्रहरीले जनाएको छ ।जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा बयान लिइएको छ । बयान सकिएपछि गएराति लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको थियो भने बुधबार पनि सोही कक्षमा राखिने प्रहरीले जनाए ।रविक

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 432 पटक पढिएको
  • राहत वितरण नामावली बिबाद टुंगो लाग्यो

    सुनसरी  ।  सुनसरी जिल्लको हरिनगर गाउँपालिका वडा नं. ७ मा बाढी पीडितलाई गाउँपालिका मार्फत सेवक नेपालले बाँट्ने राहतको लागि संकलन गरिएको नामावली  बिषयलाई लिएर चलिरहेको बिवाद आज  टुंगो लागेको छ।सो विवाद पछि गाउँपालिका अध्यक्ष गफार अंसारी एवं वडा अध्यक्ष मुज्जमिल खानको रोहबरमा गठन गरिएको सर्वदलीय तथा सर्वपक्षीय १५ सदस्य नामावली सङ्कलन समितिले आज अन्तिम नामावली पेस गरे संगै विवादको टुंगो लगाए ।जस अनुसार १५ सदस्य नामावली सङ्कलन समितिले अब  पनि नामावली तथा राहत वितरणको बिषयलाई लिएर कुनै विवाद उत्पन्न भए सोक़ो  जिम्मेवारी समितिले लिने र यसमा गाउँपालिका अध्यक्ष गफार अंसारी

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 240 पटक पढिएको
  • नेपाल प्रबेश गर्न लागेका दुई बंगलादेशी नागरिक पक्राउ

    झापा  ।   नेपाल भारत सीमा अन्तर्गत मेचीनगर नगर पालिका -७स्थित गैरी गाँउ सीमा इलाकामा रहेको सीमा स्तम्भ नं ९०/३नजिक बंगलादेशी नागरिक २२बर्षीय अब्दुल रहमान र २५बर्षीय रियाद हुसैनलाई  अबैध रूपमा भारतबाट नेपल तर्फ आई रहेको अबस्थामा स्थानीय सतिघट्टाबाट परिचालन गरिएक़ो पिकेट ड्यूटीमा रहेक़ो टोलीले चेक जॉच गर्दा शंकास्पद लागि पक्राउ गरेक़ो छ l उक्त टोलीले सोधपुछक़ो क्रममा उनीहरुसंग परिचय पत्र नभएको र उनीहरुले आफुहरु बंगलादेशी रहेको बयानक़ो आधारमा उनीहरुलाई काकरभिट्टा स्थित इमीग्रेशन कार्यालयमा बुझाए क़ो शसस्त्र प्रहरी बल नेपाल नम्बर २गणका डिएसपी हेम राज बिष्टले जानकारी गराएका छन।

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 411 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.