काठमाडौं— धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका हुन् ।साम्पाङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै समर्थकहरुको भीड लागेको थियो । उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै ¥यालीसहित स्वागत गरे ।विमानस्थलमा समर्थकहरुले गरेको स्वागतलाई लक्षित गर्दै साम्पाङले सामाजिक संजालमा लेखेका छन्,‘कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दावाद’को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ ! सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ ! सबैलाई धन्यवाद !’कहिले धरानमा पानी चाहियो भनेर गाग्रो बोकेर माइतीघरमा प्रदर्शन गर्न उन
काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र आन्दोलनप्रतिको गहिरो विश्वासबिनाका कार्यहरू जीवन्त र प्रभावकारी बन्न नसक्ने धारणा व्यक्त गरेका छन् ।आनन्द प्रसाद पोखरेलद्वारा लिखित ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले जुन काममा जुटेका छौं, त्यसमा सबैभन्दा पहिलो कर्तव्य भनेको पार्टीप्रतिको आस्था र विश्वास भएको बताएका हुन् ।उनले भने, ‘जबसम्म हामी पार्टीमाथि विश्वास गर्न सक्दैनौं, भरोसा गर्न सक्दैनौं, हाम्रा कामहरू जीवन्त र प्रभावकारी हुन सक्दैनन् । जुन काममा जुटेका छौं, त्यसमा सबैभन्दा पहिलो कर्तव्य भनेको पार्टीप्रतिको आस्था र विश्वास हो ।’उनले पार्टी
काठमाडौं— द्वितीय विश्वयुद्ध समाप्त भएको ८० औं वार्षिकोत्सवको अवसरमा चीन सरकारले विजय दिवस परेडको आयोजना गरेको छ । जापानले उक्त सैन्य परेडमा अन्य देशहरूलाई सहभागी नहुन आग्रह गरेको भन्दै चीनले त्यसको तिव्र आलोचना गरिरहेको छ ।बेइजिङले यो कदमलाई “इतिहासको तोडमोड” र “न्यायप्रतिको विश्वासघात” भनेको छ । चिनियाँ अधिकारीहरूले जापानको प्रयासलाई दिग्भ्रमपुर्ण भनेका छन् ।“जापानले चीन र अन्य एशियाली मुलुकविरुद्ध गरेको युद्धले गहिरा घाउहरू छोडेको छ, जुन अझै पूर्ण रूपमा निको भएको छैन,” सिजिटिएन डिजिटलका प्रमुख सम्पादक तिआनफु लीले लेखेका छन । “नान्जिङ नरसंहारदेखि युनिट ७३१ ले गरेको रासायनिक तथा जैविक हतियार
काठमाडौं— नेपाल शिक्षक महांसघले जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यालय अगाडि धर्ना दिंदै ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार महांसघले विद्यालय शिक्षा विधेयकमा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै जसपा कार्यालय अगाडि धर्ना गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो । उनीहरुले भदौ ११ देखि निरन्तर रुपमा राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा दुई घण्टे धर्ना दिइरहेका छन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा विधेयक प्रतिनिधि सभामा दर्ता हुँदा केही र महत्वपूर्ण विषयहरु छुटेका कारण धर्ना गरेको बताएका छन् ।उनले उल्टो दिशामा हिँडेको विषय सुल्टो दिशाम
काठमाडौं— काठमाडौं महानगरपालिका वडा नम्बर ७ को वडाअध्यक्ष विमल होडाले पन्चवर्षीय कार्ययोजना अन्तर्गत वातावरण, सम्पदा, स्वस्थ्य, शिक्षालगायत अरु विकास निर्माणका कामहरु गरिरहेको बताएका छन् ।आइतबार काठमाडौंको गोपिकृष्ण आवास आयोजनाको खुल्ला क्षेत्रमा निर्मित शिव पन्चायन मन्दिर भजन मण्डल हरियाली उद्यान उद्घाटन समारोहमा बोल्दै उनले शिव पञ्चायन मन्दिर बन्नु भन्दा अघि यस क्षेत्रमा चोरी, आतंक हुने, नकरात्मक गतिविधी हुने गरेको र अहिले सुरक्षा बढेको बताए । उनले भने ‘शिव पन्चायन मन्दिर बन्नुभन्दा अघि यो ठाँउ चोरी र आतंकका गतिविधि हुन्थे । नकरात्मक गतिविधी हुने गरेको थियो । अहिले सुरक्षा बढेको छ
काठमाडौं— गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरूले चित्त दुखाउनु नपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज पर्सामा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति सही भएको बताए । ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो । हामीले हाम्रो भूमिलाई हाम्रो भूमि होभन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन,’ उनले भने, ‘यसमा मित्रराष
काठमाडौं— सोमबारदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँले घटाएको छ। आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रति लिटर १ रुपैयाँले घटाइएको छ।अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा लागू हुने हवाई इन्धनको मूल्य प्रति किलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ।पेट्रोलको मूल्य घटेर आए पनि खुद्रा बिक्री मूल्य यथावत राखिएको छ। एलपी ग्यासको मूल्यमा पनि कुनै परिवर्तन गरिएको छैन।निगमले सार्वजनिक गरेको विज्ञप्तिमा मूल्य समायोजन अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा गरिएको जनाइएको छ।
कञ्चनपुर— कञ्चनपुरमा लगातारको वर्षापछि उत्पन्न बाढीका कारण करिब चार दर्जन परिवार विस्थापित भएका छन्। जोगबुडा, भुलेजा तथा महाकाली नदी र खोलामा आएको बाढीले जिल्लाका विभिन्न स्थानमा डुबानको स्थिति सिर्जना गरेको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी नगरपालिका–८ रामपुरेटापुमा २५ घरका ७० जनालाई सुरक्षित रूपमा जनज्योति माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ। त्यस्तै, वडा नं. ३ पटेराखल्लाका १५ परिवार (५५ जना) लाई पशु चौपाया र सरसामानसहित जमुना आधारभूत विद्यालयमा राखिएको छ।भीमदत्त नगरपालिका–११ स्थित भुलेजामा पाँच घर डुबानमा परेका छन्। ती घरका बासिन्दालाई आवश्यक सरसामानसहित घरको छत
काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै, संगठन निर्माणका लागि आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् ।बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष प्रचण्डले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे ।उनले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भएपनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताए ।भर्चुअल बैठकमा सहभागी हुनको कारण स्पष्ट पार्दै अध्
काठमाडौं— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि तिआनजिनमा भएको द्विपक्षीय बैठक स्थलमा एउटै गाडीमा सँगै गएका छन् ।सो अवसरको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै प्रधानमन्त्री मोदीले लेखे, “एससीओ शिखर सम्मेलनको कार्यसूचीपछि राष्ट्रपति पुटिनसँग म द्विपक्षीय बैठक स्थलमा सँगै गइरहेको थिएँ । उहाँसँगका वार्तालापहरू सधैँ गहन हुन्छन् ।”यो भेटघाट भारत–रुसबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रयास भइरहेको अवस्थामा भएको हो । जब वाशिङ्टनसँगको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ । अमेरिकाले हालै भारतीय वस्तुमा ५० प्रतिशतसम्म शुल्
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.