समाचार

    Showing 2,131-2,140 of 26,479 items.
  • पार्टीभित्र प्रचण्ड–माधवविरुद्ध असन्तुष्टि, मार्ग प्रशस्त गर्न दबाब

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र नेतृत्व, कार्यविभाजन र वैचारिक दिशालाई लिएर असन्तुष्टि बढ्दै गएको छ ।वरिष्ठ नेता झलनाथ खनालले वर्तमान नेतृत्वबाट वामपन्थी आन्दोलनको पुनर्गठन सम्भव नभएको भन्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।खनालले पार्टीभित्र वैचारिक अस्पष्टता, संगठनात्मक संकट र कार्यकर्तामा बढ्दो निराशाका कारण पार्टी विघटनको दिशातर्फ उन्मुख भएको चेतावनी दिएका छन् ।उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै तत्काल केन्द्रीय समिति बैठक बोलाएर गम्भीर समीक्षा गर्नुपर्ने माग गरेका छन् ।पार्टी एकतापछि जिम्मेवारी बाँडफ

    • प्रकाशित मितिः असार १, २०८३
    • 423 पटक पढिएको
  • काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि फर्काइयो

    काठमाडौं— काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।सोमबार बिहान करिब ७ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडानमा ल्यान्डिङ गियरसँग सम्बन्धित समस्या देखिएपछि जहाजलाई बीचबाटै काठमाडौं नै फर्काइएको हो।प्राविधिक समस्या देखिएपछि जहाजलाई आपत्कालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जय कुमारले जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको र अवस्था सामान्य रहेको जानकारी दिए। उनका अनुसार जहाजका सबै यात

    • प्रकाशित मितिः असार १, २०८३
    • 433 पटक पढिएको
  • आज सातै प्रदेशको बजेट सार्वजनिक गरिँदै

    काठमाडौं— आज सातै प्रदेश सरकारले आफ्नो आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् ।आज बस्ने सम्बन्धित प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आयव्ययको विवरण प्रस्तुत गर्न लागेका हुन् ।संवैधानिक तथा कानुनी व्यवस्था अनुसार प्रत्येक वर्षको असार १ गतेभित्रै प्रदेश सरकारहरूले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने अनिवार्य प्रावधान छ। सोही नियमलाई पछ्याउँदै आज सातै वटा प्रदेशले बजेट ल्याउन लागेका हुन् ।यसअघि नै सबै प्रदेश सरकारहरूको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भइसकेको छ ।आज दिउँसो १ बजे मधेश प्रदेशले बजेट प्रस्तुत गर्नेछ । त्यसैगरी, कर्णाली प्

    • प्रकाशित मितिः असार १, २०८३
    • 415 पटक पढिएको
  • आजदेखि इलामका सबै चिया उद्योग बन्द

    विराटनगर— सोमबारदेखि इलामका ५६ वटा (सबै) चिया उद्योग बन्द गरिएको छ ।भारतले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा दुःख दिएर डेढ महिनादेखि निकासीमा अवरोध पुर्‍याउँदा उत्पादित वस्तुले बजार नपाएर कुहिने अवस्था र्सिजना भएपछि नेपालका चिया उद्योगीले उद्योग नै बन्द गरेका हुन् ।नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार, आजदेखि इलामका ५६ वटै उद्योग बन्द गरिएको छ भने बुधबारदेखि झापाका ३० वटा चिया उद्योग बन्द गर्ने निर्णय भएको छ ।ती उद्योगमा एकलाख मजदुर र किसानका ३० हजार घर परिवार जोडिएका छन् । पराजुलीका अनुसार इलाममा वार्षिक ६५ लाख किलो र झापामा वार्षिक २ करोड किलो चिया उत्पादन हुँदै आएको

    • प्रकाशित मितिः असार १, २०८३
    • 444 पटक पढिएको
  • सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुने

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८३ र ८४ का लागि आज प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छ । आज अपराह्न ४ बजे आर्थिक मामिला मन्त्री बिक्रमसिंह धामीले प्रदेश सभामा बजेट तथा कार्यक्रम पेस गर्ने कार्यपालिका रहेको प्रदेश सभा सदस्यले जनाएको छ । यस पटक सरकारले हाल सम्मकै सबै भन्दा ठुलो बजेट ल्याउने तयारी गरेको श्रोतको भनाई छ । आकार वृद्धि गर्न सरकारले चालु आर्थिक वर्षको बजेटमा हुने बचतलाई मुख्य आधार बनाएको आर्थिक मामिला मन्त्रालयका एक अधिकृतले बताए । चालु आर्थिक वर्षको बजेटबाट कम्तीमा ८ अर्ब बचत हुने अनुमान रहेको प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप बहादुर सुनारले बताए । बजेट

    • प्रकाशित मितिः असार १, २०८३
    • 138 पटक पढिएको
  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ। सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्न लागेको हो ।प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ । सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुनेछ ।कार्यसूचीअनुसार आज युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी सङ्घीय मा

    • प्रकाशित मितिः असार १, २०८३
    • 198 पटक पढिएको
  • केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

    काठमाडौँ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू–भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ । साथै बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ । विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।आज दिउँसो देशको हिमाली भू–भागमा साथै कोशी प्रदेशको पहाडी भू–भागमा

    • प्रकाशित मितिः असार १, २०८३
    • 274 पटक पढिएको
  • सुनसरीमा भारतिय न. प्लेटको गाडिबाट गाजा तस्करी

    इटहरी : जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका-०३ नडाहा चोकस्थित मदन भण्डारी लोकमार्गमा एक भारतीय नम्बरको स्कारपियो जीपबाट करिब १०४ किलो गाँजा बरामद भएको छ ।सोमबार करिब ०१:५५ बजे चतराबाट नडाहा तर्फ आउँदै गरेको BR31P6651 नम्बरको भारतीय स्कारपियो सडक छेउमा रहेको चिया पसलको टहरोमा ठोक्किएर दुर्घटना भएको थियो । घटनाको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर जाँच गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको चारवटा प्लास्टिकको बोरामा १०४ किलो ८५५ ग्राम गाँजा फेला पारेको हो ।बरामद गाँजा र स्कारपियोलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा राखिएको छ भने दुर्घटनापछि फरार रहेका चालकको खो

    • प्रकाशित मितिः असार १, २०८३
    • 164 पटक पढिएको
  • ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो

    भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा हरेक शुक्रबारलाई ‘बुक फ्रि डे’का रूपमा सञ्चालन गर्न थालेसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । विद्यार्थीलाई व्यावहारिक ज्ञान र नैतिक शिक्षामा अब्बल बनाउने उद्देश्यले सामुदायिक विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिनुभयो । “हामीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमात्र नभई व्यावहारिक र जीविकोपार्जनसँग सम्बन्धित शिक्षा दिन सुरु गरेका छौँ”, राष्ट्रिय सञ्चार केन्द्र नेपालले आइतबार आयोजना गरेको वडागत विकास तथा सामाजिक कार्यको स्थलगत अवलोकन कार्यक्र

    • प्रकाशित मितिः असार १, २०८३
    • 221 पटक पढिएको
  • असार १ : पहिलो विद्यार्थी आन्दोलन सुरु भएको स्मृतिमा जयतु संस्कृतम् दिवस मनाइँदै

    काठमाडौँ। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम्  दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलन पछि जहानियाँ राणा शासनको विरुद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो । राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि तिनले जहानियाँ

    • प्रकाशित मितिः असार १, २०८३
    • 253 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.