गण्डकी। फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो । “फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उहाँले भन्नुभयो, “आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक उडान सेवा सुरु हुन्छ ।” फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा क
विराटनगर । सेवा र विकासका लागि युवाले देशका १९ जिल्लाका करिब तीन हजार गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । विद्यार्थीलाई झोला, कापी–कलम, अङ्ग्रेजी बोलचाल पुस्तक, प्रज्ञा वृहत नेपाली शब्दकोश तथा क्याप वितरण गर्न लागिएको हो ।संस्थाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार धनकुटा, पाँचथर, ओखलढुंगा, सोलुखुम्बु, सिराहा, महोत्तरी, काठमाडौं, धादिङ, गोरखा, मनाङ, कास्की, पाल्पा, गुल्मी, कपिलवस्तु, पूर्वी रुकुम, दैलेख, कालिकोट र दार्चुला जिल्लाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने छ । संस्थाका अनुसार उक्त सामग्री भारतको सहयोगमा प्राप्त भएको हो । कार्यक्रमबाट गुरुकुल, गु
काठमाडौं । नेपालको सबैभन्दा पवित्र धार्मिक तीर्थस्थल मानिने पशुपतिनाथ क्षेत्रलाई सुशासन, आध्यात्मिक पुनर्जागरण र पारदर्शी व्यवस्थापनको केन्द्रका रूपमा विकास गर्नुपर्ने भन्दै नयाँ विस्तृत प्रस्ताव सार्वजनिक गरिएको छ ।कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाई ले पशुपति क्षेत्र विकास कोषलाई पूर्ण रूपमा भ्रष्टाचारमुक्त, पारदर्शी र धार्मिक अनुशासनमा आधारित संस्थाका रूपमा रूपान्तरण गर्नुपर्ने भन्दै व्यापक सुधारको खाका अघि सारेका हुन् ।उनका अनुसार पशुपति क्षेत्र केवल धार्मिक स्थल मात्र नभई राष्ट्रको नैतिक चेतना, सदाचार अभियान र आध्यात्मिक शक्ति केन्द्र भएकाले यसको व्यवस्थापन पनि
झापा । डिल्लीराम पोखरेल स्मृति प्रतिष्ठान झापाले अर्जुनधारा नगरपालिका वडा नं–९ स्थित कालीस्थान मा.वि.मा अध्ययनरत बालबालिकालाई स्कुल ब्याग वितरण गरेको छ ।विद्यालयमा आज आयोजित एक कार्यक्रमका बीच बालकक्षादेखी ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेलको प्रमुख आतिथ्य र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिष्म मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । माध्यमिक तहको उक्त विद्यालयमा बालशिक्षा लिनेदेखि कक्षा–५ सम्मका विद्यार्थीहरुलाई प्रतिष्ठानले झोला वितरण गरेको हो ।कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेल,
विराटनगर । झापा, सुनसरी र मोरङ जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २५ गते लागू औषध सहित ३ जना पक्राउ परेका छन् । झापाको इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पाँचथर फाल्गुनन्द गाउँपालिका–७ का २५ वर्षीय सुजन नेम्वाङलाई ८ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका–६ स्थितबाट पक्राउ गरेको छ भने सुनसरीको धरान उप-महानगरपालिका–१७ स्थितमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT तथा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको संयुक्त टोलीले सोही स्थानका ३१ वर्षीय करण खड्काको घर कोठामा चेकजाँच गर्दा Tramol ६५० क्याप्सुल
काठमाडौं । सरकारले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङ अध्ययन तथा छानबिन समिति गठन गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गुरुङ अध्ययन तथा छानबिन समिति गठन गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको हो ।यसैगरी, निजामती सेवा १६औँ संसदीय नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।त्यस्तै, ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएका चारवटा जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । यसअन्तर्गत तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूले वन क्षेत्र प्रयो
काठमाण्डौ । स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको मन्त्री बन्ने भएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार पुनले आजै मन्त्री पदको शपथ ग्रहण गर्ने तयारी भएको छ ।सरकारले हालै थप गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व पुनलाई दिने निर्णय गरेको हो । पुन लामो समयदेखि प्रविधि, नवप्रवर्तन र अनुसन्धानका क्षेत्रमा सक्रिय रहँदै आएका छन् । मन्त्री नियुक्तिसँगै उनले विज्ञान तथा प्रविधि क्षेत्रको विकास, अनुसन्धान प्रवर्द्धन र नवप्रवर्तनलाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
काठमाण्डौ । बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । आजै उनको सपथग्रहण हुने भएको छ ।यसअघि सम्पत्ति लगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । सरकारले उनीमाथि छानविन गर्न एउटा समिति बनाएको थियो । छानविन समितिले क्लीन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो । आज ३ बजे सपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
श्रीमञ्ज्याङ। लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति, संस्कृतिसँगै धार्मिक आस्था र विश्वासको अनुपम सङ्गमजस्तै बनेको छ ।परम्परागत रुपमा सजिएका गाउँको प्राचीन मौलिकता झल्काउने किसिमका घरसँगै सफा चोक तथा बाटाहरू ढुङ्गाले छपक्क छापिएका छन् । पर्यटकीय राजधानी पोखराबाट डुम्रे, मध्यनेपाल, भोर्लेटार, सुन्दबजार, भोटे ओढार हुँदै बेलघारी पुल तरेर लामाबगर, थापा खेत हुँदै आइपुगिने यो गाउँ पोखराबाट करिब चार घण्टामा पुग्न सकिन्छ ।विशेषतः बौद्ध धर्मावलम्बीहरूका दुईवटा गुम्बासँगै चारवटा छोर्तेनले यहाँको महिमा र गरिमालाई अझै उँचो बनाएको म्हाँजा नासो तमुु समाजका अध्यक्ष इन्द्रजित गुरुङले
घाराही। दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ ।आज बिहान लमही नगरपालिका–५ रातोडाँडामा रोकिराखेको ना५ख ९३३६ नम्बरको ट्रक पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा लु१२प ९८४० नम्बरको मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको हो ।गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मोटरसाइकलमा सवार अन्दाजी ३२ वर्षीय सोही ठाउँका धनिराम चौधरी घाइते हुनुभएको छ । उहाँको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतष्ठान घोराहीमा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.