काठमाडौं— हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा २(३ दिनमा मनसुन बिस्तार हुने सम्भावना रहेको छ।कोशी र मधेश प्रदेश तथा देशको पहाडी र हिमाली भूभागमा साधाराणतया बादल लागेको छ र तराईका भूभागमा आंशिक बादल लागेको छ।देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश
काठमाडौं— गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह छन् । उनले आफूलाई गृहमन्त्रालयको जिम्मेवार व्यक्ति भन्दै प्रहरी कार्यालयमा सेटिङ मिलाउन खोजेको प्रहरीको भनाइ छ ।कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट पक्राउ गरिएका सिंहमाथि अनुसन्धान भइरहेको छ ।
काठमाडौं— नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले संसदमा उठाइएको नेपाल-भारत सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे सदनमै स्पष्ट जवाफ दिनुपर्ने बताएकी छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले नेपाली कांग्रेसले शुरूदेखि नै उक्त संवेदनशील विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएको स्मरण गराइन् ।प्रधानमन्त्रीको विवादित अभिव्यक्तिपछि प्रतिपक्षी दलहरूले पटक-पटक संसदमा स्पष्ट जवाफ माग्दै आएको उल्लेख गर्दै उनले त्यसको उद्देश्य प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्नु नभई संसदको अभिलेखमा रहेको विषय सच्याई नेपालको राष्ट्रिय हित, कूटनीतिक मर्यादा र प्रधानमन्त्री पदको संस्थागत गरि
वीरगञ्ज— सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण र सुरक्षा व्यवस्थाको प्रभावकारिता मूल्याङ्कन गर्न गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकामा कुनै पूर्वसूचना नदिई आकस्मिक अनुगमन गरेका छन्।पहिचान गोप्य राख्न उनले कालो टोपी, फेस मास्क र सनग्लासको प्रयोग गरेका थिए। यस क्रममा उनी पर्साको जगन्नाथपुर गाउँपालिकास्थित जानकी टोला, ड्राइपोर्ट तथा बाराको कलैया उपमहानगरपालिका–१० अन्तर्गत पर्ने मटियार्वा नाका पुगेका थिए।अनुगमनका क्रममा मन्त्री गुरुङले सुरक्षाकर्मीलाई जानकारी नदिई स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका थिए। स्थानीयले विशेषगरी रातिको समयमा साइकलमार्फत हुने तस्करी बढ्दो रहेको
काठमाडौं— प्रतिनिधि सभा बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ। आज आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सदनले सर्वसम्मत रूपमा पारित गरेको हो।विधेयकमाथिको दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले वैदेशिक तथा राष्ट्रिय ऋणलाई अनुत्पादक क्षेत्रमा नभई उत्पादनमूलक आयोजनाहरूमा मात्र खर्च गरिने स्पष्ट पारे।'विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, जसले अर्थतन्त्रका गतिविधिलाई चुस्त बनाउने, दूरी छोट्याउने र लागत घटाउने काम गरिरहेका हुन्छन्,' अर्थमन्त्री वाग्लेले
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल सहितका नेताहरु आज कार्यक्रममा सँगै देखिएका छन् ।मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा ओली, प्रचण्डसहितका नेताहरु सहभागी भएका हुन् ।
मकवानपुर— मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ घाराखोल्सास्थित कुलेखानी-दक्षिणकाली सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ५५९९ नम्बरको खाली पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते भएका चालक थाहा नगरपालिका-९ चित्लाङ स्थायी घर भई हाल हेटौँडा उपमहानगरपालिका-१ चौकीटोल बस्दै आएका ४५ वर्षीय मुकुन्द झ्यारी मगरलाई उपचारका लागि पाटन अस्पताल, ललितपुर पठाइएको थियो।उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेक
काठमाडौं— जेलभित्र रहेका कैदीबन्दीका लागि छुट्याइएको करिब साढे १३ लाख रुपैयाँ हिनामिना भएको आरोप सार्वजनिक भएपछि घटनाले चर्चा पाएको छ।उक्त रकमको प्रयोग र व्यवस्थापनबारे प्रश्न उठेपछि सम्बन्धित निकायबाट छानबिन हुनुपर्ने माग समेत उठिरहेको छ। यस विषयमा विभिन्न दाबी सार्वजनिक भइरहेका छन्।यसैबीच, सामाजिक सञ्जालमा नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको भन्ने दाबी पनि फैलिएको छ। तर यस दाबीबारे सम्बन्धित प्रहरी निकायबाट आधिकारिक पुष्टि भएको छैन।घटनाबारे आधिकारिक विवरण र अनुसन्धानको निष्कर्ष सार्वजनिक हुन बाँकी रहेकाले अपुष्ट दाबीलाई तथ्यका रूपमा प्रस्तुत गर्नु उपयुक्त हुँदैन।
काठमाडौं— त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले घाटा खाएर सञ्चालन गर्न नसक्ने भन्दै बन्द गरेको बीमा कार्यक्रम सोमबारदेखि पुनः सुरु गर्ने भएको छ ।अस्पतालले सूचना जारी गर्दै १५ असारदेखि पुनः ओपीडी सेवा सुरु गर्ने जनाएको हो । बीमाको ओपीडी टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २:३० बजेसम्म उपलब्ध हुने अस्पतालले जनाएको छ ।लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगरेको भन्दै १ माघ २०८३ देखि बन्द गरेको बीमा कार्यक्रम साढे पाँच महिनापछि सुरु गर्न लागेको हो ।सरकारले करोडौँ रुपैयाँ भुक्तानी नगरेपछि अस्पतालको आर्थिक अवस्था धराशयी बनेको अस्पतालले बताएको थियो । तर, केही दिन
काठमाडौं— फिफा विश्वकप २०२६ को समूह चरणको आफ्नो अन्तिम खेलमा पनि अर्जेन्टिनाले सानदार जित दर्ता गरेको छ । आइतवार बिहान सम्पन्न खेलमा जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गर्दै साविक विजेता अर्जेन्टिना समूहका तीनै खेल जितेर अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेको हो ।अर्जेन्टिनाको यस जितमा कप्तान लियोनल मेसीले आफ्नो प्रदर्शनलाई निरन्तरता दिँदै उत्कृष्ट गोल गरे ।खेलको सुरुवाती समयमा बेन्चमा रहेका मेसी ६० औँ मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए । उनले मैदान छिरेको २० मिनेटमै अर्थात् खेलको ८० औँ मिनेटमा फ्रिकिकमार्फत एक सानदार गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।यसअघिका दुई खेलमा ५ गोल गरिसकेका मेसीको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.