समाचार

    Showing 23,171-23,180 of 25,271 items.
  • ट्रिपरको ठक्करबाट माओवादी नेताको मृत्यु

    रौतहट / फतुवा विजयपुर ११ हिमालि बासमा ट्रिपरको ठक्करबाट एकजना माओवादी नेताको मृत्यु भएको प्रहरीले जनाएको  छ । फतुवा विजयपुर ११ हिमालि बासमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक माओवादी नेता खेदु चौधरीको मृत्यु भएको हो ।आइतबार राति साढे ८ बजे बा ३ ० प ८११५ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा रहेको गुगल निर्माण सेवाको ना ८ ख ४२०२ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । चौधरीको घटनास्थलमै मृत्यु भएकोको हो । घटना लगतै आक्रोशित स्थानीयहरूले निर्माण सेवाको २ वटा ट्रिपरमा तोडफोड गरेका थिए ।

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 56 पटक पढिएको
  • मौसम अपडेट : तराईमा हुस्सु, पहाडमा आंशिक बदली

    झापा /  मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भूभागमा आंशिक बदली हुने जानकारी  दिएको छ । हाल नेपालका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु लाग्न थालेको छ ।आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति भने देशभरि आंशिक बदली  रहनेछ । यस्तै महाशाखाले तराईका भूभागहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 61 पटक पढिएको
  • पृथ्वी जयन्ती मनाउन समिति गठन

    काठमाडौं  / तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस –२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ ।कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको बैठकमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीका संयोजकत्वमा सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ’रायन’, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, तीनओटै प्रज्ञा–प्रतिष्ठानका उपकुलपतिहरू क्रमशः जगमान गुरुङ, हरिहर शर्मा र गोपाल चित्रकार, सङ्गीत तथा नाट्य प्रज्ञा–प्र

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 78 पटक पढिएको
  • कार दुर्घटना हुँदा दुई जना घाइते

    कनकाई / झापाको कनकाई नगरपालिका –८ सुरुङ्गा कार दुर्घटनामा हुदाँ दुई जना घाइते भएका छन् ।पूर्वबाट पश्चिम जाँदै गरेको बा १३ च २३०७ नम्बरको कार अनियन्त्रित भई राजमार्ग किनारमा पल्टिएको हो । कार पल्टिँदा चालक कनकाई –३ का ३३ वर्षीय सुलभ मैनाली र कारमा सवार ३५ वर्षीय सरोज पोखरेल घाइते भएको सुरुङ्गा प्रहरीले जनाएको छ । उपचारका लागि उनीहरूलाई बि एन्ड सी अस्पताल बिर्तामोड लगिएको छ ।

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 54 पटक पढिएको
  • उपत्यकामा मागको एक तिहाइ मात्र पानी वितरण

    काठमाडौँ  / काठमाडौँ उपत्यकामा मागको एक तिहाइ मात्र पानी आपूर्ति हुने गरेको छ । उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले त्यसको एक तिहाईभन्दा कम अर्थात् करिब १३ करोड लिटर मात्र उत्पादन एवं वितरण गर्छ ।    पुस, माघ र फागुनमा दैनिक १३ करोड लिटर पानी दिन सकिए पनि चैत र वैशाखमा भने दैनिक ११ करोड लिटर पानी मात्र वितरण हुने गरेको लिमिटेडले जनाएको छ । वर्षायाममा भने करिब १६ करोड लिटर पानी वितरण हुने गरेको छ । सुक्खा मौसम लागेसँगै काठमाडौँ उपत्यकामा खानेपानीको अभाव हुन्छ । पुसपछि उपत्यकाका स्रोतको पानी कम हुँदै जान थालेपछि खानेपान

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 58 पटक पढिएको
  • बालगृहमै सुरक्षित छैनन् बालबालिका : बालिका बलात्कृत भएपछि बालगृह बन्द

    झापा / पाँच वर्षदेखि सञ्चालनमा रहेको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –९ स्थित सिस्ने हिमाल बालगृह बन्द भएको छ ।अभिभावक नभएका बालबालिकालाई आश्रय दिन बालगृह स्थापना गरिएको थियो । बालगृह सञ्चालकका छोराले बालगृहमा रहेकी एक बालिकामाथि बलात्कार गरेको घटना सार्वजनिक भएपछि बाल गृह बन्द गराइएको हो ।एक महिना अघि उक्त घटना सार्वजनिक भएकै दिन आठबीसकोट नगरपालिकाले बाल गृहका बालबालिकालाई अन्यत्र स्थानान्तरण गरेको थियो । उनीहरूलाई अहिले राष्ट्रिय बाल अधिकार केन्द्र काठमाडौंमा पठाइएको छ ।बालगृह सञ्चालक सुनिता चनाराका छोरा २२ वर्षीय कुश्माकर चनाराले १३ वर्षीया बालिकामाथि बलात्कार गरेर गर्भ समेत रहेको सार्वजन

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 228 पटक पढिएको
  • बेलुका सुतेकी उर्मिला बिहान मृत फेला

    काठमाडौं / काठमाडौंको शंकरापुर नगरपालिका –३ जर्सिङपौवा स्थित रिसोर्टमा युवती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जर्सिङपौवाको लाङटाङ ईको रिसोर्टमा कार्यरत ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका –९ घर भएकी १९ वर्षीया उर्मिला आले मगर मृत अवस्थामा भेटिएकी हुन् ।उर्मिला र सो रिसोर्टमा काम गर्ने मोरङ लेटाङका अर्जुन मगरसँगै सुतेका थिए ।चिसोका कारण कोइला बालेर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि रिसोर्ट सञ्चालकले ढोका फुटाएर हेर्दा उर्मिला मृत फेला परेकी हुन् ।अचेत अवस्थामा फेला परेका अर्जुन उपचारपछि होसमा आएका छन् ।उर्मिला र अर्जुन लिभिङ टुगेदरमा थिए । झ्याल ढोका बन्द गरेर सुतेको हुनाले निसासिएर

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 69 पटक पढिएको
  • युवकको विभत्स हत्या गरि फरार

    कैलाली / कैलालीमा एक युवकको विभत्स हत्या भएको छ । जानकी गाउँपालिका –९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्या भएको हो । दासको शव शनिबार स्थानीय अमरावती सामुदायिक वनमा उनले लगाएको कपडाले रुखमा बाँधेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए । जोशीका अनुसार दासको टाउको र शरीर काटेर छुट्याएको थियो । शव बाँधेको ठाउँ नजिकै टाउको फेला परेको उनले बताए । दास गाउँमै मजदुरी गर्थे । बुवा–आमा भारतमा बस्छन् । उनी पत्नी र दुईवटा बच्चासँगै कैलालीमा बस्दै आएका थिए ।प्रहरीले हत्याबारे दुई युवकबीच कुराकानी भएको फोन रेकर्ड पनि भेटाएको छ ।मृतक अरुणको सा

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 59 पटक पढिएको
  • प्रदेश नं १ मा ट्राफिक प्रहरीको सप्ताहव्यापी कार्यक्रम सुरु

    विराटनगर  / आजबाट प्रदेश नं १ मा ट्राफिक प्रहरीको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । ट्राफिक सचेतना प्रदान गर्ने उद्देश्यले प्रदेश १ का चौध जिल्लामा सप्ताहव्यापी कार्यक्रम आइतबारबाट सुरु भएको हो । प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालय र १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा आगामी पुस १० गतेसम्म सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो । भोलि (सोमबार)बाट चोकहरूमा सचेतनामूलक पर्चापम्पलेट वितरण गरिँदै छ । त्यस्तै फुटपाथ र पार्किङ व्यवस्थापन, चालक, परिचालकलाई प्रशिक्षक, भिडभाड हुने स्थलमा सचेतनामूलक कार्यक्रम, र अन्त्यमा कार्यक्रमको समीक्षासहित अ

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 61 पटक पढिएको
  • दुई समुहबीच छुरा हानाहान, एक युवकको मृत्यु

    झापा / सिरहाको गोलबजार नगरपालिका – ६ मा दुई समुहबीचमा छुरा हानाहान  हुदाँ एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाइते भएका गोलबजार नगरपालिका – ६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका– ९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको हो । घटनामा घाइते भएका सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भइरहेको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको र प्रहरीले घटनामा संलग्नहरूको खोजी गरिरहेको  प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 66 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.