समाचार

    Showing 1,791-1,800 of 26,479 items.
  • आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं— हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही भुभाग र केहि कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मनसुनी गतिविधि बढ्ने र कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको कारण भूक्षय, बाढी, पहिरोको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको छ । ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको

    • प्रकाशित मितिः असार १६, २०८३
    • 441 पटक पढिएको
  • आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०० रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७१ पै

    • प्रकाशित मितिः असार १६, २०८३
    • 424 पटक पढिएको
  • सिलिचोङमा पहिरो जाँदा सात परिवार विस्थापित

    किमाथाङ्का। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ म लगातारको वर्षापछि आएको बाढीपहिरोले सात परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सिलिचोङ–१ तेन्छोङका सात परिवार विस्थापित भएका हुन् ।शनिबार रातिदेखि आएको अविरल वर्षाका कारण बाढीपहिरो आउँदा सिलिचोङ–१ तल्लो तेन्छोङका सात परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार कुन्ती राईसहित परिवारका पाँच जना, धनपूर्ण राईको सात जनाको परिवार, मङ्गलबहादुर राईको छ जनाको विस्थापित भएको हो ।त्यस्तै, सुकप्रसाद राईको चार जनाको, मिरा राईको पाँच जनाको धनमान र

    • प्रकाशित मितिः असार १६, २०८३
    • 171 पटक पढिएको
  • गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर/बङ्गुर मरे

    गोरखा। अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर/बङ्गुर मरेका छन् । दुई महिनायता फैलिएको अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट हालसम्म २५० भन्दा बढी सुँगुर/बङ्गुर मरेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका-६, मानवसेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका ८० वटा र सोही क्षेत्रकी जुना रेग्मीको फार्मका १० वटा बङ्गुर मरेका छन् । त्यस्तै मान्द्रेढुङ्गाका धनकुमार गुरुङको फार्मका ६० वटा बङ्गुर दुई साताको अवधिमा मरेका उहाँले जानकारी दिनुभयो । बाँकी अन्य किसानका फार्मका सुँगुर/बङ्गुर पनि सङ्क्रमणका कार

    • प्रकाशित मितिः असार १६, २०८३
    • 175 पटक पढिएको
  • आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    लमजुङ। यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ ।सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले भन्नुभयो, “बेँसीसहर-चामे सडकको बेँसीसहरबाट मनाङ जिल्लाको सीमानासम्मको खण्डमा प्रत्येक दिन साँझ ६ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र पुष्पलाल मध्यपहाडी लोकमार्गको सुन्दरबजार-भोर्लेटार सडकखण्डको बिमिरे भञ्ज्याङ क्षेत्र

    • प्रकाशित मितिः असार १६, २०८३
    • 173 पटक पढिएको
  • नेपाल प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा

    काठमाण्डौ  ।   नेपाल प्रहरीका आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसको आधारमा ३६८ जना लेखा प्रमुखहरूको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालय जनाएको छ। प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोको लेखा प्रमुखमा इन्स्पेक्टर उदय कुमार चौधरीलाई सरुवा गरिएको छ।कल्याण महाशाखामा इन्स्पेक्टर डेकेन्द्र शर्मा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दिपेश खरेल, सीआईबीको लेखा प्रमुखका प्रकाश शाह र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको लेखा प्रमुखमा इन्स्पेक्टर महेश बिक्रम शाह, साइबर ब्यूरोमा रविन ढकाल, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा राकेश रेग्मी, महाराजगञ्ज स्थित प्रहरी अस्पतालमा राजन

    • प्रकाशित मितिः असार १५, २०८३
    • 526 पटक पढिएको
  • गृहमन्त्री गुरुङले आफ्नो गाडीबाट कालो सिसा हटाउन लगाए

    काठमाडौं— सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङले आफ्नै सवारीबाट शुरूआत गरेका छन् ।सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा उनले आफूले प्रयोग गर्ने सरकारी गाडीमा जडान गरिएको कालो सिसासमेत तत्काल हटाउन निर्देशन दिएका हुन् । त्यससँगै ट्राफिक प्रहरीलाई पनि अभियानलाई थप प्रभावकारी र कडाइका साथ अघि बढाउन आग्रह गरेका छन् ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्ले लगायतका अधिकृतसँग छलफल गर्दै मन्त्री गुरुङले कानून सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिएका थिए । उनले सरकारी वा निजी जुनस

    • प्रकाशित मितिः असार १५, २०८३
    • 521 पटक पढिएको
  • कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ

    काठमाडौं— सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भोजपुर जिल्ला, अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ हुन् । उनलाई सार्वजनिक शान्ति खलल पार्ने कसुर गरेको मुद्दामा अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालतमा पेश गरिएको छ ।

    • प्रकाशित मितिः असार १५, २०८३
    • 521 पटक पढिएको
  • भीम रावल प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रका बासिन्दा अफ्ठयारो छन्

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताएका छन् । सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नेपालको दक्षिणी सीमामा लिम्पियाधुरा, लिपुलेक, कालापानी तथा सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन नसकेको बताउदै सरकारको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भने, ‘नेपालजस्तो संवेदनसिल भूराजनीतिक अवस्थामा भएको देशमा दक्षिणतिर लिपियाधुरा–लिपुलेक र कालापानीमा अतिक्रमण छ । सुस्ता

    • प्रकाशित मितिः असार १५, २०८३
    • 451 पटक पढिएको
  • ‘खुस्मा’पछि निर्देशक अशोक थापा मगरको नयाँ सिनेमा ‘जलाकी’ मंसिर ४ मा प्रदर्शन हुँदै

    काठमाडौं— व्यावसायिक रूपमा सफल सिनेमा ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय सिनेमा ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ। असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर पारेर निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै सिनेमाका दुई फरक शैलीका पोस्टर सार्वजनिक गरेको हो।सार्वजनिक गरिएका पोस्टरमा सिनेमाका मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई केन्द्रमा राखिएको छ। दुई पोस्टरले एउटै प्रेमकथाका फरक–फरक भाव र मनोविज्ञान प्रस्तुत गरेका छन्। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन्।पहिलो पोस्टरमा सोनम र उपासनाबीचको प्रेम,

    • प्रकाशित मितिः असार १५, २०८३
    • 500 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.