समाचार

    Showing 22,671-22,680 of 25,221 items.
  • कालीगण्डकी करिडोर दैनिक ६ घण्टा बन्द हुने

    काठमाडौं / कालीगण्डकी करिडोर दैनिक ६ घण्टा बन्द हुने भएको छ । करिडोर अन्तर्गत बेनी–जोमसोम खण्डमा पर्ने मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आगामी फागुन १ गतेदेखि फागुन १५ गतेसम्म सडक दैनिक ६ घण्टा बन्द गरिने छ । काभ्रे र बाँदरजुङको कडा चट्टानलाई विस्फोटक पदार्थ प्रयोग गरी फुटाउनुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द हुने जनाइएको छ ।

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 68 पटक पढिएको
  • ६ दिनदेखि हराएका युवकको शव फेला

    काठमाडौं / ६ दिनदेखि हराइरहेका काठमाडौं गोकर्णेश्वरका एक युवकको शव फेला परेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका २७ वर्षका शिशिर भण्डारीको शव बुधबार ओख्रेनी जाने बाटोमा बाग्मती किनारमा भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिएका छन् ।भण्डारी २० माघदेखि हराएको भनी महानगरीय प्रहरी वृत्त वौद्धमा उजुरी परेको थियो । शव भेटिएको सूचना पाएपछि प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 74 पटक पढिएको
  • श्रीमतीको हत्या गरेर फरार रहेका सिंह २० वर्षपछि पक्राउ

    झापा / कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार दोषीलाई २० वर्षपछि पक्राउ गरेको छ । आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका महावै गाउँपालिका –३ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका –१० सुर्खेतस्थित बुद्बुदे टोल बस्ने ४५ वर्षीय धनराज सिंहलाई प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको प्रवक्ता एवं प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।वि सं २०५८ साउन २८ गते आफ्नै श्रीमतीको हत्या गरी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर सिंहलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि २०५८ भदौ १४ गते कारागार चलान गरेको थियो । प्रहरीका अनुसार उनी २०५८ माघ २

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 91 पटक पढिएको
  • स्थानीय तहको निर्वाचनबारे गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच छलफल

    काठमाडौं / सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनबारे गृह र अर्थ मन्त्रालयका अधिकारीहरूबीच छलफल भएको छ ।गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्मासहित मन्त्रालयका अधिकारीहरू सामेल भएका थिए । उनीहरूबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको हो ।नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायका लागि आवश्यक पर्ने सवारी साधन र बन्दोबस्तीका सामानबारे छलफल भएको सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिएका छन । 

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 73 पटक पढिएको
  • स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित ढुंगाना पक्राउ

    काठमाडौं / महानगरपालिका –१६ बालाजुबाट स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका –३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगाना छन्। उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारि पक्राउ गरेको हो । 

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 103 पटक पढिएको
  • झुक्याएर मोटरसाइकल चोर्ने यादव पक्राउ

    झापा /  झुक्याएर मोटरसाइकल चोरी गर्ने एकजनालाई प्रहरीले  पक्राउ परेको छ ।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका- १९ थुमौना बस्ने १९ वर्षीय टीका यादव रहेको जिल्ला  प्रहरी कार्यालय धनुषाले  जानकारी दिए ।टीकाले आफू क्राइम ब्रान्चको व्यक्ति हुँ भन्दै मोटरसाइकलको ब्लुबुक निकाल्न लगाई हेरेर यो मोटरसाइकल चोरीको हो, यसलाई अनुसन्धान गर्न जिल्लामा चेकजाँचको लागि लग्नुपर्छ भन्दै झुक्याएर डर त्रास देखाई प्रदेश–२–०२–००५ प ६९ नम्बरको मोटरसाइकल र ब्लुबुक लगेको जिल्ला प्रहरी कार्यालय स्रोतले बताएको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको अनुसन्धान टोलीले घटनामा संलग्न यादवलाई  पक्र

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 79 पटक पढिएको
  • स्कारपियो दुर्घटनाबाट १ जनाको मृत्यु ५ जना घाईते

    बिर्तामोड / सुनसरीको कोशी गाउपालिका ६ स्थित पूर्व पश्चिम राजमार्गमा स्कारपियो दुर्घटना हुँदा स्कारपियोमा सवार १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका ५ बस्ने ५० वर्षीय दिलिप मण्डल रहेका छन् भने घाईते हुनेहरूमा कंकालिनी नगरपालिका ५ कै  ६० वर्षीय लक्ष्मण साफी, ३६ वर्षीय राजेश मेहता, ४४ वर्षीय राम कुमार रजक, ४८ वर्षीया राम कुमारी देवी रजक र ५० वर्षीय उमेश कुमार साफी रहेका छन् । घाईतेहरुको जिल्ला अस्पताल इनरुवा सुनसरीमा उपचार भई रहेको छ । हिजो राती ९ बजे पश्चिमबाट पुर्बतर्फ आँउदै गरेको प्रदेश नं २-०१-००१ च ००३१ नम्बरको स्कारपियो

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 86 पटक पढिएको
  • कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु कारसहित चालक नियन्त्रणमा

    काठमाडौँ / राजधानीस्थित धापासीमा कारले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । तीन वर्षीय तीन वर्षीय श्रीयन पाण्डेको मंगलबार बेलुकी ९ बजे उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।पाण्डेलाई मंगलबार बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।ठक्कर दिने कारसहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 75 पटक पढिएको
  • सुकिलुम्बा विमानस्थलमा आजबाट नेपाल एयरलाइन्सको जहाजले परीक्षण गर्ने

    झापा / इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो ।इलाम नगरपालिका –९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो । आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ । नियमित उडान हुनुअघि विमानस्थलमा आज मौसम अनुकूल भए नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले जानकारी दिएका छन । उनका अनुसार विमानस्थल कालोपत्र भएपछि परीक्षण उडान भएको छैन ।विमानस्थल कालोपत्र गरिनु अघि २०७५ जेठ २१ गते परीक्षण उडान गरिएको थियो । काठमाडौँ

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 85 पटक पढिएको
  • आज मौसम : देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

    काठमाडौं /  देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । उक्त प्रणालीका कारण हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश पहाडी भू- भागहरूमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अन्य भू- भागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका भूभागमा हुस्सु लागेको छ ।त्यस्तै आज बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।महाशाखाले जनाए अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्क

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 56 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.