समाचार

    Showing 17,001-17,010 of 24,983 items.
  • घुससहित नापी सर्वेक्षक यादवसहित तीनजना अख्तियारको फन्दामा

    काठमाण्डौ  ।  नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरेको हो । उनीहरुलाई नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।उनीहरूले घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए ।

    • प्रकाशित मितिः माघ १०, २०८०
    • 239 पटक पढिएको
  • तेजपत्ता जलाउँदा के हुन्छ ?

    काठमाडौं । हरेक घरको भान्छामा प्रायः नछुट्ने मसला हो तेजपत्ता । स्वादिष्ट खानाको राज तेजपत्ताका अरूपनि कैयन उपयोगी गुणहरू छन् । वास्तुशास्त्रमा पनि तेजपत्ताका थुप्रै उपयोगिता उल्लेख छन् । भरपुर मात्रमा एन्टिअक्सिडेन्ट पाइने तेजपत्ताले शरीरका कोषिकाहरूलाई पोषणको कमी हुनबाट जोगाउँछ । तेजपत्ताले शरीरलाई फ्रि-रेडिकल्स अर्थात् समयभन्दा चाँडै बूढो हुनबाट पनि जोगाउँछ । यसबाहेक तेजपत्तामा कपर पोटासियम, क्याल्सियम, म्याग्नेसियम, सेलिनियम, आइरन जस्ता तत्त्वहरू पाइन्छ । बहुउपयोगी वनस्पति तेजपत्ता जलाउँदा त्यसको धुँवाबाट घरको वातावरणमा विभिन्न प्रभाव पर्ने जनविश्वास

    • प्रकाशित मितिः माघ १०, २०८०
    • 305 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ  ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका अधिकांश भूभागमा हुस्सु तथा कुहिरो लागेको छ । केही ठाउँमा शीतलहर समेत चलेको छ ।दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति देशका अधिकांश भागमा मौसम सफा रहने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हिमपातको सम्भावना छ । देशका व

    • प्रकाशित मितिः माघ १०, २०८०
    • 220 पटक पढिएको
  • नेपाल प्रहरी प्रधान कार्यालयमा संचालित एक दिवसीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न

    काठमाडौं   ।   उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक प्रविधिको दुरूपयोगबाट हुन सक्ने अपराधहरू प्रति सतर्कता अपनाई नियन्त्रण र अनुसन्धानमा पूर्वतयारी गर्नु आजको अपरिहार्य आवश्यकता रहेको बताएका छन । साथै उनले अत्याधुनिक प्रविधिलाई अपराध नियन्त्रण र अनुसन्धानको प्रयोजनको लागि प्रयोग गर्न पर्याप्त स्रोत साधन व्यवस्था गर्ने र त्यसको प्रयोग गर्न सक्ने दक्ष जनशक्ति तयार गर्नेतर्फ सबैको प्रयास समेत हुनु जरूरी रहेको उल्लेख गरे । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार संचालित एक दिवसीय ‘अपराध अनुसन्धान समीक्षा गोष्ठी,२०८०’ को उद्‌घाटन सत्रलाई सम्बोधन गर्दै उ

    • प्रकाशित मितिः माघ ९, २०८०
    • 403 पटक पढिएको
  • लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

    मोरङ  ।  सुनसरी र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट सोमवार गाँजा र लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा सोमवार दिउँसो सवा २ बजे अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीको टोलीले सुनसरीको देवानगंज गाउँपालिका-६ नहरचौक स्थीतमा रासिबाट भारततर्फ जादै गरेको को १ ह ५०९९ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा अटोको पछाडीको डिकि र अटोको भित्र सिलिङको भागमा प्लाष्टिकको १ किलोको पोका बनाई राखेको ८० वटा पोकामा भएको जम्मा ८० किलो गाँजा बरामद गरेको थियो ।बरामद गाँजा सहित अटो चालक सुनसरीको धरान उप-महनगरपालिका-११ का २९ बर्षिय कुमार तामाङ र अटोमा सवार ३० बर्ष

    • प्रकाशित मितिः माघ ९, २०८०
    • 222 पटक पढिएको
  • काठमाडौं टावरमा निशुल्क पार्किङ, न्यूरोडमा सवारी साधन पार्किङ गर्न नपाइने

    काठमाडौं । आज मंगलबारदेखि लागू हुने गरी काठमाडौंको न्यूरोड क्षेत्रमा सवारी पार्किङ गर्न नपाइने भएकोछ । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा कालोपत्रेको काम सुरु भएकाले पार्किङमा रोक लगाइएको जनाएको छ ।महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा ‘नो पार्किङ’ गर्ने जनाएको हो । महानगरका अनुसार सवारी साधन अब काठमाडौं टावरमा गर्न पाइने व्यवस्था गरिएको छ । काठमाडौं टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने व्यवस्था छ ।काठमाडौं टावरमा निशुल्क पार्किङ गर्न मिल्ने काठमाडौं महानगर प्रहरी प्रमुख राजु

    • प्रकाशित मितिः माघ ९, २०८०
    • 199 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएकाे छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहन

    • प्रकाशित मितिः माघ ९, २०८०
    • 201 पटक पढिएको
  • गाजामा बमबारी, ४० जनाको मृत्यु

    एजेन्शी । दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजराइली बमबारीमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको आधिकारी प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ।प्यालेस्टिनी लडाकू र इजराइली सेनाबीच भीषण सङ्घर्ष हुँदा सहरको पश्चिमी क्षेत्रहरूमा इजराइली युद्धक विमान र तोपखानाले हिंसात्मक बमबारी गरेको बताइएको छ । उक्त क्षेत्रमा हजारौँ विस्थापित प्यालेस्टिनीहरू बसेका छन् । गाजा पट्टीमा जारी इजराइली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २५ हजार दुई सय ९५ पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा इजराइली सेनाद्वारा एक सय ९० प्यालेस्टिनी मारि

    • प्रकाशित मितिः माघ ८, २०८०
    • 176 पटक पढिएको
  • न्याय सेवाका ७८ अधिकृतको पदस्थापन र सरुवा

    काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाका ७८ जना अधिकृतहरूको सरुवा तथा पदस्थापना गरेको छ । न्याय, कानुन तथा सरकारी वकिल समूहका अधिकृतको सरुवा एवम् पदस्थापना गरेको छ ।सूची : अधिकृतको सरुवा एवम् पदस्थापना....

    • प्रकाशित मितिः माघ ८, २०८०
    • 181 पटक पढिएको
  • पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    मोरङ  ।  इलाका प्रहरी कार्यालय चतरा, सुनसरीमा कार्यरत प्रहरी बरिष्ठ नायव निरीक्षक टिकाराम खत्री र जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान प्रकाश राई २०८० साल पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन ।  विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी बरिष्ठ नायव निरीक्षक टिकाराम खत्रीले २६६ किलोग्राम अवैध लागू औषध गाँजा बोकेको मे. १ च ५१९ नम्बरको एम्बुलेन्स, प्रदेश १-०२-०४७ प १२१६ नम्बरको मोटरसाईकल र  को. २६ प ९४६३ नम्वरको स्कुटर सहित गाँजा ओसार पसारमा संलग्न भोजपुर हतुवागढी गाउँपालिका-४

    • प्रकाशित मितिः माघ ८, २०८०
    • 288 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.