समाचार

    Showing 16,851-16,860 of 26,710 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।साथै तराईका केही भागमा हल्का हुस्सु लागेको छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।आज राती कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 321 पटक पढिएको
  • कांग्रेस उपसभापति गुरुङसँग ५ घण्टा बयान

    काठमाडौं- मितेरी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङसँग प्रहरीले सोधपुछ गरेको छ ।सहकारी ठगीबारे अनुसन्धान गरिरहेको टोलीले बुधबार गुरुङलाई लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरोमा बोलाएर पाँच घन्टा घटनाबारे सोधपुछ गरेर कागज गराइएको हो । सहकारीमा बचतकर्ताको रकम दुरुपयोग घटनामा गुरुङ पत्नी ज्योतीविरुद्ध अन्तरर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।उनी संस्थामा महाप्रबन्धक रहेका बेला बचतकर्ताबाट संकलित १२ करोड ५० लाख रुपैयाँ रकम हिनामिना भएको आरोप छ । अहिले त्यो रकम ब्याज समेत गरेर १४ करोड ८१ लाख रुपैयाँ पुगेको प्रहरीको भनाइ छ ।प्रहरीको अनुस

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • 410 पटक पढिएको
  • १५ दिनभित्र महसुल नतिरे पुनः लाइन काट्छौं : कुलमान

    काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विद्युत प्रयोग गरेबापतको बक्यौता महसुल १५ दिनभित्र नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताएका छन् ।बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारको निणर्य बमोजिम अहिले उद्योगहरुमा लाइन जोडिएको बताए । सरकारले १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिएकाले त्यसको कार्यान्वयन आफूले सुरु गरेको उनको भनाई छ । ‘सरकारको निर्देशन अनुसार १५ दिनभित्र बक्यौता बुझाउनुपर्ने छ । त्यस अवधिमा बक्यौता नबुझाउने हो भने हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौं,’ उनले भने ।१५ दिनभित्र बक्यौता नउठे त्यसको जिम्मा सरकार र ऊर्जा

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • 358 पटक पढिएको
  • स्वतन्त्र पत्रकार संघ नेपाल सुनसरी जिल्ला सम्मेलन सम्पन्न

    सुनसरी  ।  स्वतन्त्र पत्रकार संघ नेपाल सुनसरी जिल्ला भेलाक़ो उद्घाटन गर्दै स्वतन्त्र पत्रकार संघ नेपाल कोशी प्रदेश संयोजक देवेन्द्र किशोर ढुङगानाले नेपाली पत्रकारिता प्रति जन बिश्वास खस्किदै जानूमा पत्रकारक़ो नाममा राजनितिक पार्टीक़ो वकालत गर्नु र जनताक़ो पक्षमा पत्रकारिताले धर्म छोडनुले यस्तो अबस्था देखिनु बिडम्बना रहेक़ो बताए l उनले पत्रकार सदैव स्वतन्त्र रहनु पर्ने र सरकारक़ो बिपक्षमा रही जनताक़ो पक्षमा कलम चलाउनु पर्नेमा हामी कहॉ पत्रकारहरु सरकार, भ्रष्ट राजनितिक ब्यक्ति, संस्था, ब्यापारीर बिदेशीहरुक़ो हितमा कलम चलाई दिनाले हाम्रो राष्ट्रियता खतरामा परेको स्मरण गराए lइनरुवा स्थित होटल फु

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • 379 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केहि स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज राती कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • 441 पटक पढिएको
  • बयानका लागि रवी लामिछानेलाई रुपन्देही लगिने

    काठमाडौं–पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेलाई आज बयानका लागि रुपन्देही लगिने भएको छ । हुस्सुका कारण उडान प्रभावित भएपछि उनलाई एयरपोर्टमै राखिएको छ ।बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाबाट १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोपमा लामिछाने र अन्य १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिइसकेको छ । लामिछानेको आज नै बयान सकेर कास्की फर्काउने प्रहरीको तयारी रहेको छ । प्रारम्भिक अनुसन्धान अनुसार, बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रुपैयाँ लामिछानको नाममा र १४ करोड २९ लाख रुपैयाँ अन्य व्यक

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 397 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केहि स्थानमा हल्का वर्षाको  साथै उच्च पहाडी  तथा हिमाली भू-भागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतय

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 258 पटक पढिएको
  • सरकारले गर्यो लाल आयोगको प्रतिवेदन सार्वजनिक

    काठमाण्डौ  ।    सरकारले लाल आयोगको प्रतिवेदन  सार्वजनिक गरेको छ । सरकारले सोमबार डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि गठन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । सरकारले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको विद्युत् महसुलको विवाद समाधानका लागि सरकारले २०८०/९/२४ गते  गिरीश चन्द्र लालको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो । 

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 273 पटक पढिएको
  • कुदु जिरो प्वाइन्टनजिक फोर्स गाडी दुर्घटना, २८ जना घाइते

    जाजरकोट— भेरी नगरपालिका–७ स्याउली बजारबाट नेपालगन्जका लागि छुटेको फोर्स गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका–१३ कुदु जिरो प्वाइन्टनजिक दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । स्याउली बजारबाट यात्रु लिएर नेपालगन्जतर्फ जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिनेश तिमिल्सेनाका अनुसार जगतीपुर प्रहरीले चेकजाँच गर्ने क्रममा १० जना महिला ७ जना पुरुष र ५ जना बालबालिका सहित २१ जना ईन्ट्री गराएको बिचबाटोमा केही यात्रु थपेको प्रहरीको अनुमान छ । उनका अनुसार गाडीमा सवार ४ जनाको अवस्था गम्भीर रहेको छ । बाँकी घाइतेलाई सामान्य चो

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 315 पटक पढिएको
  • कोप–२९ अजरबैजानको बाकुमा सुरु

    अजरबैजान— बढ्दो जलवायु चुनौतीको सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप–२९) सम्मेलन सोमबारदेखि सुरु भएको छ ।सम्मेलनमा विश्वभरका नेताहरू छलफल र विश्वव्यापी सहकार्यका लागि नोभेम्बर २२ सम्म बाकुमा भेला भई जलवायु सङ्कटको सामनामा  केन्द्रित रहने जनाइएको छ । देशहरूले उत्सर्जनमा कटौती र विश्वव्यापी आपूर्ति शृङ्खलामा थप उदारलगायतका व्यवस्था गर्न नसकेसम्म कुनै पनि अर्थव्यवस्था जी–२० सहित–अनियन्त्रित विश्वव्यापी उष्णताबाट बाँच्न नसकिने तथा गम्भीर मुद्रास्फीति प्रभावबाट उम्कन नसक्ने राष्ट्रसङ्घले जनाएको छ ।राष्ट्रसङ्घका

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 186 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.