समाचार

    Showing 16,861-16,870 of 24,982 items.
  • बस र टिपर ठोक्किँदा १७ जना घाइते, एक जनाको अवस्था गम्भीर

    काठमाडौं । काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति ९ः४५ बजे सुनवल–४ स्थित गैरे पेट्रोलपम्प नजिकै अल्कत्रेडाँडा भन्ने स्थानमा ठोक्किएका थिए । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा  बसमा सवार ३५ जनामध्ये चालकसहित १७ जना घाइते भएका हुन् । घाइते हुनेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन्, भने तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जनालाई उपचारपछि डिस्चार्ज गरिसकेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।घाइतेहरुको देवदह मेडिकल कलेज भलुही र लुम्बिनी प्रादेशिक अस

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 235 पटक पढिएको
  • नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने १० जना पक्राउ

    काठमाडौँ  ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंस्थित अमेरिकी दूतावासको समन्वयमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अमेरिकाका लागि आवेदन दिने १० जनालाई पक्राउ गरेको जनाइएको छ।पक्राउ पर्नेमा धनुषाका विवेक उपाध्याय, मकवानपुरका भगवती उप्रेती, लमजुङका रोना गुरुङ, ललितपुरका संजय महर्जन, चितवनका सुमन ढकाल, सिरहाका सक्षम अर्याल, सर्लाहीका सुरज अधिकारी र स्वर्णिम दाहाल, दोलखाका अशोक श्रेष्ठ र पर्साका पुरुषोत्तम मल्लिक छन्। सन् २०२३ का लागि डिभी परेकाहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्न थालेपछि अमेरिकी दूतावासले प्रहरीलाई खबर गरेको थियो। भिसा आवे

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 200 पटक पढिएको
  • भिजिट भिसा प्रकरण: २२ जनाविरुद्ध मुद्धा दर्ता, अध्यागमनका ८ कर्मचारी फरार

    काठमाडौं । भिजिट भिसाको नाममा मानव तस्करी गरेको आरोपमा ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्धा दायर भएको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयको सुरुवाती र पछि जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसुरमा मुद्धा दर्ता भएको हो ।१२ जनालाई फरार प्रतिवादी बनाउँदै अदालतमा मुद्धा दायर गरेको जिल्ला न्यायाधीवक्ता सन्देश श्रेष्ठले बताए । फरार रहनेमा ८ जना सरकारी कर्मचारी छन् ।विमानस्थलमा अध्यागमन कार्यरत रहेर हाल राष्ट्रिय  विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत ताराबहादुर कुँवर, अध्यागमन अधिक

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 203 पटक पढिएको
  • बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका चौधरी चिरायु अस्पताल भर्ना

    काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापा चिरायु अस्पताल भर्ना भएका छन् ।स्वास्थ्यमा समस्या देखिएको भन्दै उनीहरुलाई महराजगञ्जस्थित अस्पताल भर्ना गरिएको प्रहरी स्रोतले बताएको छ । जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।फर्काएर ल्याउँदा उनीहरुलाई हिरासतमा नराखी अस्पताल भर्ना गरिएको हो । पक्राउ परेकामध्ये थापा ८२ वर्षका छन् । उनको मुटुको समस्या छ । चौधरीलाई पनि रक्तचापको समस्या भएको भन्दै अस्पताल भर्ना गरिएको हो ।यही प्रकरणमा अपराह्न सीजी चाँदबागका अध्यक्ष स

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 188 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।साथै तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ। देशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा  आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।राति भने कोशी, बा

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 237 पटक पढिएको
  • बनेपाको भैंसेपाटिमा यात्रुवाहक बस दुर्घटना

    काठमाण्डौ  ।  बनेपाको भैंसेपाटिमा एक यात्रुवाहक बस दुर्घटना भएको छ ।  पनौतीबाट काठमाडौँ आउँदै गरेको बसले विपरीत दिशाबाट आइरहेको बसलाई ठक्कर दिँदा ५ जना घाइते भएका छन्।  काठमाडौँ आउँदै गरेको बा.२ ख ६६६९ नम्बरको बसले बा प्र-०१-००६ ख २९९७ नम्बरको मयूर बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि सिरमेमोरियल अस्पताल पठाएको प्रहरीले बताएको छ। पाँचखाल नपा-६ की २४ वर्षीया नवीना दनुवार र नमोबुद्ध नपा-५ की २० वर्षीया करुणा भुजेलको उपचार भइरहेको छ।जिल्ला काभ्रे नमोबुद्ध नपा-३ की ३६ वर्षीया वाङ्जु लामा‚ उनकी ११ वर्षीया छोरी फुर्सङ लामा र ९ वर्षीय छोरा समर्पण लामा दा

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 191 पटक पढिएको
  • हाइसको ठक्करबाट एक महिलाको मृत्यु

    काठमाडौं । कञ्चनुरमा हाइसको ठक्करबाट जिल्लाको बेदकोट नगरपालिका–१० शिशैया हरपालकी ४० वर्षीया मञ्जु रावल कठायतको  मृत्यु भएको हो। ४२ वर्षीय दिनेश बहादुर कठायतले आफ्नै घरको आगनमा बागमती प्रदेश को ०१०२९ च २८०६  नम्बरको हाईस चलाउने क्रममा हाईसको ठक्करबाट मञ्जु घाइते भएकी थिइन्।उनको उपचारको क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताएका छन।

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 260 पटक पढिएको
  • यती एअरलाइन्सले दुई वटा जहाज ल्यायो

    काठमाडौँ । यती एयरलाइन्सले एकसाथ दुइवटा जहाज थपेको छ । यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर ७२-५००’ सिरिजको जहाज थप गरेको हो । यी जहाज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका छन् ।यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो । विमान थप गरेसँगै यतीसँग एटीआर ७२-५०० सिरिजको जहाज ७ पुगेको छ ।अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्सले आफ्नो सेवा बिस्तार गर्ने क्रममा दुई वटा एटिआर ७२-५०० विमान थप गरेको छ । थप गरिएको वायुयानले नेपाली रजिष्ट्रेशन ९एन- एओएफ र ९एन-एओएच (9N-AOF and 9N-AOH) पाएको छ । खरिद गरिएका विमानहरु यतीका क्याप्टेनहरुले नै बंगलादेशको

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 222 पटक पढिएको
  • ठूलो परिमाणमा नक्कली नोटसहित दुई जना पक्राउ

    सर्लाही  ।   सर्लाही प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी टोलीले हरिवन नगरपालिका-११ कडरिया चौकबाट दुई जनालाई पक्राउ गरेको हो।सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण धितालका अनुसार बरामद नक्कली नोट गणाको काम भइरहेको छ। यसअघि मंगलबार राति करिब ९ बजे मलंगवा नगरपालिका-३ नगरपालिका चोकस्थित अण्डा पसलबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित प्रहरीले श्रीमान् र श्रीमतीलाई पक्राउ गरेको थियो।

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 452 पटक पढिएको
  • बिद्यालय स्तरीय FAN CLUB गठन

    सुनसरी  । आज माघ १८ गते विहिबार जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं.-१३ स्थित श्री नेपाल प्रहरी विद्यालयका प्रधानाध्यापक डिकेन्द्र राय ज्यूको संयोजकत्वमा “ लागू औषध दुर्व्यसन बिरुद्धको अभियान Fight Against Narcotic ( FAN)” चलाउने उदेश्य अनुरुम उक्त बिद्यालका कक्षा-८ र ९ का ५० जना  बिद्यार्थीको सहभगितामा  कक्षा ९ का छात्रा आत्मिय राईको संयोजकत्वमा ११ सदस्य रहने गरी बिद्यालय स्तरिय FAN CLUB गठन सम्पन्न भएको छ।

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 139 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.