समाचार

    Showing 23,501-23,510 of 25,279 items.
  • ट्रक दुर्घटना : १ जनाको मृत्यु, १ घाईते

    तेह्रथुम / तेह्रथुमको फेदाप गाउँपालिका –२ भित्री सडक खण्डमा आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने सह–चालक घाईते भएका छन् । आज (मंलबार) बिहान १ बजे ओसीडाँडा देखी सदरमुकाम म्याङलुङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २७७० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा ट्रक चालक काभ्रेपलान्चोकका २७ वर्षीय रोहित अधिकारी रहेका छन् । त्यस्तै सह–चालक २४ वर्षीय सुदिप राई घाईते भएका थिए ।घाइते राईको जिल्ला अस्पताल म्याङलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 77 पटक पढिएको
  • सुकुमबासीलाई ६ महिनामा धनीपूर्जा दिन नसके राजीनामा दिन्छु : खड्का

    विराटनगर / भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अबको ६ देखि सात महिनाभित्रमा सुकुमबासीहरुलाई धनीपूर्जा बाँड्न नसके भूमि आयोगबाट आफूले राजीनामा दिने बताएका छन् ।नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिकाले मोरङको कानेपोखरी –६ बिहिबारे बजारमा आयोजना गरेको  ‘भूमि समस्या तथा समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सुकुमबासीहरुलाई धनीपूर्जा वितरण गर्ने ग्यारेन्टी नभएको खण्डमा राजीनामा दिने बताए । ‘यो सहिदहरुको रगतले पोतिएको धर्ती हो कानेपोखरी, तपाईँहरू सुकुमबासीहरुको अगाडि उभिएर भनेको छु, समस्या सावधान गर्न लागि पर्नेछु ।अबको ६ देखि ७ महिनाभित्रमा तपाई

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 148 पटक पढिएको
  • खाङतेका हिमाल आरोहणमा गएका ३ फ्रान्सेली नागरिक बेपत्ता

    सोलुखुम्बु / सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक छ दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा फ्रान्सेली नागरिक थोमस, गाब्रियल र लुइस रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिइन् । उनीहरु आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडीशन प्रालिमार्फत गत असोज १८ खाङतेका हिमाल आरोहणका लागि गएका थिए । तीनै जना यही कात्तिक ९ गतेदेखि सम्पर्कविहीन बनेपछि खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ ।बेपत्ताको खोजीका लागि सोमबारदेखि कैलाश एयरको हेलिकोप्टर प्रयोग गरिएको छ । एउटै समूहमा गएकामध्ये अन्य पाँच जना भन

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 78 पटक पढिएको
  • नेपालगञ्ज विमानस्थलमा सीता एअरको जहाज बँदेलसँग ठोक्कियो

    नेपालगञ्ज  / मंगलबार नेपालगञ्ज विमानस्थलमा सीता एअरको जहाज बँदेलसँग ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एअरको डोर्नियर जहाज बँदेलसँग ठोक्किएको नेपालगञ्ज विमानस्थल स्रोतले जनाएको हो।जहाजमा सामान्य क्षति बाहेक यात्रु सुरक्षित रहेको बुझिएको छ ।अहिले जहाजलाई धावनमार्गबाट पार्किङमा ल्याइसकिएको छ । जहाजमा तीन जना चालक दलका सदस्यसहित १४ जना यात्रु थिए ।

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 89 पटक पढिएको
  • ई–डीभीका कारण, राहदानी बनाउनेको भीड हालसम्मकै उच्च

    राहदानी बनाउनेको भीड आइतबार हालसम्मकै उच्च बनेको छ । आइतबार पाँच हजार जनाले राहदानी बनाउनका लागि आवेदन भर्नका लागि टोकन लिएका थिए । राहधानी बनाउनेको भिडका कारण व्यवस्थापन गर्न कठिनाइ भएको विभागका कर्मचारीले बताएका छन् । अत्याधिक भीडले तिहारको किनमेलका लागि पैदलमार्ग हिँड्ने यात्रुले पनि सास्ती खेप्नु परेको छ । विभागले मङ्सिर महिनादेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गर्दै छ । त्यसपछि माघदेखि औपचारिक रूपबाट विद्युतीय राहदानी वितरण पनि सुरु हुने छ । त्यसैले पनि तत्कालका लागि पुरानो प्रकृति बोकेको मेसिन रिडेबल राहदानी नलिन विभागले बारम्बार अनुरोध गरिरहेको छ । तर, अमेरिका जानका लागि खु

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 41 पटक पढिएको
  • बरामद गरेको पटका प्रहरीद्धारा नष्ट

    झापा  / तिहार नजिकिँदै गर्दा मोरङ र सुनसरीको सीमावर्ती नाकाबाट भारतबाट तस्करहरूले विस्फोटक पदार्थ पटाका भित्र्याउन थालेका छन् ।तस्करहरुले मोरङमा मटेरुवा, दरैया, इस्लामपुर, रङ्गेली, डुमरिया, नोचालगायतका नाकाबाट र सुनसरीको भण्टाबारी, हुक्सी, लौकही, अमडुवालगायतका नाकाबाट पटका भित्रियाउन थालेका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले मोरङको विभिन्न ठाउँबाट भित्र्याइएको ठुलो परिमाणको पटका बरामद गरी नष्ट गरेको छ । करिब ३ लाख ४८ हजार ८ सय मूल्य बराबरको पटका नष्ट गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । तस्करले खानेतेलको ग्यालेनमा राखेर पटका ल्याउने गरेको प्

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 82 पटक पढिएको
  • प्रहरी चौकी कोषाहाटको नवनिर्मित भवनको उद्घाटन

    ओखलढुंगा  / जिल्ला प्रहरी कार्यालय ओखलढुंगा मातहतमा रहेको प्रहरी चौकी कोषाहाटको नवनिर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । आज (सोमबार) बिहान एक कार्यक्रमका बीच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त भवनको उद्घाटन गरेका हुन् । १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ८६ लाख १४ हजार ५ सय ४५ रुपैयाँको लागतमा प्रहरी चौकी कोषाहाटको कार्यालय भवन, आवास, भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो ।भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरीक्षक बि.सी.ले गाँस बासको उचित ब

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 72 पटक पढिएको
  • कैलालीबाट साढे ८ लाख रुपैयाँ, गहनासहित ३ पक्राउ

    धनगढी  / कैलालीबाट स्रोत नखुलेको आठ लाख नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको मस्टा गाउँपालिका –१ कोटदेबलका २२ वर्षीय मुकेश खड्का, १८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्का रहेका छन् ।उनीहरूलाई विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।उनीहरूलाई धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।पक्राउ परेकाहरूको साथबाट ८ लाख ६९ हजार रुपैयाँ, ३४ ग्राम ३६० मिलिग्राम

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 92 पटक पढिएको
  • दुई लाख नगदसहित १८ जुवाडे पक्राउ

    कैलाली / कैलालीको बर्दगोरीया गाउँपालिका –६ बाट नगद एक लाख ८० हजार सहित प्रहरीले १८ जना जुवाडेलाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको टोलीले उनीहरूलाई  पृथ्वीपुरस्थित बलराम चौधरीको घरबाट पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट प्रहरीले १ लाख ८० हजार ७५० रुपैयाँसहित तास बरामद गरेको छ । 

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 89 पटक पढिएको
  • नेपाल–भारतमैत्री बससेवा पुनः सञ्चालनमा

    राँझा / कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ । नेपालगञ्जस्थित भेरी यातायात प्रालिले यहाँबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वारका लागि नेपाल–भारत यात्रुमैत्री बससेवा सञ्चालन गर्दै आएको थियो ।कोरोनाको त्रास कम भएसँगै सीमानाकामा दुवै देशबाट सवारी यातायात आवागमन अनुमति भएकाले आइतबारदेखि नेपाल–भारत यात्रुमैत्री बससेवा पुनः सुरु गरिएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए ।उनका अनुसार कोरोना भाइरस महामारीले गर्दा दुई वर्षदेखि मैत्री बससेवा बन्द गर्नुपरेको थियो । बससेवा बन्द

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 86 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.