समाचार

    Showing 2,001-2,010 of 26,479 items.
  • आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

    काठमाडौँ। हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य तराई भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।महाशाखाले आज दिउँसो देशका हिमाली तथा पहाडी भाग र कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहने जनाएको छ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतय

    • प्रकाशित मितिः असार ७, २०८३
    • 225 पटक पढिएको
  • आज अन्तरराष्ट्रिय योग दिवस

    काठमाडौँ। ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तरराष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरीे देशभर मनाइँदै छ ।अन्तरराष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तरराष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो ।सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन

    • प्रकाशित मितिः असार ७, २०८३
    • 231 पटक पढिएको
  • धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

    बेनी। अग्लाअग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा नभएका बस्ती । एक गाउँबाट अर्को गाउँ पुग्न घण्टौँसम्म उकालोओरालो हिँड्नुपर्ने बाध्यता । विगतका वर्षहरूमा म्याग्दीको धवलागिरि गाउँपालिकाको चिनारी यस्तै दुर्गम र विकट भूगोलको सङ्घर्षका कथाबाट हुने गथ्र्यो । तर समयसँगै त्यो चित्र फेरिँदै गएको छ । सडक पूर्वाधारको विस्तारसँगै धवलागिरिका दुर्गम गाउँबस्तीमा विकासका सुविधा उक्लन थालेका छन् ।सडक यातायातको क्षेत्रमा गाउँपालिकाले हासिल गरेको उपलब्धिले वर्षौँदेखि दुर्गम र विकटताको पहिचान बोकेका बस्तीलाई क्रमशः सहज पहुँचको सुविधामा ल्याउन थालेको छ । धवलागिरि गाउँपालिका–१ गुर्जामा सडक सञ्जा

    • प्रकाशित मितिः असार ७, २०८३
    • 218 पटक पढिएको
  • रास्वपा महाधिवेशन आजदेखि

    भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । चितवनमा आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात,

    • प्रकाशित मितिः असार ७, २०८३
    • 223 पटक पढिएको
  • पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो

    कास्की। पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको बास्तोला कम्प्लेक्सका ३२०  सटरलगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ ।पोखरा बसपार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वीचोकस्थित सेती नदीपट्टिको बास्तोला कम्प्लेक्स हटाएको हो । महानगरपालिका र जग्गाधनीका बीचमा संरचना हटाउने सहमतिअनुसार व्यवसायीले सटर खाली गरेका थिए ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताउनुभयो । उहाँका अनुसार बसपार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न

    • प्रकाशित मितिः असार ७, २०८३
    • 218 पटक पढिएको
  • रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

    चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ । प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ । सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा तीन हजार ८१० प्रतिनिधि देखिएको छ । यसमा २५ देशका प्रभास सम्पर्क विभागबाट २०० हाराहारी प्रतिनिधि थप हुने उहाँले जानकारी दिनुभयो ।  विधानतः सभापतिले मनोनय गर्ने सङ्ख्या २०० रहेको छ । यसका अतिरिक्त समूहगत रुपमा पार्टी प्रवेश गर्नेबाट अरु केही थप हुनसक्ने श्रेष्ठले बताउनुभयो । आज बिहानसम्ममा गरिएको सूचीमाथि दाबी विरोध, दोहोरो पर्ने र छु

    • प्रकाशित मितिः असार ६, २०८३
    • 250 पटक पढिएको
  • झापामा दुई सय ८५ जनालाई रोजगारी

    सुरुङ्गा। अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट २८५ जनाले रोजगारी पाएका छन् । अर्जुनधारा नगरपालिकाका १२१ र बिर्तामोड नगरपालिकाका १६४ बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी पाएका हुन् ।अर्जुनधारा नगरपालिकाले स्थानीयस्तरमा रोजगारी, रोजगारकर्ता र रोजगारदाताबीच समन्वय गराई अवसर सिर्जना गर्ने उद्देश्यले तीनदिने रोजगार मेला आयोजना गरेको छ । अर्जुनधारा उद्योग वाणिज्य सङ्घको आयोजना तथा अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा यही असार ३ देखि ५ गतेसम्म शनिश्चरे बजारमा सञ्चालन भएको रोजगार मेला बेरोजगार युवालाई रोजगारीसँग जोड्ने महत्वपूर्ण माध्यम बनेको आयोजकले जनाएको छ

    • प्रकाशित मितिः असार ६, २०८३
    • 240 पटक पढिएको
  • उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु

    कटारी। उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलको कर्मचारी सवार बा२ख ६४३८ नम्बर सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय सङ्गमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी जिल्ला अस्पताल उदयपुर पठाएको थियो । उपचारकै क्रममा बर्दिबास नगरपालिका निवासी ५५ वर्षीय विमलेश दत्तलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका

    • प्रकाशित मितिः असार ६, २०८३
    • 206 पटक पढिएको
  • ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

    नारायणगढ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज यहाँ सम्पन्न भएको छ । विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन् ।त्यस अवसरमा विश्वविद्यालयका सहकुलपति शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासबाट उज्ज्वल हुने भएकाले सरकारले यस क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेको बताउनुभयो । चितवनको परिचय कृषि तथा वन विज्ञान विश्वविद्यालय भएको बताउँदै उहाँले दीक्षित विद्यार्थीलाई प्राप्त शैक्षिक उपाधि केवल प्रमाणपत्रमात्र नभई राष्ट्रप्रतिको जिम्मेवारी, समाजप्रतिको उत्तरदायित्व र भावी पुस्ताप्रतिको प्रतिबद्धताको प्रतीक मानेर त

    • प्रकाशित मितिः असार ६, २०८३
    • 199 पटक पढिएको
  • शिख मुलपानीमा ‘एक घर, एक धारा’

    म्याग्दी। जिल्लाको अन्नपूर्ण गाउँपालिका-५ शिखको मूलपानीमा ‘एक घर, एक धारा’ भन्ने नारासहित शिख खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको आयोजनाबाट शिखको मुलपानी टोलका ३५ परिवार लाभान्वित भएका छन् । हिलेदह मूलको पानीलाई दुई हजार ४३८ दशमलव ९० मिटर लामो पाइपबाट ल्याएर मूलपानी टोलमा रहेका सबै घर र शिख माविमा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर पाईजाले बताउनुभयो । उपभोक्ता अनमिका शेर्पुजाले घरका धारामा नियमित सफा र शुद्ध खानेपानी उपलब्ध भएपछि समयको बचत हुनुका साथै झञ्जट हटेक

    • प्रकाशित मितिः असार ६, २०८३
    • 289 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.