बुधबारे / योगदान राष्ट्रका लागि नामक सामाजिक संस्थाले योगदान दिवसको अवसरमा शनिबार बिर्तामोड स्थित मुक्तिचोकमा रहेको दुर्गा मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।पछिल्लो समय झापा लगायतका विभिन्न अस्पतालहरूमा रगतको चरम अभाव देखिएकोले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका झापा जिल्ला अध्यक्ष प्रदिप कुमार सङ्ग्रौलाले जानकारी दिएका छन् ।नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा ८३ जनाले रक्तदान गरेको सचिव सजूँ बुढाथोकीले जानकारी दिएकी छिन् ।संस्थाका अध्यक्ष सङ्ग्रौलाको अध्यक्षता, बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाको प्रमुख आतिथ्यता त्यस्तै
विराटनगर / वर्षाको समयमा विपत् भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत् पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ । शनिवार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यतामा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री कार्कीले उद्धारका क्रममा पीडितहरूलाई तत्काल राहत कसरी दिने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा नेपाली सेनाले गरेको पूर्व अभ्यासको कार्यक्रम महत्त्वपूर्ण र उपलब्धिमूलक हुने बताए । पूर्व अभ्यासका क्रममा अभ्यासमा खटिएका सुरक्षाकर्मीको टिमले विपत् भए
हेटौंडा / पूर्व- पश्चिम राजमार्गको हेटौंडा- ९ पशुपतिनगरमा भएको सवारी साधन दुर्घटनामा बाबु २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय बाबु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङ रहेको प्रहरीले जनाएको छ । भारतबाट ग्यास बोकेर आएको एनएल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल उछिट्टिएर घाइते भएका उनीहरूलाई हेटौंडा अस्पतालमा ल्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठमाडौं / जजिरा एयरलाइन्सबाट नेपाल आएका तीन जना सुनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोची रहेको भन्सार कार्यालयले जनाएको छ । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाइन्टको भित्री भागमा लुकाएर ल्याएको २६० ग्राम सुन सहित पक्राउ गरिएको जनाएको छ । प्रारम्भिक बयानमा तीनै जनाले अन्य व्यक्तिले एक / एकवटा पाइन्ट दिएको र नेपालमा ती पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम दिने आशा देखाएको बताएका छन् ।
झापा / पूर्वी क्षेत्रमा केन्द्रित मनसुनी वर्षा अन्य क्षेत्रमा पनि विस्तार हुन थालेको छ ।हाल नेपालको प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित ठुलो वर्षा हुनेछ । त्यस्तै, बागमती, गण्डकी र कर्णालीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले
बिर्तामोड / सुनसरीको इटहरी उप-महानगरपालिका- ९ स्थित रहेको मोबाइल पसलबाट मोबाइल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका- ९ सिन्धुपाल्चोकका २३ बर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका- ४ नुवाकोट घर भई काठमाण्डौको टोखा बस्ने १९ वर्षीय सन्तोष मगर रहेका छन । उनीहरूले यही ज्येष्ठ १५ गते राती मोबाइल पसलको सटर फोडी ३ लाख बराबरको बिभिन्न कम्पनीको मोबाइलहरू चोरी गरेका थिए । चोरी भएको जानकारी तत्कालै प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न भई फरार रहेका तामाङ र मगरलाई काठमाण्डौमा लुकिछिपि बसेको अवस्थामा चोरी भएको ३ वटा मो
बिर्तामोड / झापाको कनकाई नगरपालिका –३ स्थित सुरुङ्गा बजारमा रहेको सुभेक्षा बचत तथा ऋण सहकारी संस्थाबाट रकम चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापा गाउँपालिका –६ का ४० वर्षीय भवानीप्रसाद विक रहेका छन् । विकले गत बुधवार सहकारीको ताला फुटाएर नगद २ लाख ७० हजार रुपैयाँ चोरी गरेका थिए । विकलाई सिसी टिभी फुटेजका आधारमा चोरी गरेको केही घण्टामै इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको सुरुङ्गाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्वाले जानकारी दिए । जिम्वाका अनुसार चोरी गरेको रकमबाट विकले २ थान मोबाइल र अन्य घरायसी सामान समेत खरि
तेह्रथुम / तेह्रथुमको लालीगुँरास नगरपालिका- ९ स्थितबाट चोरीमा संलग्न १ जनालाई चोरी गरेको सुनका गरगहना र नगद सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका- ११ घर बताउने ३५ वर्षीय रोशन तामाङ रहेका छन । तामाङले ज्येष्ठ २५ गते बुधबार दिउसो फेदाप गाउँपालिका- २ तेह्रथुमका प्रेम प्रसाद भट्टराईको घरमा कोही नभएको मौका पारी ढोका फोडी कोठा भित्र काठको बाकसमा राखेको सुनको बिभिन्न गरगहनाहरू ५ तोला, ५ आना र नगद १ हजार रुपैयाँ सहित चोरी गरी फरार भएका थिए । चोरी भएको सूचना पाए लगतै प्रहरी चौकी योयाक्जुङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले खोज
काठमाडौं / कीर्तिपुर नगरपालिका- ४ सल्यानथान स्थित बन्दै गरेको घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय सरोज दाहाल लगायत १२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ७ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
विराटनगर / विराटनगरका उद्योगीले संघीय सरकारको बजेटमा एमएस वायर रड, वनस्पति घ्यूतेल र मोनिटरी प्याडमा राखिएको पछिल्लो राजश्वको प्रावधान सच्याउनु पर्ने माग गदै प्रदेश १ सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।मार्चपाससहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका उद्योगीले प्रमुख सचिव डा. रामप्रसाद घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् ।मुख्यमन्त्रीलाई ज्ञापनपत्र मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बुझाएका थिए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.