विराटनगर— सुनसरीको सोनापुरस्थित अरिहन्त मल्टिफाइबर्स लिमिटेडकी सञ्चालक अश्विनी गोल्छा उच्च रोजगारी सिर्जना, सामाजिक सुरक्षा तथा निकासी व्यापारमा योगदान पुर्याएको भन्दै सम्मानित भएकी छन्।उद्योग संगठन मोरङको ५३औँ वार्षिक साधारण सभामा उनलाई सम्मान गरिएको हो। यसअघि पनि सरकारले सामाजिक सुरक्षा दिवस २०८२ का अवसरमा उद्योगले श्रम, रोजगार र सामाजिक सुरक्षामा उल्लेखनीय योगदान दिएको भन्दै सम्मान गरेको थियो।अश्विनी नेतृत्वको अरिहन्त मल्टिफाइबर्सले ४,२०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ, जसमा आधाभन्दा बढी महिला छन्। उद्योगले वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढी मूल्यका जुटजन्य उत्पादन भारत निर्यात गर्दै
फिक्कल। वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका-९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।गएराति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । सधैँ जोखिमयुक्त रहेको सो सडकमा लेदोसहित पहिरो झर्ने र सवारी आवागमन बन्द हुने समस्या यसअघि पनि रहँदै आएको उहाँले बताउनुभयो ।सडक अवरुद्ध भएपछि साना सवारीसाधनका लागि एकतर्फी रूपमा आवतजावत गर्नसक्ने गरी पहिरो पन्छाउने प्रसाय भइरहेको प्रजिअ ढकालले बताउनुभयो । लगातार लेदो सडकमा झरिरह
काठमाडौं— रिक्त रहेका विभिन्न विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियाअन्तर्गत उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण सुरु भएको छ ।उपकुलपति छनोट तथा सिफारिस समितिले पूर्वनिर्धारित कार्यतालिकाअनुसार पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि अन्तिम सूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको अन्तर्वार्ता र प्रस्तुतीकरण प्रक्रिया आइतबारदेखि सञ्चालन गरेको हो ।समितिका अनुसार छनोट प्रक्रिया समानान्तर रूपमा सञ्चालन भइरहेको छ । प्रत्येक उम्मेदवारले विश्वविद्यालय सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास तथा भावी कार्यदिशाबारे
काठमाडौं— संयुक्त राज्य अमेरिकाले शनिबार इरानका विभिन्न सैन्य इलाकाहरूलाई लक्षित गरी थप हवाई आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले यस सैन्य कारबाहीको पुष्टि गरेको हो।सेन्ट्रल कमाण्डद्वारा जारी विज्ञप्ति अनुसार अमेरिकी सैन्य विमानहरूले इरानी सैन्य निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई रक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र र माइन बिछ्याउने क्षमता भएका रणनीतिक स्थानहरूलाई निशाना बनाएका छन्।व्यावसायिक जहाजहरूमाथि इरानले अन्तर्राष्ट्रिय जलक्षेत्रमा निरन्तर जारी राखेको आक्रामक गतिविधिको प्रत्यक्ष जवाफ स्वरूप यी आक्रमणहरू गरिएको विज्ञप्तिमा उल्लेख छ। यस क्षेत्रमा व्यावसायिक जलयानहरूको
काठमाडौँ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ । अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ । अहिले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतया सफा रहेको छ भने देशका बाँकी भेगमा आंशिक बदली छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधारणतया बदली रहनेछ
काठमाडौं— तत्कालीन नेकपा (एमाले)का महासचिव तथा ‘जनताको बहुदलीय जनवाद’ (जबज)का प्रवर्तक जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा दिउँसो १ः३० बजे सुरु हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनेछन् ।कार्यक्रमलाई नेकपा ९एमाले०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री माधवकुमार न
काठमाडौं— प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको विसट्टिऔं वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने छन् र प्रधानमन्त्रीको तर्फबाट मन्त्री पुनले ‘सार्वजनिक खरिद -दोस्रो संशोधन_ विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘सार्वजनिक खरिद -दोस्रो संशोधन_ विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसू
काठमाडौं । अमेरिकाले इरानमाथि पुनः हवाई आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले शनिबार इरानका विभिन्न सैन्य पूर्वाधारमाथि अतिरिक्त आक्रमण गरेको जनाएको हो । सेन्टकमका अनुसार शुक्रबार इरानी आक्रमणको जवाफस्वरूप अमेरिकी कारबाहीपछि इरानलाई युद्धविराम सम्झौताको पालना गर्ने अवसर दिइएको थियो । तर, इरानले शनिबार बिहान करिब ४ः३० बजे स्थानीय समय एकतर्फी आक्रमणकारी ड्रोन प्रहार गरी पानामाको झण्डा बोकेको तेलवाहक ट्याङ्कर लाई निशाना बनाएको आरोप अमेरिकाले लगाएको छ। उक्त जहाज होर्मुज जलडमरूमध्य नजिकै दुई करोडभन्दा बढी ब्यारेल कच्चा तेल बोकेर गइरहेको स
लमजुङ। सङ्घीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला यहाँ मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मस्र्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ ।मस्र्याङ्दी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आवदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क दिने भएको हो । मस्र्याङ्दीले आगामी आवको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई ५० युनिट विद्युत् निःशुल्क प्रस्ताव गरेर २१औँ गाउँसभाले पारित गर्दै लागू गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले आगामी आवको नीति तथा
सिद्धार्थनगर। मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार ओमसतिया गाउँपालिका–४ वसन्तपुर निवासी करिब नौ वर्षीय आकाश पासी र ११ वर्षीय अरमान पठान शुक्रबार साँझ ६ः३० बजे नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।मोहर्रम पर्वका अवसरमा ताजिया विसर्जनका लागि ठूलो सङ्ख्यामा स्थानीय भेला भएका बेला ती बालक मुख्य विसर्जनस्थलबाट करिब ७०० मिटर टाढा नदीमा नुहाउन र पौडी खेल्न गएका थिए ।जिल्ला प्रहरी कार्यालयका सूचना अधि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.