समाचार

    Showing 1,711-1,720 of 26,479 items.
  • अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा स्पेनले अष्ट्रियालाई ३–० पराजित गरेको छ । राउन्ड अफ ३२ को खेलमा अष्ट्रियालाई ३–० ले पराजित गर्दै स्पेनले विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई तथा र पेड्रो पोरोले एक गोल गरे। खेलको ३६ औं मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । यसैगरी ६६ औं मिनेटमा पेड्रोले गोल गरे । खेल सकिनै लाग्दा ८९ औं उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे ।यो जितसँगै स्पेन विश्वकपका अन्तिम १६ मा प्रवेश गरेको छ । 

    • प्रकाशित मितिः असार १९, २०८३
    • 685 पटक पढिएको
  • ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

    काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको हो ।यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२८, निषेधित क्षेत्रमा हर्न बजाउने ८७, सडकपेटीमा ‘पार्किङ’ गर्ने ८५ , एकतर्फी सडकमा सवारी चलाउने ५६ र अन्य सवारी नियम पालना नगरेका एक हजार २४९ जनालाई कारबाही गरिएको हो ।

    • प्रकाशित मितिः असार १९, २०८३
    • 240 पटक पढिएको
  • मनसुन सक्रियः आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ। देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्ने छ । देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।आज राति पनि देशभर साधारणतया बादल रहनेछ । कोशी, बागमती र गण्डकी प्र

    • प्रकाशित मितिः असार १९, २०८३
    • 257 पटक पढिएको
  • सरकारका १०० दिनः पहुँचयोग्य र उत्तरदायी स्वास्थ्य सेवाको जग बसाल्दै सरकार

    काठमाडौँ। करिब सय दिनअघिको तुलनामा सार्वजनिक स्वास्थ्य संस्थाहरूको बाहिरी रूपमात्र नभएर सेवाको गुणस्तरसमेत फेरिएको छ । विगतमा सधैँ जनताको गुनासोमात्र बन्ने गरेको सरकारी अस्पतालको सरसफाइदेखि बिरामीलाई दिइने सबै स्वास्थ्य सेवा निकै व्यवस्थित हुँदै गएको छ ।बिरामी, स्वास्थ्य र उपचारको समग्र डिजिटल अभिलेख सुरक्षित तवरले बस्न थालेको छ भने बिरामीलाई सकेसम्म छिटो उपचारमात्र नभएर बिरामीलाई सुपथ मूल्यमै र सहज रूपमा औषधि उपलब्ध गराउने सरकारको लक्ष्यले साकार रूप पनि लिँदैछ ।प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारका एक सय कार्यसूचीको बुँदा नं ८५ मा रहेका स्वास्थ्

    • प्रकाशित मितिः असार १९, २०८३
    • 267 पटक पढिएको
  • पूर्वसांसद कोइरी पक्राउ

    महोत्तरी। नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२ का बासिन्दा लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार उच्च अदालत जनकपुरधामले सशस्त्र प्रहरीका असइ (सशस्त्र प्रहरी सहायक निरीक्षक) थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय फैसला गरेलगत्तै कोइरीलाई प्रहरीले बिहीबार साँझ गौशाला–५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ गरेको हो ।कोइरीलाई अदालतको फैसलाअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले पुष्टि गर्नुभयो ।यसअघि महोत्तरी जिल्ला अदालतले २०८० साल मङ्सिर २८ गते गरेको यसै मुद्दाको फैसल

    • प्रकाशित मितिः असार १९, २०८३
    • 212 पटक पढिएको
  • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    खोटाङ। जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरु भएको बोपुङको वासिङ पहिरो अहिले पनि रोकिएको छैन । बुँवाखोलाबाट सुरु भएको पहिरो १९९० सालको महाभूकम्पभन्दा पहिले नै सुरु भएको पितापुर्खाहरूले बताउँदै आएको स्थानीय वृद्ध दीर्घमान राईले जानकारी दिनुभयो । “एक शताब्दीभन्दा पहिले सुरु भएको वासिङ पहिरोले दर्जनौँ घर तथा सयौँ रोपनी खेतबारी बगाइसकेको छ । यो पहिरोको यकिन क्षतिको विवरण अहिलेसम्म कसैसँग छैन । तर, बर्सेनि मानिसको घरबास उठाएको छ”, उहाँले भन्नुभयो, “लामो समयअघिदेखि झर्न थालेको पहिरो रोकथाममा कसैले चासो दिएको छ

    • प्रकाशित मितिः असार १९, २०८३
    • 221 पटक पढिएको
  • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

    काभ्रेपलाञ्चोक। यहाँको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा ६० वर्षमाथि र ७० वर्षमुनिका नागरिक, दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँसभाको अधिवेशनले वार्षिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था उल्लेख गरेपछि बजेटसमेत सुनिश्चित भएको हो । अध्यक्ष दिनेश लामाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा रोशीले सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई पनि निःशुल्क दिवाखाजाको व्यवस्था गर्ने जनाइएको छ । यसका लागि रु ६९ लाख प्रस्तावित बजेट पारित गरिएको छ । सङ्घीय सरकारले कक्षा १ देखि ५ मा अध्ययनरत विद्या

    • प्रकाशित मितिः असार १९, २०८३
    • 190 पटक पढिएको
  • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    म्याग्दी। मालिका गाउँपालिकाका एक हजार ३०० भन्दा बढी घरधुरीमा निजी धारा जडान गरेर खानेपानी सुविधा विस्तार गरिएको छ ।  मालिकाको १, २, ३ र ७ नम्बर वडामा पर्ने निस्कोट, रुम, डाडागाउँ र बिम डाडागाउँका एक हजार ३३० घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको हो । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक÷प्राविधिक सहयोग तथा उपभोक्ताहरूको श्रमदानमा ‘एक घर, एक धारा’ मार्फत खानेपानी सुविधा विस्तार भएको गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले जानकारी दिनुभयो । “सङ्घीय र प्रदेश सरकार तथा विभिन्न परियोजनामार्फत यसअघि खानेपानी योजना निर्माण भएको ४, ५ र ६ सहित सबै वडाक

    • प्रकाशित मितिः असार १९, २०८३
    • 207 पटक पढिएको
  • यस वर्ष कामपामा विपद्का घटनामा कमी

    काठमाडौँ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकामा विपद्का घटनामा कमी आएको छ । अघिल्लो आवमा कामपामा जम्मा ४२५ विभिन्न शीर्षकमा विपद्का घटना घटेका थिए भने चालु आवको जेठसम्ममा ३४७ मात्र विपद्का घटना भएको कामपा विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिनुभयो । प्रमुख नेपालका अनुसार कामपामा हुने विपद्का घटनामध्ये सबैभन्दा बढी आगलागीजन्य घटना हुने गरेको र पछिल्लो समय कामपाले सम्बन्ध भएका निकायसँगको सहकार्यमा प्रत्येक दिन तार व्यवस्थापनको काम गरेकाले आगलागीजन्य विपद्का घटनामा कमी आएको छ ।उहाँका अनुसार आगलागीका घटना धेरै हुने गरेका छन् । ग्यास चुह

    • प्रकाशित मितिः असार १९, २०८३
    • 257 पटक पढिएको
  • दङ्गीशरणका सबै वडा आफ्नै भवनमा

    तुलसीपुर। दङ्गीशरण गाउँपालिकाका सबै वडा आफ्नै भवनमा सञ्चालनमा आएका छन् । बिहीबारदेखि वडा नं ३ को भवनबाट सेवा दिन सुरु गरिएसँगै यहाँका सबै वडाले आफ्नै भवनबाट सेवा सुरु गरेका हुन् ।यसअघि वडा कार्यालयहरू भाडामा थिए । वडा नं १, २, ४, ५ र ७  भाडाको घरबाट सञ्चालनमा थिए भने वडा नं ३ स्वास्थ्यको भवन र वडा नं ६ तत्कालीन गाविसको भवनबाट सञ्चालनमा थिए । अहिले सबै आफ्नै भवनमा भएपछि भाडा तिर्नुपर्ने अवस्थाको अन्त्य भएको पालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो । “पहिले भाडाको घरमा सञ्चालन गर्नुपर्ने अवस्था थियो, त्यसले गर्दा निकै समस्या हुने गर्थ्यो, उहाँले भन्नुभयो, “अब सबै वडा कार्यालयका आफ्नै भवन भए ।”

    • प्रकाशित मितिः असार १९, २०८३
    • 200 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.