समाचार

    Showing 1,701-1,710 of 24,474 items.
  • भारतीय प्रधानमन्त्री मोदी सिक्किमको गान्दोकमा

    एजेन्सी— भारत पश्चिम बंगालको सिक्किम राज्य स्थापनाको ५०औँ स्वर्ण जयन्ती समापन समारोहमा सहभागी बन्न प्रधानमन्त्री नरेन्द्र मोदी गान्तोक पुगेका छन् ।दुई दिने भ्रमणमा आइपुगेका उनले देउरालीदेखि लोकभवनसम्मको ऐतिहासिक रोड शोमा लाखौँ सिक्किमवासीलाई हात हल्लाएर सम्बोधन गरेका छन् ।मंगलबार उनी गान्तोकस्थित अर्किडेरियमको भ्रमण गरेका छन् । जहाँ उनले राज्यको समृद्ध पारिस्थितिक र पुष्प सम्पदाको अवलोकन गरे ।भ्रमणको क्रममा प्रधानमन्त्रीसँगै सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेम सिंह तामाङ पनि उपस्थित थिए ।पहिलो दिन सोमबार मोदीले पद्म पुरस्कार विजेताहरू र विभिन्न क्षेत्रहरूमा प्रतिष्ठित व्यक्त

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 378 पटक पढिएको
  • बजेट कार्यान्वयनमा गम्भीर चुनौतीः ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

    काठमाडौं— नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा र खर्च गर्ने क्षमता कमजोर हुँदा मुलुकको सार्वजनिक वित्त प्रणालीमा गम्भीर चुनौती देखिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको नेपालको वर्तमान आर्थिक स्थिति पत्रले सरकारले महत्वाकांक्षी बजेट ल्याउने गरे पनि स्रोत व्यवस्थापन गर्न नसक्दा बजेट घाटा चुलिँदै गएको उल्लेख गरेको हो ।‘विगत एक दशकमा चालू खर्चको हिस्सा औसत ६६.८ प्रतिशत रहँदा पूँजीगत (विकास) खर्च मात्र २१ प्रतिशतमा खुम्चिएको छ । यसले दीर्घकालीन आर्थिक रूपान्तरण र पूर्वाधार विकासको लक्ष्यलाई प्रत्यक्ष असर पारेको देखिन्छ,’ आर्थिक स्थिति पत्रमा उल्लेख छ । पत्रका अनुसार पूँजीगत खर्चको

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 367 पटक पढिएको
  • वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

    वीरगञ्ज। चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ ।  गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधन १०२ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बढीको आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारीसाधन आयात शतप्रतिशतले वृद्धि भएको बताउनुभयो । गत आवको नौ महिनामा एक अर्ब ४८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात भएको थियो । चालु आवको नौ महिनामा एक अर्ब ४६ करोड रुपैयाँको ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । ग

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 207 पटक पढिएको
  • रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा

    रामेछाप— रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । शनिवार बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको उक्त राजमार्ग सोमबार साँझबाट सञ्चालनमा आएको हो ।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बगाएको स्थानमा पुनः अस्थायी डाइभर्सन निर्माण गरेपछि सवारी आवागमन सुचारु गरिएको हो ।शनिवार दिउँसो वर्षा सुरु भएलगत्तै सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सडक बन्द गरेको थियो । सोही क्रममा रोशी खोलामा आएको बाढीले कटुन्जे–मङ्गलटार खण्डअन्तर्गत रोशीखोलाका करिब चार किलोमिटर क्षेत्रमा बनाइएका डाइभर्सनहरूमा क्षति पु¥याएको थियो ।गत वर्ष र यस वर्षको वर्षायाममा रोशी खोलामा आएको ब

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 379 पटक पढिएको
  • दुर्घटनामा एक जनाको मृत्यु

    इनरुवा। यहाँको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी–५ कलङ्कीमा निर्माणाधीन ‘डाइभर्सन’मा को२प ४५८९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भइ ठोक्किँदा उराँव गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 186 पटक पढिएको
  • नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु

    काठमाडौं— आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक सुरु भएको छ ।सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो ।यसअघि विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएको थियो ।तर यस वर्षदेखि भने सरकारले वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय गरेको थियो ।सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानूनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन गत चैत २२ गते निर्देशन दिएको थियो ।

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 386 पटक पढिएको
  • बाजुरामा भैँसी चराउन गएका एक बालकको मृत्यु

    बाजुरा— बाजुरामा भैँसी चराउन गएका एक बालकको मृत्यु भएको छ । बाजुराको बडीमालिका नगरपालिका–६ कोर्धको मुनातोला लेकमा भैँसी चराउन गएका १२ वर्षीय खड्क बडुवालको मृत्यु भएको हो।भैँसीलाई पानी खुवाउने क्रममा बालकले भैँसीको पुच्छरमा डोरी बाँधी आफ्नो खुट्टामा बाधेपछि भैँसी दौडिएर भाग्दा बालकको टाउको चोट लागेर घटनास्थलमै मृत्यु भएको आफन्त युवराज बडुवालले बताए।उनका अनुसार, मृतक बालक मामा घरमा बस्दै आएका थिए। आमाबुबा भने रोजगारीको सिलसिलामा भारतमा रहेको जानकारी दिए। भैँसीको पुच्छर डोरीमा बाँधेपछि भाग्न खोज्दा बालक समेत भैँसीकै पुच्छरमा पछारिएर घिर्सदै उनको ज्यान गएको बताइएको छ।यता, जिल्ला प्रहरी कार्यालय बा

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 407 पटक पढिएको
  • गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

    काठमाडौं— नेपालमा गरिबीको दर क्रमशः घट्दै गए पनि ग्रामीण र शहरी क्षेत्रबीचको आर्थिक खाडल अझैं कायम रहेको देखिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको आर्थिक स्थिति पत्रले उल्लेख गरेअनुसार शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा गरिबीको दर उच्च रहेको पाइएको हो ।नेपाल जीवनस्तर सर्वेक्षण २०७८/७९ अनुसार देशको कुल गरिबी दर २०.२७ प्रतिशत रहेको छ । शहरी क्षेत्रमा गरिबी दर १८.३४ प्रतिशत रहे पनि ग्रामीण क्षेत्रमा भने २४.६६ प्रतिशत रहेको छ । यसले ग्रामीण जनसंख्यामा अझै पनि आर्थिक अवसर र पूर्वाधारको अभाव रहेको संकेत गर्छ ।यसैगरी, बहुआयामिक गरिबीको दर पनि १७.४ प्रतिशत रहेको छ, जसमा शिक्षा, स्वास्थ्य र ज

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 353 पटक पढिएको
  • नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

    काठमाडौं— नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पूर्तिका लागि आवेदन खुला गरिएको छ । अर्थ मन्त्रालयले सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट सात दिनभित्र व्यक्तिगत विवरण (बायोडाटा) पेश गर्न आह्वान गरेको हो । सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (वैशाख २१ गतेसम्म) सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ ।अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 372 पटक पढिएको
  • आज राष्ट्रिय चिया दिवस मनाइँदै

    काठमाडौं— नेपाली माटोको सुगन्ध बोकेको चियाले विश्वभर चम्किलो पहिचान बनाओस् भन्ने कामनासहित आज राष्ट्रिय चिया दिवस मनाइँदैछ।नेपालमा प्रत्येक वर्ष वैशाख १५ गते ‘राष्ट्रिय चिया दिवस’ मनाइन्छ । यस अवसरमा नेपाली चियाको इतिहास, उत्पादन, योगदान र चुनौतीबारे चर्चा गर्दै यसको संरक्षण र प्रवद्र्धनमा ध्यान केन्द्रित गरिन्छ।हरेक नेपालीको दैनिक जीवनको अभिन्न हिस्सा बनेको चिया केवल पेय पदार्थ मात्र होइन, हाम्रो संस्कृति, आतिथ्यता र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको परम्परा पनि हो। अधिकांश नेपाली घरमा दिनको सुरुवात चियाबाट हुने गर्दछ भने अतिथि सत्कारको पहिलो माध्यम पनि प्रायः चियानै बन्ने गरेको छ।इलाम र झापाका

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 376 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.