समाचार

    Showing 2,061-2,070 of 24,474 items.
  • आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

    काठमाडौं— आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज जौको सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नुका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।यस दिन गरेको स

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 410 पटक पढिएको
  • अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

    काठमाडौं— अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ । अहिलेसम्म मासिक रूपमा दिइँदै आएको तलब सुविधा आगामी दिनमा अर्धमासिक (महिनामा दुई पटक) रूपमा वितरण गरिने भएको हो ।मन्त्रालयबाट जारी पत्रअनुसार यो व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ ।हालसम्म सरकारी कर्मचारीहरूले एकैपटक महिनाको अन्त्यमा तलब बुझ्दै आएका थिए । तर नयाँ प्रणाली लागू भएपछि अब महिनामा दुई चरणमा तलब पाउने व्यवस्था हुनेछ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 395 पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७५ रुपैयाँ २६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ५७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८३ पैसा र बिक्र

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 387 पटक पढिएको
  • मौसम पूर्वानुमानः हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग लगायत देशका बाँकी हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हु

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 384 पटक पढिएको
  • बुद्ध जयन्तीमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीको विशेष कार्यक्रमस् पूजा, प्रदर्शनी र शान्तिको सन्देश दिईने

    काठमाडौं । गौतम बुद्ध को २५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत गुठीले वैशाख १५ गतेदेखि बुद्ध वचन ९त्रिपिटक० पाठ–पूजा सुरु गरिने र वैशाख १८ गते विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिएको छ।गुठीका प्रबन्धक मिथुन चाङ्बा भोटेका अनुसार वैशाख १८ गते बिहान ७ बजेदेखि गुठीअन्तर्गत रहेको गुम्बामा विश्व शान्तिको कामनासहित पूजा–आराधना सुरु हुनेछ। पूजा सम्पन्न भएपछि बिहान ९ बजेदेखि ऐतिहासिक सिद्धार्थ गौतम बुद्धसँग सम्बन्धित पौराणिक तथा पुरातात्त्विक मूर्तिहरू दर्शनार्थीका लागि प्रदर्शनम

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 250 पटक पढिएको
  • तिलोत्तमामा सुत्केरी महिलाको रहस्यमय मृत्यु

    बुटवल— रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ सुनौलोपथमा भाडामा बस्ने वर्ष ४० की  २ महिनाकी सुत्केरी महिलाको रहस्यमय तरिकाले मृत्यु भएको  छ ।  विगत केही वर्षदेखि भाडामा बस्दै आएका मन्जु नेपाली र श्रीमान् कमल नेपाली दुवै जना मजदुरी गर्ने गरेका थिए । शनिवार राती दुवै जनाले मदीरा पीयको र सामान्य झगडासमेत भएको स्थानीयले बताएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले बताए । आईतवार विहान उनीहरू बस्ने कोठामा मन्जुको मृत अवस्थामा शरीर फेला परेको प्रहरीले जनाएको छ ।  दुई महिनाकी छोरीसंगै रहेकी मन्जुको हत्यावाट होकी अन्य कुनै कारणले ज्य

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 442 पटक पढिएको
  • विष्णुमती किनारबाट चार पेस्तोल र ५८ राउन्ड गोली बरामद

    काठमाडौं— विष्णुमती नदी किनारबाट प्रहरीले चार थान पेस्तोल, ५८ राउन्ड गोली र सात थान म्यागजिन बरामद गरेको छ।काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमती खोला किनारमा सरसफाइका क्रममा ती हतियार फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।बरामद पेस्तोल टाइप–५४ रहेको र त्यसका सात थान म्यागजिन पनि भेटिएको प्रहरीले जानकारी दिएको छ।आइतबार बिहान महानगरपालिका र प्रहरीको संयुक्त सरसफाइ टोलीले खोला किनार सफा गर्ने क्रममा हतियार फेला पारेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 445 पटक पढिएको
  • अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    काठमाडौं— वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेटलाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौँ विश्वविद्यालय९केयू०बीच एपीआई गर्ने कार्य सम्पन्न गरेको हो ।उक्त प्रयोजनका लागि यही वैशाख ४ गते त्रिविसँग सम्झौता भएको छ भने केयूसँग यसअघि नै सम्झौता भइसकेको छ । योसँगै विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन् । साथै सम्पूर्ण प्रक्रिया पूरा भएपछि आफ्नो प्रमाण

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 444 पटक पढिएको
  • कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले पायो पूर्णता

    काठमाडौं— नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञसहितको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’लाई पूर्णता दिएको छ ।कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत ११ गते बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको थियो ।पार्टीले नेपालको संविधान २०७२ सालमा संविधानसभामार्फत जारी भएको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसको रक्षा, कार्यान्वयन र समयानुकूल संशोधन नेपाली कांग्रेसको मूल दायित्व भएको जनाएको छ ।कांग्रेसले संविधानलाई गतिशील र परिवर्तनशील दस्तावेज भन्दै नागरिक भावना, सुशासन, प्रभावकारी सेवा प्रवाह, संघीयता का

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 403 पटक पढिएको
  • नेपालमा बर्डफ्लुको महामारी: १ लाख ३० हजारभन्दा बढी पंक्षी नष्ट

    काठमाडौं— नेपालमा बर्डफ्लुको संक्रमणले उग्र रूप लिएको छ । नेपाल सरकारको द्रुत प्रतिकार्य टोली र राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणालीद्वारा सार्वजनिक गरिएको पछिल्लो प्रतिवेदन अनुसार, २०८३ वैशाख १ गतेसम्म मुलुकका विभिन्न ६ जिल्लामा संक्रमण फैलिसकेको छ ।यस आर्थिक वर्षको पहिलो संक्रमण गत २०८२ चैत ४ गते कोशी प्रदेशको मोरङ जिल्लाअन्तर्गत सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट सुरु भएको थियो, जुन अहिले अन्य प्रमुख पोल्ट्री क्षेत्रहरूमा समेत विस्तार भएको छ ।हालसम्मको तथ्याङ्क अनुसार देशका कुल ३३ वटा पोल्ट्री फार्महरूमा बर्डफ्लु पुष्टि भइसकेको छ । संक्रमण थप फैलिन नदिन र नियन्त्रण गर्नका लागि सरकारले हालसम्

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 480 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.