समाचार

    Showing 16,921-16,930 of 26,715 items.
  • हराइरहेका दुई पर्यटकमध्ये एक सम्पर्कमा, अर्का अझै बेपत्ता

    काठमाडौं—गोसाइँकुण्ड गाउँपालिका–३ को यालापिकमा हराइरहेका चेक रिपब्लिकका ५० वर्षीय पर्यटक मारेक होलेसेक्का दुई साता पछि सम्पर्कमा आएका छन्। शुक्रबार साँझ लाङ्टाको क्याङ्जेनस्थित हायर गेष्ट हाउसमा उनले सम्पर्क गरेका हुन्। रसुवा प्रहरी प्रमुख केशव भट्टराईले होलेसेक्काको सम्पर्कमा आएको पुष्टि गरेका छन्।तर उनीसँगै गएका ३४ वर्षीय स्लोभाकियाका पर्यटक ओनरेज हुसर्के अझै सम्पर्कविहीन छन्। खोजी अभियानअन्तर्गत पाइलट विवेक खड्काले हिमाली गहिरो खोचमा ओनरेजको सिल्पिङ ब्याग देखिएको जानकारी दिए। शुक्रबारको प्रतिकूल मौसमले खोजीमा बाधा पुर्‍याएपछि शनिबार सिल्पिङ ब्याग फेला परेको हो।यसैबीच, गोसाइँकुण्ड यात्राका क

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • 417 पटक पढिएको
  • नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया सुरु

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया अघि बढाउने बताएका छन् । शङ्खधर साख्वा: प्रतिष्ठानले मध्यपुरथिमि स्थित शङ्खधर साख्वा: चोकमा आयोजना गरेको कार्यक्रममा उनले नेपाल भाषा, संस्कृति र सभ्यतालाई जोगाउन आफू तयार रहेको उल्लेख गरे । प्रधानमन्त्रीले नेपाल भाषालाई मैथिली र भोजपुरीजस्तै ऐच्छिक विषयको रुपमा समावेश गर्न सकिने बताए । सरकारी स्तरबाट नेपाल भाषाको संरक्षणका लागि प्रयास भइरहेको उनको भनाई थियो । नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिबाट नेपाल भाषामा समाचार प्रसारण भइरहेको ओलीले जानकारी गराए । साथै, भक्तपुरको ऐतिहासिक कला र स

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • 472 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर पश्चिमी वायुको तथा पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भ

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • 474 पटक पढिएको
  • नेपाली संस्कृति र परम्परा संरक्षणमा मुख्यमन्त्री कार्कीको जोड

    काठमाडौं–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने आवश्यकता व्यक्त गरेका छन्।आज मुख्यमन्त्री निवासमा मोरङका सञ्चारकर्मीहरूसँग देउसी खेल्नका क्रममा उनले तिहार जस्ता चाडहरूले सम्पूर्ण नेपालीलाई सामाजिक सद्भाव र एकतामा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस वर्ष प्रदेशमा आयोजना हुने लगानी, चिया सम्मेलन, र ुकोशी प्रदेश पर्यटन वर्ष, २०८२ु कार्यक्रमहरूले आर्थिक गतिविधि र रोजगार वृद्धि गर्दै नागरिकको जीवनस्तर उकास्नमा मद्दत गर्ने जानकारी गराए । मुख्यमन्त्री कार्कीले पत्रकारहरूलाई ती कार्यक्रमहरूलाई सफल बनाउन सहयोग गर्न अनुरोध गर

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • 329 पटक पढिएको
  • माडी नदीले बगाउँदा दुई जनाको मृत्यु

    प्यूठान – माडी नदीले बगाएर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारी नगरपालिका-५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी-३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको शव फेला परेको हो।बुधबारदेखि हराइरहेका अधिकारीको शव शुक्रबार दिउँसो २ बजे भिंगृस्थित तापा र बर्जिबाङ जोड्ने बेली ब्रिजबाट दुई सय मिटर तल भेटिएको प्रहरीले जनाएको छ। त्यस्तै, स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएका खनाललाई बेली ब्रिज नजिक नुहाउने क्रममा नदीले बगाएको थियो। खनालको शव गोठिबाङको घण्टीखोला दोभानमा फेला परेको छ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • 522 पटक पढिएको
  • चाडपर्वले परिवार र समाजलाई जोड्छ : गृहमन्त्री लेखक

    काठमाडौं–गृहमन्त्री रमेश लेखकले चाडपर्वले परिवार र समाजलाई मात्र होइन, मानवीय महत्व पनि राख्ने बताएका छन् । पर्वत चन्द्रागिरि समाजद्वारा दीपावली, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाडपर्वले मानिसहरूलाई नजिक ल्याउने र सम्बन्धलाई बलियो बनाउने बताएका हुन् । उनका अनुसार कामका कारण मानिसहरू टाढा हुनुपर्छ, चाडपर्व नमनाउँदा परिवारमा दूरी बढ्न सक्छ र नातागोता अपरिचितजस्तै बन्न सक्छन् । चाडपर्वको सामाजिक र मानवीय दुवै महत्व छ । गृहमन्त्री लेखकले समाज निर्माणका लागि चाडपर्व आवश्यक रहेको औँल्याउँदै यस्ता अवसरमा जमघटमा सहभागी हुनुको ठूलो महत्व रहेको बताएका छन्

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • 389 पटक पढिएको
  • मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया चौधरीको शव फेला

    काठमाडौं–गत सोमबारदेखि मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया छात्रा बिपना चौधरीको शव नवलपुरको नारायणी नदीको किनारमा फेला परेको छ। बिपना, जो नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्, मध्यविन्दु नगरपालिका-४ लुस्लहरीकी निवासी हुन्।बिहीबार साँझ ६ बजेतिर नारायणी नदीको कोलकट्टा क्षेत्रको किनारमा माछा मार्ने बोटेहरूले शव देखेर प्रहरीलाई खबर गरेका थिए। राति नै शवलाई मध्यविन्दु जिल्ला अस्पताल डन्डामा ल्याई पोष्टमार्टम गरिएको छ, र शव बिपनाकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ।बिपना क्याम्पसका कक्षा ११ र १२ का साथीहरूसँग कात्तिक १२ गते पिकनिकका लागि तनहुँको बन्दिपुर गएकी थिइन्। फर्

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • 275 पटक पढिएको
  • मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

    काठमाडौं–नुवाकोटस्थित लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको ज्यान गएको हो।दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका छन्, जसको हाल काठमाडौस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • 468 पटक पढिएको
  • राममन्दिर क्षेत्रमा आगलागी

    काठमाडौं–काठमाडौं महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रको चटपटे र किराना पसलमा गएराति आगलागी हुँदा चार लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । सौभाग्यविक्रम शाहको घरमा सञ्चालनमा रहेको उक्त पसलमा भएको आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । रामहिटीबाट आएको दमकलले राति नै आगो नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुमान अनुसार, दीपावलीको बत्तीबाट आगलागी भएको मानिएको छ  ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • 289 पटक पढिएको
  • रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालत लगिने

    पोखरा ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तिहार हिरासतमै हुने भएको छ।सभापतिलामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिइएको म्याद बिहिबारबाट सकिए पनि सार्वजनिक बिदाले तिहार हिरासतमै हुन लागेको हो । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका उनको सरकारी वकिलको कार्यालयमा बयान सकिएको हो ।सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्दिकरणको विषयमा पनि अनुसन्धान भइरहेको छ। कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शुरुमा ६ दिन र त्यसपछि गत बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुम

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • 369 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.