इन्दौर – भारतको मध्य प्रदेशस्थित इन्दौरको सबैभन्दा ठूलो सरकारी अस्पताल MYH को एनआईसीयू वार्डमा भर्ना भएका दुई नवजात शिशु मुसाले टोकेपछि अस्पताल प्रशासन आलोचनामा परेको छ।अस्पताल स्रोतका अनुसार केही दिनअघि जन्मिएका ती दुवै शिशु आइतबार र सोमबार क्रमशः मुसाको आक्रमणमा परेका हुन्। पहिलो दिन एक शिशुको हात टोकेर घाइते बनाइएको थियो भने भोलिपल्ट अर्को शिशु पनि त्यस्तै घटनामा परेपछि दुबैको उपचार भइरहेको छ।घटना सार्वजनिक भएपछि अस्पतालले आकस्मिक रूपमा मुसा नियन्त्रण अभियान सुरू गरेको छ। यद्यपि, यसअघि पनि अस्पतालमा मुसा र सरसफाइसम्बन्धी गुनासा उठ्दै आएका थिए।
काठमाडौं – काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटनाका क्रममा घाइते भएकाहरुको विवरण खुलेको छ । उक्त बसमा सवार २२ जना मध्ये चालक सहित २१ जना घाईते भएको, प्रहरी बरिष्ठ उपरिक्षक तुल बहादुर कार्कीले जनाएका छन् । साथै, उनले २१ जना मध्ये ३ जनालाई काठमाडौं रिफर गरिएको र अन्य घाईतेहरुको उपचार गोरखाकै आरुघाट आधारभुत अस्पतालमा भईरहेको बताए । घाईते चालक सहित २१ जना मध्ये १६ जनाको अवस्था मध्यम, ५ जनाको सामान्य, सि.न. १, ३ र १४ को घाईतेलाई थप उपचारको लागी काठमाण्डौ पठाईएको छ । घाईतेहरुको आरुघाट आधारभुत अस्पताल आरुघाटमा उपचार भईरहेको ।भीमसेनथापा गाउँपालिका–३ स्थित तान
विराटनगर – लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी योगराज खतिवडाका अनुसार राति १० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख ७३ हजार ९२५ क्युसेक पुगेको थियो । बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कोसी ब्यारेजका ५६ मध्ये ३९ ढोका खोलिएका थिए । तर, अहिले पानीको प्रवाह घटेपछि ३१ ढोका खुल्ला गरिएको छ । अहिले प्रतिसेकेण्ड २ लाख ४३ हजार ५ सय १० क्युसेक रहेको छ । ब्यारेजमा हाल रातो बत्ती बालिएको छ, जुन एक लाख ५० हजार क्युसेकभन्दा बढी प्रवाह भएपछि खतरा सम्भावना भएको संकेतस
विराटनगर – कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम र मन्त्रालयका प्रदेश सचिव डा.शरणकुमार पाण्डेबिच लामो समयदेखि चल्दै आएको तिक्तता सोमबार सतहमा आएको छ । मन्त्री हाङ्गामको निर्देशनमा सचिव पाण्डेले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबी चालकबाट खोसिएको घटनाले प्रदेश राजनीतिसँगै कर्मचारी वृत्तमा पनि ठूलो तरङ्ग ल्याएको हो ।सचिव पाण्डे निकट स्रोतका अनुसार मन्त्री हाङ्गामले कार्यालयमा आफ्ना मान्छे नियुक्त गर्न, सचिवालयका कर्मचारीको भत्ता तत्काल भुक्तानी गर्न र नीति निर्माणमा हस्तक्षेप गर्ने जस्ता दबाब दिँदै आएका थिए । तर, सचिवले अस्वीकार गरेपछि सम्बन्ध चिसिएको हो । पाण्
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।राती देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६५ रुपैयाँ तीन पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ ४७ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७६ रुपैयाँ तीन पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ ४८ पैसा र बिक
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धार्मिक र आध्यात्मिक यात्रा वा कार्यमा संलग्न हुने सम्भावना प्रबल छ। भाग्यको साथ रहने दिन भएकाले रोकिएका कार्यहरू अघि बढ्न सक्छन् । पितासँग सम्बन्ध सुधार हुने सम्भावना छ । अध्ययन तथा प्रतियोगिता क्षेत्रका लागि लाभदायक समय छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ । मानसिक तनाव तथा अप्रत्याशित खर्चले दिनलाई केही कठिन बनाउन सक्छ । गोप्य विषयमा रुचि बढ्न सक्छ, तर जोखिमपूर्ण कार्यबाट टाढा रहनु बुद्धिमानी हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)साझेदार वा जीवनसाथीसँग विचार-विमर्श आवश्यक हुन
काठमाडौं । फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले मुख्य प्रायोजको रुपमा के.एल. दुगड ग्रुपसँग सम्झौता गरेको छ । एभरेस्ट स्पोट्र्स म्यानेजमेन्ट अन्तर्गतको लुम्बिनी लाभाजले आसन्न वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि नेपालको प्रतिष्ठित व्यापारिक समूह के.एल.दुगड ग्रुपको ज्ञान ब्रान्डलाई आफ्नो आधिकारिक मुख्य प्रायोजकको रुपमा अनुबन्ध गरेको हो । मुख्य प्रायोजकको रुपमा के.एल. दुगड ग्रुपसँगको सहकार्यले लुम्बिनी लाभाज टोलीलाई थप प्रोत्साहन र ऊर्जा प्रदान गरेको क्लबले जनाएको छ । नेपालमा खाद्यान्न उत्पादन र वितरणको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको के.एल. दुगड ग्रुपको ज्ञान जस्तो बलियो ब्रान्डसँग
काठमाडौं । आसाम प्रदेश क्रिकेट सङ्घविरुद्धको टी–२० अभ्यास सिरिज नेपालले जितेको छ ।भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हराउँदै सिरिज ३–२ ले जितेको हो । जितका लागि नेपालले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको घरेलु टोली आसाम निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ रनमा समेटिएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय आठ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । यस्तै शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रन जोड्े । बलिङमा आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले
वीरगन्ज— गृहमन्त्री रमेश लेखकले मित्र राष्ट्र भारत तथा चीनको हितविपरीत नेपाल भूमिलाई दुरुपयोग हुनबाट रोक्न नेपाल सरकार सजग रहेको बताएका छन् ।वीरगन्जको नाकालाई प्रयोग गर्दै केही पाकिस्तानी तथा बंगलादेशी नागरिक भारत प्रवेश गरेको समाचारमा कुनै सत्यता नभएको जानकारी दिँदै गृहमन्त्री लेखकले भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम र अफवाह मात्र भएको प्रष्ट पारेका हुन् ।भारतमा प्रवेश गरेका भनिएका व्यक्ति नेपालबाट मलेसिया गएको पर्याप्त प्रमाण नेपाल सरकारसँग भएपनि नागरिकलाई झुक्याउन भारतीय सञ्चारमाध्यम र केही नेपाली सञ्चारमाध्यमले गलत खबर प्रक्षेपण गरेको उनले बताए ।नेपाल प्रेस युनियन पर्साले सोमबार वीरगन्जमा
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.