समाचार

    Showing 2,091-2,100 of 26,479 items.
  • सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन

     काठमाण्डौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत एउटा सरकारी आईटी कम्पनी स्थापना गर्ने र एकीकृत सरकारी मेसेजिङ प्लेटफर्म विकास गर्ने घोषणा गरेसँगै नेपालको प्रविधि क्षेत्रमा एक नयाँ र गम्भीर बहस सुरु भएको छ । सरकारी सफ्टवेयर आयोजनाहरूलाई केन्द्रीकृत गर्न, साइबर सुरक्षा सुदृढ बनाउन र डिजिटल रूपान्तरणलाई छिटो—छरितो बनाउने लक्ष्यका साथ यो कदम चाल्न लागिएको सरकारको दाबी छ । उद्देश्य पक्कै पनि सकारात्मक सुनिन्छ, तर सक्षम निजी क्षेत्र र नवप्रवर्तनकारी स्टार्टअपहरू क्रियाशील रहेको बजारमा राज्य आफैं व्यवसायी बनेर ओर्लनु कत्तिको व्यावहारिक छ।सरकार सहजकर्ता बन्ने हो, प्र

    • प्रकाशित मितिः असार २, २०८३
    • 149 पटक पढिएको
  • फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा एक पक्राउ

    काठमाडौं— सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुंगलका ६१ वर्षीय प्रद्युम्न श्रेष्ठलाई साइबर ब्युरोबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो ।निजलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको ब्युरोका प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

    • प्रकाशित मितिः असार २, २०८३
    • 446 पटक पढिएको
  • बीवाईडी विद्युतीय गाडी फुकुवा छानबिनले दियो ‘क्लिन चिट’, नियन्त्रणमा रहेका गाडी फुकुवा

    काठमाडौं— मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका बीवाईडी कम्पनीका विद्युतीय सवारीसाधन अन्ततः फुकुवा भएका छन्। प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयबीच देखिएको मतभेद अन्त्य भएसँगै सरकारले गठन गरेको छानबिन समितिले आयात प्रक्रियामा कुनै अनियमितता नभेटिएको प्रतिवेदन दिएपछि जोमसोम र कोरलानाकामा रोकिएका गाडी सम्बन्धित पक्षलाई जिम्मा लगाइएको हो।कोरलानाका हुँदै नेपाल भित्रिएका ७७५ विद्युतीय सवारीमध्ये अधिकांशको भन्सार प्रक्रिया पूरा भइसकेको छ भने नियन्त्रणमा रहेका गाडी क्रमशः गन्तव्यतर्फ पठाइँदै छन्। जोमसोम बसपार्कमा राखिएका २६६ सवारीमध्ये २२३ गन्तव्यतर्फ पठाइसकिएको र बाँकी सवारीक

    • प्रकाशित मितिः असार २, २०८३
    • 538 पटक पढिएको
  • दोहोरी साँझ नजिक कुटपिटमा घाइते युवकको मृत्यु, चार जना पक्राउ

    काठमाडौं— गोरखामा भएको सामूहिक कुटपिट घटनामा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा गोरखा नगरपालिका–७ रोटेपानीका २४ वर्षीय बोनस शाक्य, धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल गोरखा नगरपालिका–८ बगैँचामा बस्दै आएका २३ वर्षीय मिङमर गुरुङ, सिरानचोक गाउँपालिका–२ थालाजुङका २९ वर्षीय होमराज गुरुङ तथा धार्चे गाउँपालिका–१ हुलचुकका २४ वर्षीय सन्तोष गुरुङ रहेका छन्।प्रहरीका अनुसार जेठ २७ गते राति गोरखा नगरपालिका–७ छिपीनीटोलस्थित गोरखा दोहोरी साँझ नजिक सडकमा वारपाक सुलिकोट गाउँपालिका–३ का ३२ वर्षीय सन्तबहादुर गुरुङमाथि लात, मुक्का र ढुंगाल

    • प्रकाशित मितिः असार २, २०८३
    • 446 पटक पढिएको
  • नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

    सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई प्रवद्र्धन गर्न आवश्यक रहेको नेपाल र भारतका व्यवसायिक नेतृत्व तथा नीतिनिर्माताहरूले जोड दिएका छन् ।भारतको सिलिगुडीमा आयोजित उच्चस्तरीय द्विपक्षीय संवादमा सहभागीहरुले उक्त धारणा राखेका हुन् ।  ‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’ विषयक उक्त संवादको संयुक्त आयोजना एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स आइडार कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री सीआआइ नर्थ बंगाल जोनल काउन्सिलले गरेका थिए। कार्यक्रममा विशेषगरी पूर्वी नेपाल र भारतको पश्चिम बंगालबीच व्यावहारिक तथा कार्यान्वयनय

    • प्रकाशित मितिः असार २, २०८३
    • 161 पटक पढिएको
  • ट्राफिक नियम मिच्नेलाई ५० हजार रूपैयाँ जरिवानाको प्रस्ताव

    काठमाडौं— उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक नियम मिच्नेलाई ५० हजार रूपैयाँसम्म जरिवाना हुनुपर्ने प्रस्ताव गरेका छन् । सङ्घीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा ‘सार्वजनिक सवारी र ढुवानी व्यवस्थापन’ सम्बन्धी प्रस्तुतिका क्रममा काफ्लेले हालको ५ सयदेखि १५ सय रूपैयाँसम्म जरिवाना पर्याप्त नभएको भन्दै ३३ गुणासम्म बढाउन प्रस्ताव गरेका हुन् ।हाल ट्राफिक नियम उल्लंघन गर्दा ५ सय देखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना हुने गरेको छ । यसलाई निकै न्यून रहेको बताउँदै एसएसपी काफ्लेले भने, ‘अहिलेको जरिवानाले कसैलाई डर भएन । नियम उल्लंघन गर्नेलाई ५

    • प्रकाशित मितिः असार २, २०८३
    • 472 पटक पढिएको
  • दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस

    काठमाडौं— सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस हुँदैछ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा आज बयान सकिएपछि थुनछेक बहस हुनेछ । थुनछेक बहसपछि अदालतले थुनामा पठाउने या धरौटीमा छाड्ने कुनै एक निर्णय गर्नेछ ।सोमबार बयान नसकिएपछि दुवै जनालाई न्यायिक हिरासतमा पठाइएको थियो । प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धीकरण बापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार, ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल र शंकरलाल अ

    • प्रकाशित मितिः असार २, २०८३
    • 456 पटक पढिएको
  • आजको मौसमः तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना

    काठमाडौं— हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।देशको हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ ।दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । मधेश प्रदेश तथा कोशी,बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू(भागमा मौसम मूख्यतया सफा रहनेछ। को

    • प्रकाशित मितिः असार २, २०८३
    • 423 पटक पढिएको
  • दुई दिनको बिदाको प्रभावः पर्यटकीय गन्तव्यमा थप चलायमान

    बागमती। शनिबार र आइतबार सार्वजनिक बिदा दिने प्रावधान कार्यान्वयन गरिए पछि पर्यटकीय गन्तव्य थप चलायमान हुन थालेका छन् ।  गर्मीका कारण यो समयलाई आन्तरिक घुमफिरको यामका रुपमा लिइँदैन । चितवनको सौराहामा दुई दिन बिदाको समय पारेर आएका पर्यटकका कारण त्यहाँका होटेल तथा रेष्टुराँ आन्तरिक पर्यटकले भरिभराउ भएका जनाएको छ । साथै जङ्गल सफारीका लागि जिप लाग्ने ठाउँ होस् वा हात्ती चढ्ने ठाउँ सबैतिर पर्यटकहरू खचाखच भरिएका छन्  । प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्यको उपमा दिइने नेपालको चितवन पनि तिनै पर्यटकीय महत्व बोकेको गन्तव्यमध्येमा एक हो । विशेष गरी जल पर्यटन, वन्यजन्तुु अवलोकन आदिका

    • प्रकाशित मितिः असार २, २०८३
    • 221 पटक पढिएको
  • लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

    लुम्बिनी। प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३ / ८४ को बजेटमा स्वास्थ्य सेवातर्फ प्राथमिकता तोकेर बजेट विनियोजन गरिएको छ । प्रदेशको स्वास्थ्य क्षेत्रको विकासका लागि बजेटमा स्वास्थ्य मन्त्रालयको लागि रु पाँच अर्ब ६५ करोड ७२ लाख विनियोजन गरिएको आर्थिक मामिला तथा योजनामन्त्री कार्कीले बताउनुभयो ।यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणाधीन बहुतले अत्याधुनिक भवन निर्माण लगायत प्रदेशका अन्य महत्वपूर्ण स्वास्थ्य संस्थाहरुको भवन पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि रु दुई अर्ब १२ करोड विनियोजन गरिउको छ ।बजेटमा ‘दुर्गममा विशेषज्ञ सेवाः मोबाइल मेडिकल भ्यानबा

    • प्रकाशित मितिः असार २, २०८३
    • 307 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.