काठमाडौं— सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति भएको बताएका छन् । बिहीबार काठमाडौंमा पूर्वसांसद मञ्च नेपालको २६ औं स्थापना दिवसको आयोजित कार्यक्रममा उनले राजनीति ठिक हुने वित्तिकै देशले उन्नती, प्रगती गर्नसक्ने भन्दै देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति भएको बताए । उनले भने, ‘एउटा साँचो कुरा के हो भने देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र भनेको राजनीति नै हो । राजनीति ठिक हुने वित्तिकै देशले उन्नती, प्रगती गर्न सक्छ । अन्वेशण गर्न सकिन्छ र त्यसलाई प्रयोग गरेर अगाडि बढ्न सक्छ । तर राजनीति ठिक खालको हुन सकेन भने सबै क्षेत्
काठमाडौं— रास्वपाका सांसद अशोक चौधरीले लाखौँ नेपालीको रोजगारी, व्यवसायसँग जोडिएको सामाजिक सञ्जाललाई सरकारले धम्की शैलीमा बन्द गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सामाजिक सञ्जाल नियमन गर्नुपर्ने कुरा असहमति नभएको बताउँदै सरकार धम्कीमा उत्रिएर जनहित विपरित काम गर्न खोजेको बताए । उनले भने, ‘नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९० प्रतिशत नाघिसकेको छ । लाखौँ नेपालीको रोजगारी, व्यवसाय डिजिटल प्लेटफमसँग गाँसिएको छ । तर सरकार धम्कीको शैलीमा फेसबुक, युट्युब बन्द गर्ने कुरा गर्छ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने कुरामा कसैको कुनै असहमति छैन । सर्वोच्च अदालतले दिएको
काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिवाना हुने विषयलाई तत्काल रोकिएको बताएका छन् । विहीबार प्रतिनिधि सभाको बैठकमा उनले इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश जोड्दै लाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने स्पष्ट पारेका हुन् । उनले भने, ‘इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भन्ने कुरा आइसकेपछि धेरै हल्
काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने सरकारले निर्णय गरेको छ। आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि सक्रिय गर्ने सरकारको नीति रहेको छ । नेपालमा भाइबर, टिकटक, विटकजस्ता सामाजिक सञ्जाल दर्ता भइसकेका छन् ।फेसबुक, ट्वीटर (एक्स), वाट्सएपलगायतका सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा आएका छैनन् ।
काठमाडौं— नेपाल शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउनु पर्ने माग राख्दै विभिन्न राजनीतिक दलहरुको पार्टी कार्यालयमा आज पनि धर्ना दिएका छन् । बिहीबार जसपा (अशोक राई), जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत पाँच पार्टी कार्यालयमा धर्ना दिएसँगै धर्नाको कार्यक्रम अन्त्य हुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।उनले आज पहिलो चरणको आन्दोलनअन्तर्गत राजनीतिक दलका पार्टी कार्यालयमा धर्नामा बस्ने कार्यक्रमको अन्तिम चरणमा रहेको बताएका हुन् । अध्यक्ष सुवेदीले शिक्षा विधेयकमा महासंघका मागहरू सम्बोधन नभए दोस्रो चरणका क
काठमाडौं— बागमती प्रदेशका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा हुने भएको छ।प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम)को अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जानकारी गरायो।मन्त्रालयकी सह-प्रवक्ता रविता कार्कीद्वारा हस्ताक्षरित सूचनामा बागमती प्रदेश राजपत्रमा यसअघि नै प्रकाशित निर्णयअनुसार बिदा दिइएको उल्लेख छ।चेपाङ समुदायको बाक्लो बसोबास रहेका यी जिल्लाहरूमा उनीहरूको मौलिक पर्वलाई सम्मान गर्दै प्रदेश सरकारले बिदाको घोषणा गरेको हो।उक्त दिन तीन जि
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ग्लोबल सेक्यूरिटी इनिसेटिभ (जीएसआई)मा सहमति जनाएको कुरा बाहिर आएको भन्दै यस विषयमा स्पष्टिकरण दिन माग दिन गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त सहमति आउने दिनमा नेपालको लागि घातक बन्ने बताउँदै प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट पार्नुपर्ने बताए । उनले भने,‘प्रधानमन्त्रीले चीन भ्रमणमा ग्लोबल सेक्यूरिटी इनिसेटिभ (जीएसआई)मा सहमति जनाएको छ भन्ने कुरा आयो । असल नीतिबाट फरक हो । यस्तो कुरा भएको छ भने नेपालमा आउने दिनमा घातक हुनेछ । यस विषयमा प्रधानमन्त
काठमाडौं— भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) मा ठुलो मात्रामा कटौती गरेसँगै नेपालमा तस्करी बढ्ने सक्ने भन्दै उद्योगी व्यवसायीमा चिन्ता बढेको छ ।भारत सरकारले सिमेन्ट र स्टिलमा लगाउँदै आएको जीएसटी कर २८ प्रतिशत बाट १८ प्रतिशतमा झारेको छ । यसले भारतीय बजारमा सिमेन्ट र स्टिलको मूल्य घट्ने र त्यसले नेपाली बजारमा तस्करी बढ्नसक्ने साथै नेपाली उत्पादन विक्री नहुने खतरा बढेको भन्दै उद्योगीहरुमा तनाब बढाएको हो ।‘नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले भारत सरकारले एकैपटक १० प्रतिशत जीएसटी घटाउनुले नेपाली उद्योगमा ठुलो असर पर्ने बताए । भारतमा अब सिमेन्ट, डन्डी, लगायत धेरै बस्तुहरुको मूल्
काठमाडौं— फेसबुकलगायतका सामाजिक सञ्जालाई सूचीकरणका लागि सरकारले दिएको ७ दिने म्याद बुधबार मध्यरातबाट सकिएको छ । यसबारे थप निर्णय लिन अहिले सञ्चार मन्त्रालयमा बैठक बसिरहेको छ ।दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने सरकारको तयारी छ ।मन्त्रालय स्रोतका अनुसार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, सहसचिव एवम सञ्चार महाशाखा प्रमुख गजेन्द्रकुमार ठाकुर, सूचना प्रविधि महाशाखा प्रमुख सहसचिव आदेश खड्कासँगै नेपाल दुरसञ्चार प्राधिकरणका पदाधिकारी बैठकमा सहभागी छन् ।बैठकमा सामाजिक सञ्जाल निष्क्रियका लागि के कसरी र कुन प्रक्रिय
काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ। पार्टी मुख्यालय पेरिसडाँडा कोटेश्वरमा बैठक बसेको हो।बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ।बैठकमा कात्तिक १७ गते रुपन्देही३ मा हुने उपनिर्वाचनको विषयमा पनि छलफल हुन सक्ने बताइएको छ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.