समाचार

    Showing 17,191-17,200 of 26,717 items.
  • सप्तकोशी नदीमा बस खस्यो, थप विवरण आउन बाँकी

    विराटनगर- कोशी ब्यारेजबाट यात्रुबाहब बस बस सप्तकोशी नदीमा खसेको छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस बिहिबार साझ करिब ६ः०५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । बसमा कति जना यात्रु सवार थिए भन्ने बारेमा खुल्न सकेको छैन ।घटनाको थप विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 566 पटक पढिएको
  • निर्माण व्यवसायीको चेतावनी : तत्काल भुक्तानी नदिए सशक्त आन्दोलन गर्छौं

    काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानीको समस्या समयमा समाधान नगरे तत्काल सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले तत्काल भुक्तानी नदिए बाध्य भएर आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । निर्माण व्यवसायीहरूले निर्माण कार्य गरे बापतको विगत आर्थिक वर्षहरुमै भुक्तानी हुनुपर्ने वक्यौता रहेको ठूलो रकम अझै पनि भुक्तानी हुन नसक्दा निर्माण उद्योगमा विकराल अवस्था सिर्जना भएको महासंघले जनाएको छ । पत्रकार सम्मेलनका क्रममा महासंघका अध्यक्ष रवि सिंहले राज्यबाट निर्माण व्यवसायीहरूलाई यस आर्थिक वर्षमा भएको आआंशिक भुक्तानी समेत यस चालु आर्थिक वर्षक

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 424 पटक पढिएको
  • भारी वर्षाको जोखिमपछि दुई दिन रात्रीबस नचलाउन आग्रह

    काठमाडौं – राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेको जानकारी गराइएको छ।वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा भोलि र पर्सि (११ र १२ गते) रात्रीकालीन बस चलाउन नपाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको हो। साथै, प्राधिकरणले धान नकट्न र यदि काटिसकेको छ भने तुरन्त थन्काउन पनि आग्रह गरेको छ। तराई मधेश क्षेत्रका लागि सकेसम्म भुइँतलामा अन्नपात नराख्न पनि सिफारिस गरिएको छ।

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 485 पटक पढिएको
  • दुई थान भरूवा बन्दुकसहित दुई जना पक्राउ

    बाजुरा – स्वामीकार्तिक खापर गाउँपालिका-३ बाट दुई थान भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ४० वर्षीय धिरेन्द्र शाही र ३० वर्षीय रमेश शाही रहेका छन्, दुवै सोही गाउँपालिकाका बासिन्दा हुन्।धिरेन्द्रको घरमा भरूवा बन्दुक रहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट खटिएको टोलीले धिरेन्द्रको घर नजिकैको ओढारबाट एक थान र रमेशको गोठबाट अर्को थान भरूवा बन्दुक बरामद गरेको हो। प्रहरीले यस घटनामा आवश्यक अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 218 पटक पढिएको
  • कतार पठाइदिन्छु भन्दै ठगी गर्ने खालिक खान पक्राउ

    काठमाडौं – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाएर कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सर्लाही मलंगवा नगरपालिका-६ का खालिक खान पक्राउ परेका छन्।काठमाडौं चन्द्रागिरी नगरपालिका-१५ मा बस्दै आएका ३१ वर्षीय खालिकले एक पीडितबाट ८० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीको आधारमा प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो।खानलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका-१५ तीनथानाबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 438 पटक पढिएको
  • रेड नोटिस जारी भएका तीन फरार प्रतिवादीहरू दुबईबाट पक्राउ

    काठमाडौं– ठगी र जबरजस्ती करणी सम्बन्धी कसूरमा इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना फरार प्रतिवादीहरू दुबईबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीय भुपेन्द्र बोहोरा, काठमाडौं नागार्जुन नगरपालिका-९ का २८ वर्षीय कबिर बुढाथोकी, र मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५ का २६ वर्षीय रोमन कार्की रहेका छन्। उनीहरूलाई बुधबार नेपाल फिर्ता ल्याइएको हो ।नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट भुपेन्द्र बोहोरा विरुद्ध २०७९ जेठ १६ गते रेड नोटिस जारी गरिएको थियो । यस्तै, कबिर बुढाथोकी र रोमन कार्की विरुद्ध क्रमशः २०७० स

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 364 पटक पढिएको
  • मौसमको प्रतिकूलताले हवाई उडान प्रभावित

    काठमाडौं– देशभरको प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडानहरूमा असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान काठमाडौं फर्किएका छन् ।काठमाडौंबाट सिमरा र विराटनगरका लागि उडेका यती एयरलाइन्सका विमानहरू आकाशमा मौसम प्रतिकूल भएपछि अवतरण गर्न नसकी बीचबाटोबाटै फर्किएका हुन् । खराब मौसमका कारण आजका लागि पर्वतीय उडान (माउन्टेन फ्लाइट) रद्द गरिएको छ ।विशेष गरी काठमाडौं बाहिरका गन्तव्यहरू जस्तै विराटनगर र सिमरा उडानहरू प्रभावित भएका छन् भने काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान सामान्य रूपमा जारी रहेको छ ।अन्तर्राष्ट

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 518 पटक पढिएको
  • कर्णाली राजमार्ग र कान्ति लोकपथ अवरुद्ध

    काठमाडौं – अविरल वर्षाका कारण नेपालका विभिन्न स्थानमा पहिरो खस्दा यातायात ठप्प भएको छ । मकवानपुरको कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । बकैया गाउँपालिका–१२, घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सवारीसाधनको आवागमन रोकिएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयले पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको पुष्टि गरेको छ । यही समयमा, कर्णाली राजमार्ग पनि पहिरोका कारण बन्द भएको छ। कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा बिहीबार बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् । प्रहरीका अनुसार कर्णाली

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 423 पटक पढिएको
  • २४ जना प्रहरी गैरहाजिर, कारबाहीको सूचना जारी

    काठमाडौं– नेपाल प्रहरीका २४ जना कर्मचारी गैरहाजिर रहेका कारण उनीहरूलाई सात दिनभित्र स्पष्टीकरण दिनको लागि सूचनामार्फत खबर गरिएको छ । गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले सार्वजनिक गरेको सूचनामा गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूले तोकिएको समयभित्र सन्तोषजनक कारणसहित हाजिर हुन निर्देशन दिएको छ ।प्रहरी नियमावली, २०७१ को नियम ११५ (२) अनुसार खोजतलास प्रक्रिया पूरा भइसकेपछि पनि उनीहरू सम्पर्कमा नआएका कारण यो सूचना प्रकाशित गरिएको हो । सूचनामा उल्लेख भएअनुसार गैरहाजिर कर्मचारीहरूले सात दिनभित्र आफ्नो गैरहाजिरीको कारण स्पष्ट नगरे उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइनेछ । 

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 421 पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्धारा हिमालयको संरक्षणका लागि एकीकृत अनुकूलन कार्ययोजनाको माग

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्मको रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै, ओलीले नेपालका हिमाल विश्वव्यापी कार्बन उत्सर्जनका कारण पग्लिरहेको बताए ।प्रधानमन्त्रीले एसियाका दुई तिहाइ हिमालहरू पग्लिएसँगै १० वटा नदी प्रणालीहरू सुख्खा भइसकेको र यो समस्या समाधानका लागि एकीकृत जलवायु अनुकूलन योजना आवश्यक भएको बताए। उनले हिमालयलाई प्राकृतिक ‘रिचार्ज सिस्टम’ भन्दै, यसलाई पग्लिन र समुद्रको तापक्रम बढ्नबाट रोक्न विश्वव्यापी प्रयास आवश्यक र

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 407 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.